
२९ असोज, काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि सेयर बजार स्थिर देखिएको छ । पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै लगानीकर्ताहरुले बजार बढ्ने अपेक्षा गरेका थिए ।
तर साताको अन्तिम दिन बिहीबार बजार खासै तलमाथि देखिएन । दिनभर तीव्र उतारचढाव भएको बजार अन्तिममा झिनो अंकले बढेर बन्द भयो ।
सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले उकालो लागे पनि नेप्सेमा कारोबार हुने समूहहरु मध्ये केहि समूहहरु घटेर राताम्मे देखिएका छन् केहि समूहहरु बढेर हरियो देखिएका छन् ।
बिहीबार १.२९ अंकले बढेर १ हजार ५ सय ६२ दशमलव ४६ अंकमा पुगेको छ । कारोबार रकम पनि बुधबारको तुलनामा कमी भएको छ । बुधबार १ अर्ब ४९ करोड रुपैयाँ धेरेको कारोबार भएकोमा बिहीबार १ अर्ब ४२ करोडमा सिमिति भएको छ ।
दिनभर २३ हजार ८९ कारोबारबाट १९६ कम्पनीका ४९ लाख ९४ हजार ३ सय ६७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ भएको छ ।
नेप्सेमा कारोबार हुने बैंकिङ उपसमूह १.९ अंकले बढेको छ भने व्यापार ३.१९ अंकले बढेको छ । म्युचुअल फण्ड र अन्यमा रहेका कम्पनीहरु पनि झिनो अंकले बढेका छन् ।
अरु सबै उपसमूहहरु ओरालो लागेका छन् । होटल १५ अंक भन्दा माथिले ओरालो लागेको छ भने विकास बैंक ११ अंक, निर्जिवन बीमा कम्पनी २४.४२ अंकm उत्पादनमूलक २९.५५, लघुवित्त १.६ र जीवन बीमा १६.८ अंकले घटेका छन् ।
प्रतिक्रिया 4