+
+
Shares

आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते ७:२०

११ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा खेल हुँदैछ । आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजेपछि हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराको पहिलो खेल हो । पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

यस्तै यसअघि भएका अन्य दुई खेलमा चितवन राइनोज र कर्णाली याक्स विजयी भएका छन् । मंगलबार भएका खेलमा चितवनले विराटनगर किंग्सलाई र कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी सुरुआत गरेका हुन् ।

अंक तालिकमा लुम्बिनी, कर्णाली र चितवन क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?