+
+

कस्तुरीको विनासहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २२ गते २०:०५

२२ मंसिर, बुटवल । रुपन्देहीमा कस्तुरीको विना अवैधरुपमा ओसार पसारमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । देवदह नगरपालिका– १० भलुहीबाट एकथान कस्तुरीको विनासहित तीनजना पक्राउ परेका हुन् ।

भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपालिका– २ का सुकुरदिन मिया, बाग्लुङ नगरपालिका–६ का रमेश विक र बुटवल–११ बस्ने दीपक विश्वकर्मा पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट खैरो रौंसहित कस्तुरीको ६१.४० ग्राम विना फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?