Comments Add Comment

कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तर्बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीसए र कनेक्ट आरजीटीएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ ।

उक्त सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गरे ।

एनसीएचएल आईपीएस प्रणाली मार्फत् बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तर्बैंक कारोबारहरु गर्न सक्छन् भने कनेक्ट आरजीटीएस प्रणाली मार्फत् ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् ।

साथै बैंकका ग्राहकहरुले अब कनेक्ट आईपीएसको वेभ र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाइन भुक्तानीे कारोबारहरु पनि गर्न सक्नेछन् ।

कर्णाली विकास बैंक लिमिटेड नेपालको मध्य र सुदूर पश्चिमाञ्चलको पहिलो विकास बैंक हो, जसले उक्त क्षेत्रमा बैंकिङ्ग पहुच बृद्धिमा उल्लेख्य भूमिका निर्वाह गर्दै अएको छ । एनसीएचएल सँगको सहकार्य पश्च्ाात्, उक्त क्षेत्रमा बैंकको दिजिटल बैंकिङ्ग विस्तारमा पनि विशेष पहल हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment