+
+

भारतीय विज्ञ भन्छन् – भारत नेपालमा राजनीतिक स्थिरता चाहन्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते १४:०३

६ पुस, काठमाडौं । भारत सरकार नजिक रहेको थिंक ट्याङ्क मनोहर पर्रिकर अध्ययन एवं विश्लेषण संस्थानका नेपाल मामिला विज्ञ डा. निहार नायकले भारतको चाहना नेपाल जतिसक्दो छिटो सामान्य कोर्समा फर्कियोस् भन्ने रहेको बताएका छन् ।

अनलाइखबरसँगको कुराकानीमा उनले भने,‘नेपालका राजनीतिक दलले संविधान र प्रजातन्त्रको मूल्य र मान्यताको सम्मान गरुन् भन्ने भारतको पोजिसन हुन्छ किनभने नेपालको राजनीतिक स्थिरता भारतको हितमा छ ।’

उनले अगाडि भने,‘नेपालमा राजनीतिक अस्थिरता भयो भने त्यो भारतको हितमा हुन्न, नेपालमा मात्र होइन सबै छिमेकी मुलुकमा स्थिरता होस् भन्ने भारतको चाहना हो ।’

नायकले नेपालका विकसित पछिल्लो राजनीतिक घट्नाक्रम पूर्ण रुपमा नेपालको आन्तरिक मामिला भएको टिप्पणी गरे । उनले नेपालको वर्तमान राजनीतिक परिवर्तनमा भारतको कुनै पनि भूमिका नभएको बताउँदै भने,‘बिना प्रमाण नै यस्ता अनुमानहरु गरिएका छन्, ती सही होइनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?