+
एनपीएल :

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

२०८३ कात्तिक  ११ गते १८:५२ २०८३ कात्तिक ११ गते १८:५२

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ।
  • पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनायो, जसमा अर्जुन घर्तिमगरले अविजित ४० रन बनाए।
  • सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिए, भने हेमन्त धामी, स्कट कुइगेइन र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए।

११ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो ।

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र एक छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा १५ रन जोडे ।
महेदी हसनले सर्वाधिक ३२ रन बनाए । उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । उनी छैटौं ओभरको पाँचौं बलमा अनिल खरेलले कप्तान दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।

त्यसअघि तेस्रो ओभरको दोस्रो बलमा ओपनर दिनेश खरेल ७ बलमा ४ रन बनाएर आउट भएका थिए । दिनेश हेमन्त धामीको बलमा आउट हुन पुगे ।

पहिलो बलमै डिआरएसबाट जोगिएका कुशल १७ बलमा २१ रन बनाएर आउट भए । उनले दुई चौका प्रहार गरे । कुशल दशौं ओभरको पहिलो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा २१ रनमा क्याच आउट भए । शाकिब अल हसन १६ बलमा १४ रनको योगदान दिए । सदिरा समराविक्रमा ८, धनन्जय लक्षन ११ र किरण ठगुन्ना एक रनमा आउट भए । विपिन खत्री ५ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्पिनर अनिल खरेलले ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले २३ रन खर्चेर ती विदेशी खेलाडीलाई आउट गरे । महेदी, शाकिब र सदिरा, अनिलको शिकार बने । हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय