
२८ कात्तिक, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकमा ट्रकले बसलाई ठक्कर दिँदा शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार सर्लाही चक्रघटा गाउँपालिकास्थित बेलहीका ४० वर्षीय राज किशोर राय रहेका छन् ।
हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको ना.२ ख ७५३८ नम्बरको ट्रकले काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना.६ ख १०८५ नम्बरको बसलाई ठक्कर दिँदा राय गम्भीर घाइते भएका थिए । उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै सवारी साधन र ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4