
विश्वमा नियमित शारीरिक अभ्यासमा संलग्न हुने व्यक्तिहरू कति होलान् ? त्यसमा पनि उनीहरूले खर्च गर्ने कुल खर्च कति होला ? यो जिज्ञासा धेरैमा हुन सक्छ । यही जिज्ञासा मेट्नको लागि ग्लोबल वेलनेस इन्स्टिच्युटले सन् २०१९ मा विश्वका १५० मुलुकमा अध्ययन गरी विश्वभरि नियमित अभ्यास गर्नेहरूको अनुमानित तथ्यांक र त्यसमा हुने खर्चको विवरण संकलन गरेर प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदन अनुसार सन् २०१८ मा विश्वभर अनुमानित ८ खर्ब २८ अर्बको शारीरिक अभ्यासको बजार रहेको थियो । यो बजारले सन् २०२३ सम्म ११ खर्ब अमेरिकी डलरसम्म भेट्ने अनुमान गरिएको छ ।
यो तथ्यांक फिटनेससम्बन्धी सामग्री खरिद र अन्य गतिविधिमा गरिने खर्चको अनुमानित समष्टि हो। उक्त अध्ययनले विश्वका ३५ प्रतिशत मात्रै मान्छेले नियमित रूपमा मनोरञ्जनात्मक शारीरिक अभ्यासमा संलग्न हुने गरेको उल्लेख गरेको छ ।
अध्ययन अनुसार २०२३ सम्ममा विश्वमा शारीरिक अभ्यासको शीर्षकमा एसिया प्रशान्त क्षेत्रमा मान्छेले सबैभन्दा धेरै खर्च गर्ने अनुमान गरेका छन् । त्यस्तै, उत्तर अमेरिका दोस्रोमा, तेस्रोमा युराप, चौथोमा ल्याटिन अमेरिकी मुलुक आदि धेरै खर्च गर्नेको सूचमा पर्ने अनुमान गरिएको छ । अध्ययनको क्रममा तयार पारिएको २०१८ र २०२३ को बीचमा हुने खर्चको अवस्थालाई क्षेत्रीय रुपमा तल उल्लेख गरिएको छ ।
क्षेत्र | २०१८ को खर्च (अर्ब अमेरिकी डलरमा) | २०२३ को अनुमानित खर्च (अर्ब अमेरिकी डलरमा) |
एसिया प्यासिफिक | २४०.४ | ३७३.५ |
उत्तर अमेरिका | २८२.७ | ३६६. |
युरोप | २२५. | २८७.९ |
ल्याटिन अमेरिका | ४२.२ | ५६.६ |
मध्यपूर्व एवं उत्तर अफ्रिका | २२.६ | ३३. |
सब सहारियन अफ्रिका | १५.३ | २२.७ |
क्षेत्रगत खर्चको विवरण | ||
मनोरञ्जनात्मक सक्रियता एवं खेलकुद | २३०.१ | ३२३.४ |
फिटनेस | १०८.६ | १४७.९ |
मनोगत गतिविधि | २९.१ | ५२.१ |
प्रविधि | २६.३ | ३९.८ |
मनोरन्जनात्मक शारीरिक गतिविधिमा विश्वको कुल खर्चको ९० प्रतिशत हिस्सा उत्तर अमेरिका, एसिया र युरोपमा हुन्छ । विश्वव्यापी रूपमा, प्रतिवर्ष प्रतिसहभागी ३०६ डलर औसत खर्च हुने गरेको छ । जसमध्ये १३६ डलर विभिन्न शारीरिक गतिविधिमा र १७२ डलर प्रविधि, उपकरण, कपडा / फुटवेयर आदिमा खर्च हुने गरेको छ ।
मनोरन्जनात्मक शारीरिक गतिविधिमा हुने खर्चको हिसाबमा शीर्ष १० देशहरू निम्नानुसार छन्
अमेरिकी : २६४.६ अर्ब डलर
चीन : १०९.३ अर्ब डलर
जापान : ४३.९ अर्ब डलर
बेलायत : ४०. ९ अर्ब डलर
जर्मनी: ३९.४ अर्ब डलर
फ्रान्स : २६.३ बिलियन डलर
दक्षिण कोरिया : २३.५ अर्ब डलर
इटाली : २३.५ अर्ब डलर
क्यानडा : १८.१ अर्ब डलर
अस्ट्रेलिया : १६.७ अर्ब डलर
मनोरन्जनात्मक शारीरिक गतिविधिका लागि अमेरिका र चीन अहिलेसम्म विश्वका सबैभन्दा ठूला राष्ट्रिय उपभोक्ता बजारहरू हुन्, जसमा विश्वव्यापी खर्चको ४५ प्रतिशत हिस्सा छ ।
बजार आकारका आधारमा मनोरञ्जनात्मक शारीरिक गतिविधिमा न्यूनतम र अधिकतम खर्चको दर निकाल्न कठिन हुन्छ । सहभागिता दरको आधारमा हेर्दा अस्ट्रेलिया र ताइवानमा कुल जनसंख्याको ८५ प्रतिशत मनोरञ्जनात्मक शारीरिक गतिविधिमा संलग्न हुने गरेको देखिएको छ ।
प्रतिक्रिया 4