
८ माघ, काठमाडौं । नेकपा ओली समूहको प्रेस संगठन नेपालले गणेश बस्नेतलाई संयोजक चयन गरेको छ । नेकपा प्रचण्ड–माधव समूहमा रहेका संयोजक महेश्वर दाहाललाई हटाएर बस्नेत संयोजक बनेका हुन् ।
राष्ट्रियसभा गृहमा दोस्रो राष्ट्रिय भेला गरी ओली समूह निकट प्रेस संगठनले दाहाललाई हटाएका हुन् । बस्नेतलाई अन्य पदाधिकारी चयन गर्ने अधिकार पनि दिइएको छ ।
नेकपा एकता अगाडि बस्नेत पूर्वएमालेको पत्रकार संगठन प्रेस चौतारी नेपालका अध्यक्ष थिए । तर, प्रेस चौतारी र प्रेस सेन्टर एकीकरण भइ बनेको प्रेस संगठन नेपालमा बस्नेत सहसंयोजक बनेका थिए ।
नेकपा दुई समूहमा विभाजित भएपछि बस्नेत फेरि संयोजक बनेका छन् । उनले सहसंयोजक सहित प्रदेश संगठन कमिटीका इन्चार्ज सहित पदाधिकारी चयन गर्नेछन् । प्रचण्ड र माधव समूहले प्रेस संगठनको राष्ट्रिय भेला बुधबार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4