News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगमा आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाजबीच त्रिवि क्रिकेट ग्राउन्डमा दिउँसो साढे १२ बजे पहिलो खेल हुँदैछ।
- आज साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच अर्को खेल हुनेछ।
- काठमाडौं गोर्खाजको यो जारी प्रतियोगिताको पहिलो खेल हो भने जनकपुर र विराटनगर यसअघि आ-आफ्नो खेलमा पराजित भएका थिए।
१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।
त्रिवि क्रिकेट ग्राउन्डमा पहिलो खेल जनकपुर र काठमाडौंबीच हुनेछ । यी दुई बीचको खेल आज दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल हो । जनकपुर भने यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो ।
यसैगरी आजै साँझ ५ बजे कर्णाली र विराटनगर बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर किंग्स पनि यसअघि चितवन राइनोजसँग पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4