
जुनसुकै मान्छेको पनि सफलता अन्तिम लक्ष्य हो । तर सफलता आफैँमा स्थिर प्रकृतिको हुँदैन । एउटा विन्दुमा सफलता भेटेपछि अर्को गन्तव्य तय गर्नु मान्छेको स्वाभाविक गुण हो । त्यसैले अन्तिम लक्ष्यको रूपमा रहेको सफलतालाई भेट्नको लागि मान्छेलाई फरक फरक किसिमको उत्प्रेरणा र सुझावहरूको आवश्यकता पर्छ ।
विश्वका कतिपय दार्शनिकहरूले मान्छेको यही मनोभावना बुझेर आफ्ना अमूल्य वचनहरू दिएका छन् । जुन मान्छेमा जीवनोपयोगी हुन सक्छ । त्यही मध्येका केही जीवनोपयोगी वचनहरू तल उल्लेख गरिएको छ ।
यस्तो पेसाको चयन गर्नुहोस् । जो तपाईंलाई राम्रो लाग्छ । यस्तो भयो भने तपाईंलाई जीवनमा एक दिन पनि काम गर्नु पर्दैन । –कन्फ्युसियस
एक आशावादी व्यक्ति हरेक आपतलाई एक अवसरको रूपमा देख्छ । निराशावादी व्यक्ति हरेक अवसरलाई समस्या देख्छ ।–विन्सटन चर्चिल
जसलाई मान्छेसँग प्रेम छ र उसले मानवतालाई पनि सम्झिन्छ भने ऊ आफू आफैँमा सन्तुष्ट हुने गर्छ । –स्वामी सुदर्शनाचार्य
त्यो व्यक्तिको लागि सबै परिस्थितिहरू आफू अनुकूल हुन्छ । जुन आफूभित्र खुसीको मूल लिएर बसेको हुन्छ । –होरेस फ्रिस्स
आफ्नो सामर्थ्यको पूर्ण रूपमा विकास नगर्नु नै संसारको सबैभन्दा ठूलो अपराध हो । जब तपाईं आफ्नो पूर्ण क्षमताका साथ कार्य निष्पादन गर्नुहुन्छ भने तपाईंले अरूलाई सहयोग पनि गर्न भ्याउनुहुन्छ । –रोजर विलियम्स
हाँसोको क्षण विना नै बिताइएको दिन सबैभन्दा खराब दिन हो । –ई ई कम्मिन्ग्स
यदि तपाईंमा उदास महसुस भयो भने तपाईं काम गर्न हिँड्नुहोस् । काममा व्यस्त रहनु नै उदासीपनाको प्रतिकार हो –एलेनोर रूजवेल्ट
खुसीको पहिलो उपाय भनेको नै बितेको कुरालाई धेरै विचार गर्नबाट बच्नु हो । –एन्ड्रे माऊराउस
यदि तपाईं अर्काको खुसी चाहनुहुन्छ भने पनि आफैँमा सहानुभूति अपनाउनु उत्तम हुन्छ । –मैरी स्ट्यूबैक
सही बुद्धिमानी यसमा हुन्छ कि तपाईं आफ्नो बारेमा यो जान्नुहोस्, तपाईंलाई केही पनि थाहा छैन । –सुकरात
अनुशासन लक्ष्य र उपलब्धिको बीचको पुल हो । –जिम रोन
मौन महान शक्तिको एक स्रोत हो –लाओ त्सु
सधैंभरि एक खुला दिमाग र एक दयालु हृदय राख्नुहोस् । –फिल ज्याक्सन
एक बुद्धिमान व्यक्ति अर्कोको गल्तीदेखेर आफ्नो गल्ती सुधार्ने गर्छ । –पुब्लीलिउस सिरुस
हामी आफ्नो प्रेममाथि नियन्त्रण गर्न सक्दैनौं । तर हामी आफ्नो कार्यमाथि नियन्त्रण गर्न सक्छौं । –अर्थर कानन डायल
कसैले पनि तपाईंको बारेमा स्वयंले भन्दा राम्रो सल्लाह दिन सक्दैन । –माक्र्स तुल्लीउस सिसरो
बुद्धिमत्ता नै खुसीको सर्वोच्च अंग हो । –सोफोक्लेस
ज्ञान बोल्छ, तर बुद्धिमत्ता धेरै सुन्छ । –जिमी हेंड्रिक्स
जो मेहनती छ, ऊ कहिलै पनि गरिब हुँदैन । जसले भगवानलाई सधैं याद राख्छ उसको मनमा कुनै पापी भावना नै आउँदैन । किनकि दिमागबाट नै सचेत व्यक्ति सधैंभरि निडर हुने गर्छ । – चाणक्य
कहिलै पनि आत्माको लागि केही कुरा असम्भव छ भन्ने नसोचौं । सबैभन्दा ठूलो अधर्म नै यही सोचाइ राख्नु हो । यदि कुनै कुरा पाप हुन्छ भने हामीले आफूले आफैँलाई कमजोर बनाउनु नै पाप कर्म हो । –स्वामी विवेकानन्द
जसलाई जानाजान झूट बोल्नुमा लज्जा हुँदैन, ऊ जस्तोसुकै पाप गर्न पनि पछि पर्दैन । त्यसैले हामी एउटा संकल्प गरौं कि हासोमजाकमा समेत हामी कहिलै झूट बोल्दैनौं । –बुद्ध
प्रतिक्रिया 4