Comments Add Comment

अब काठमाडौं हिलो र धुलोमुक्त हुन्छ : मेयर विद्यासुन्दर शाक्य

२२ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौँलाई हिलो धुलोमुक्त बनाउने अभियानले मुर्तरुप प्राप्त गर्ने बताएका छन्। काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै शाक्यले यस्तो बबताएका हुन् ।

शाक्यले मेलम्ची खानेपानी विस्तारको आयोजना सम्पन्न नहुँदा काठमाडौँ महानगरको धेरै बजेट सडक खन्ने र पुर्ने खर्च हुँदै आएको पनि दावी गरे। ‘खानेपानी आयोजना र सडक विस्तारको काम छिटो सम्पन्न भयो भने यहाँका सडकलाई धुलो हिलोमुक्त बनाउन सकिन्छ,’ प्रमुख शाक्यले भने ।

समझदारी–पत्रमा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले हस्ताक्षर गरे । ‘काठमाडौँबासी लामो समयदेखि मेलम्चीको पानी आउने आशामा छन् । काठमाडौँबासी सबैलाई मेलम्चीको नाम थाहा छ,’ प्रमुख शाक्यले भने, ‘आज त्यही नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्दै गर्दा मेलम्ची र काठमाडौँबासीको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा हामीले लिएका छौँ ।’

‘काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारी मार्फत दुई नगरको बिचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरणका लागि थप प्रयास हुने अपेक्षा पनि लिएका छौँ ।’ उहाँले नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत हरियाली प्रर्वद्धन र पार्क निर्माणका लागि काठमाडौँका १० ओटा र मध्यपुर ठिमी नगरपालिकासँग पनि साझेदारी गरिसकेको स्मरण गराए ।

शाक्यले मुलुक भित्रकै स्थानीय तह–स्थानीय तहबिच भगिनी सम्बन्ध स्थापना गर्ने कार्यको महानगरपालिकाले गरिरहेको भन्दै त्यसले पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुग्ने बताए ।

महानगरबासीबाट पनि यस्तो कार्यबाट सकारात्मक प्रतिक्रिया आएको उनले बताए । शाक्यले स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्न, मानवीय नगर बनाउन सहकार्य गर्न, आपसी हितका लागि अध्ययन तथा अवलोकन गर्र्नलगायतमा पनि यो सम्बन्धले सहयोग पुग्ने अपेक्षा लिएको बताए । पहिलो चरणमा सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने तयारी गरेको उनले बताए । लुम्बिनी प्रदेशको रामग्राम र कर्णाली प्रदेशको चन्दननाथसँग भगिनी सम्बन्ध स्थापना भै सकेको र तेस्रो नगरका रुपमा वागमती प्रदेशको मेचम्ची नगरपालिकासँग सम्बन्ध स्थापना गरेको जानकारी गराए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्था बमोजिम संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका र प्राकृतिक श्रोत साधन सम्पन्न पर्यटकीय नगर मेलम्चीबिच भगिनी सम्बन्ध स्थापना गरेको महानगरपालिकाले जानकारी दिएको छ ।

भगिनी सम्बन्ध स्थापना लगत्तै काठमाडौँ महानगरपालिकाले आ.व.२०७७/०७८ को स्वीकृत बजेट अन्तर्गत नगर नगर साझेदारी कार्यक्रम कार्यान्वयन गर्न भगिनी सम्वन्ध स्थापना भएको सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकासँगको सहकार्यमा पर्यटकीय स्थलका रुपमा विकास गर्न मेलम्ची सिटी पार्क निर्माण गर्ने गरी यो सम्झौता गरेका पनि गरेको छ ।

महानगरपालिकाले समझदारीपछि मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु. १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर भयो । सो सम्झौतापत्रमा पनि प्रमुखद्वय शाक्य र अर्यालले नै हस्ताक्षर गरे ।

कार्यक्रममा सम्वोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले काठमाडौँबासीसँग मेलम्चीको सम्बन्ध गहिरो रहेको भन्दै यो सम्बन्धले थप प्रगाढ हुने पनि बताए। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ५२ औँ कार्यपालिका बैठकको निर्णय अनुसार विभिन्न नगरसँग भगिनी सम्बन्न स्थापनाको प्रक्रिया अघि बढाएको बताइन् ।

काठमाडौँ महानगरपालिकाले यस अघि चीनका ६ वटा (ल्हासा, सियान, सेञ्जेन, लाञ्जाउ, चेङ्दु र नान्जिङ्) संयुक्त राज्य अमेरिकाका ४ वटा (युजेन, रोचेष्टर, फ्रेडरिकवर्ग र वोल्डर) सँग यस अघि नै भगिनी सम्वन्ध स्थापना गरिसकेको छ ।

त्यसैगरी काठमाडौँ महानगरपालिकाले जापानको मात्सुमोतो, बेलारुसको मिन्सक, बर्माको यगुनु, गणतन्त्र कोरिया (दक्षिण कोरिया) को सोल, जनवादी गणतन्त्र उत्तर कोरियोको पेङ्वाङ् र गणतन्त्र भारतको वाराणसी नगर महानगरसँग पनि भगिनी सम्बन्ध स्थापना गरिसककेको छ।बैङ्ककको थाइल्याण्ड र पाकिस्तानको इस्लामावाद नगरसँग पनि काठमाडौँ महानगपालिकाले भगिनी सम्बन्ध स्थापनाको प्रक्रियामा अघि बढाएको छ।

यो पनि पढ्नुहोस वातावरण विभागले भन्यो – बालबालिका, ज्येष्ठ नागरिक र रोगी घर बाहिर ननिस्किनुस् यो पनि पढ्नुहोस तस्वीरमा हेर्नुहोस् काठमाडौंको प्रदूषण यो पनि पढ्नुहोस काठमाडौंमा आँखा पोल्ने प्रदूषण, आपतकालको तह नाघ्यो यो पनि पढ्नुहोस काठमाडौं उपत्यकामा घाम लाग्यो, अब जाडो बढ्ने, प्रदूषण घटाउन सघाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment