+
+

बैतडीमा जिप दुर्घटना हुँदा १० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते १५:४५

२३ असोज, काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका-४, आमचौरस्थित सडकखण्डमा शुक्रबार जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

आमचौरबाट कुलाउतर्फ जाँदै गरेको से.१ ज ८८८ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खस्दा जिपमा सवार १० जना घाइते भएको बैतडी प्रहरीले जनाएको छ । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका-४ का ४५ वर्षीय बलबीर सार्की लगायत १० जना रहेका छन् ।

प्रहरीका अनुसार घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरातर्फ पठाइएको छ ।

जिपका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?