+

एन्फा अध्यक्ष र महासचिवलाई पाँच/पाँच लाख धरौटीमा छोड्न आदेश

२०८३ कात्तिक  ११ गते १७:२९ २०८३ कात्तिक ११ गते १७:२९

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खेल मिलेमतो तथा ठगीको मुद्दामा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।
  • दुवै जना बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका थिए।

११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ। खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा खेपेका नेम्बाङ र राई बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका थिए।

जिल्ला न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले अनलाइनखबरलाई जानकारी दिए।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो । जोशी र पाण्डे धरौटीमा छुटिसकेका छन्।

एन्फा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय