+
+
Shares

दाङमा ट्राफिकले संकलन गर्‍यो एक करोड राजश्व

रासस रासस
२०८३ साउन ९ गते ७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङमा गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ५६३ सवारी साधन कारबाहीमा परेका छन् ।
  • कारबाहीबाट एक करोड ५२ लाख ६० हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी प्रमुख केशव खड्काले जानकारी दिनुभयो ।
  • जिल्लामा गत आर्थिक वर्षमा भएका ३४७ सवारी दुर्घटनामा परी ७२ जनाको अकालमै ज्यान गएको छ ।

९ साउन, दाङ ।  ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक नियम पालना नगर्ने १४ हजारबढी सवारी साधनलाई कारबाही गरेको छ ।

एक वर्षको अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारवाही गर्दा एक करोड ५२ लाख ६० हजार, ५०० रुपैया राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन् । सो अवधीमा छ हजारभन्दा बढी मोटरसाइकल चालकलाई कारवाही गरिएको छ ।

जिल्लामा वितेको आर्थिक वर्ष २०८२।०८३मा ३४७ सवारी दुर्घटना हुँदा ७२ जनाको अकाल मै ज्यान गएको छ । ज्यान जानेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।ती दुर्घटनामा ६६१ सवारी साधन छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?