+
+

एन्थोनी फाउची विश्वका सय प्रभावशालीको सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ७ गते १२:५७

७ असोज, काठमाडौं । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउची टाइम्स म्यागाजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा प्रभावशाली एक सय व्यक्तिको सूचीमा परेका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि अमेरिकामा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनलाई यो सूचीमा समावेश गरिएको हो । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजको निर्देशकको रुपमा उनले पछिल्लो ३६ वर्षमा ६ जना अमेरिकी राष्ट्रपतिको सल्लाहकारको रुपमा काम गरिसकेका छन् ।

कोरोना भाइरसको महामारीमा पनि उनले तथ्यको आधारमा आगामी रणनीतिको तयार पार्ने काम गरेका थिए । राजनीतिक दबाबको बाबजुद पनि उनले आफ्नो अडान नछाडी महामारी नियन्त्रणमा उनले सत्य कुरा राख्ने गरेका छन् ।

टाइम्स म्यागाजिनले सार्वजनिक गरेको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपछि उम्मेदवार बनेका जो बाइडन, उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिस, जर्मन चान्सलर, एन्जेला मर्केल, चिनियाँ राष्ट्रपति सि चिनफिङ, ताइवानकी राष्ट्रपति साइ इङ–वेन, ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि टाइम्सको सूचीमा अटाएका छन् ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानम गेब्रेयेसस पनि यो सूचीमा छन् । भारतीय अभिनेता आयुष्मान खुराना पनि यो सूचीमा अटाएका छन् । त्यस्तै सेलेना गोमेज, जोजो सिबा, बोङ जून होलगायतका कलाकार यो सूचीमा छन् ।

गुगलका सीईओ सुन्दर पिचाई र अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जिएभा पनि सूचीमा अटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?