फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- ट्राफिक प्रहरीको मुख्य उद्देश्य जरिबाना उठाउनु वा चिट काट्नु नभई दुर्घटना न्यूनीकरण र नियम पालना गराउनु रहेको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताए ।
- प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता काफ्लेले ट्राफिक व्यवस्थापन सडक सुरक्षाका लागि भएको उल्लेख गरे ।
- सडक दुर्घटनाको दर बढ्दै गएकाले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष सचेत हुनुपर्नेमा उनले जोड दिए ।
२२ साउन, काठमाडौं । ट्राफिक जरिबाना तिराउनु, चिट काट्नु ट्राफिक प्रहरीको उद्देश्य नरहेको प्रहरीले बताएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा ट्राफिक प्रहरी चिट काट्न मात्रै खटिएजस्तो भयो भन्नेबारे सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले उक्त कुरा बताएका हुन् ।
‘हाम्रो उद्देश्य कहिल्यै पनि जरिबाना तथा चिट काट्ने होइन् । दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनाका लागि ट्राफिक प्रहरी खटिएका हुन्छन्,’ प्रवक्ता काफ्लेले भने ।
दुर्घटनाको दर बढ्दै गएकाले सबै पक्ष सचेत हुनु आवश्यक रहेको पनि उनले औंल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4