Comments Add Comment

ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा समातिएकामध्ये एक जनालाई कोरोना संक्रमण

कुटपिटबाट घाइते भएका ट्राफिक प्रहरीलाई उद्धार गर्दै नेपाल प्रहरी

२२ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये एकजनालाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरले म्याद थप गर्नुअघि गरेको पिसीआर परीक्षणमा एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।

ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल पक्राउ पर्ने गरेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ ।

पुल्चोकमा बिहीबार रातो मत्स्येन्द्र नाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरे निर्घात कुटिएका थिए ।

झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । घटनापछि प्रशासन र स्थानीयबीच भएको छलफलले सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर आइतबार रथ तान्ने निर्णय गरेको थियो । जसअनुसार शनिबार क्षमा पूजा र आइतबार रथ तान्ने कार्यक्रम सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment