Comments Add Comment

म्यानमारको आन्दोलन : नागरिकमाथि सुरक्षाबलको बर्बर दमन

४ चैत, काठमाडौं । म्यानमारको शासन सत्ता हातमा लिएको सेनाले प्रजातन्त्रवादी आन्दोलनकारीमाथि दमन रोकेको छैन ।

आन्दोलनकारीहरुले प्रजातन्त्रको पुनर्बहाली नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । तर १ फेब्रुअरीमा शासन सत्तामा हातमा लिएको सेना आफ्नो कदमबाट टसमस भएको छैन ।

बरु उसले आन्दोलनमाथि दमन तीव्र बनाएको छ । म्यानमारमा पक्राउ परेका र मृत्यु भएका मानिसहरुको तथ्यांक राखिरहेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) का अनुसार यो आन्दोलनमा अहिलेसम्म १८३ जनाको मृत्यु भएको छ ।

म्यानमारमा अहिले रातिको समयमा इन्टरनेट बन्द गरिएको छ । त्यही समयमा प्रहरी घरघरमा पसेर पक्राउ गर्ने गरेको छ । उनीहरुको अवस्थाबारे परिवारलाई पनि जानकारी दिइएको छैन ।

आइतबार मात्र म्यानमारमा ७४ जना प्रदर्शनकारीको मृत्यु भएको थियो, जसमा तीनजना बालबालिका पनि थिए । सोमबार पनि कम्तीमा २० प्रदर्शनकारीको मृत्यु भएको थियो ।

पछिल्ला दिनमा प्रदर्शनकारीप्रति सेना निकै क्रुद्ध देखिएका छन् । मानवअधिकारसम्बन्धी काम गर्ने संस्था एम्नेस्टी इन्टरनेशनलका अनुसार सेनाले शान्तिपूर्ण प्रदर्शनमा निस्किएका निहत्था नागरिकलाई युद्धका क्रममा सत्रुमाथि गरिनेजस्तो व्यवहार गरेको बताएको छ ।

म्यानमारको लागि राष्ट्रसंघका विशेष दूत टोम एन्ड्र्युजले म्यानमारले गरेको शक्ति प्रदर्शन अहिले मानव अधिकारविरुद्धको अपराधको तोकिएको कानुनी सीमा पार गर्ने अवस्थामा पुगिसकेको बताएका छन् ।

सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका केही फुटेजमा आन्दोलनकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइसकेपछि पनि निर्ममरुपमा कुटपिट गर्ने गरेको देखिन्छ । प्रदर्शनकारीहरुले पनि प्रहरीको गोलीबाट बच्न हेल्मेट र शिल्डजस्ता रक्षात्मक उपायको प्रयोग गरेको देखिन्छ ।

म्यानमारमा अहिले रातिको समयमा इन्टरनेट बन्द गरिएको छ । त्यही समयमा प्रहरी घरघरमा पसेर पक्राउ गर्ने गरेको छ । उनीहरुको अवस्थाबारे परिवारलाई पनि जानकारी दिइएको छैन ।

पछिल्लो दिनमा मृत्यु भएका मानिसहरुमध्ये चारजना सेनाले पक्राउ गरेर हिरासतमा लिएका मानिसहरु छन्, जसमध्ये दुईजना एनएलडी पार्टीका नेताहरु छन् ।

राष्ट्रसंघको मानव अधिकार उच्च आयुक्तको कार्यालयका अनुसार चारैजनाको हिरासतमै मृत्यु भएको हो । परिवार र अधिकारकर्मीले उनीहरुलाई हिरासतमा चरम यातना दिएको आरोप लगाएका छन् ।

सेनाले आफ्नाविरोधमा समाचार लेख्ने पत्रकार तथा सञ्चारगृहहरुलाई पनि दबाउन थालेको छ ।

म्यानमारको सेनाले पाँचओटा मिडियाको लाइसेन्स खारेज गरिदिएको छ भने पत्रकारहरुलाई पनि पक्राउ गर्न थालेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले आफ्ना पत्रकारलाई आन्दोलनको रिपोर्टिङ गरेको आरोपमा पक्राउ गरिएको भन्दै तत्काल उनको रिहाइका माग गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment