
२२ चैत, वीरगञ्ज । बाराको पचरौता नगरपालिका–१ पिपरपातीमा आगलागी हुँदा ४ वटा घर जलेको छ । आगलागीबाट ७ लाख १० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
स्थानीय जय नारायण यादवको घरमा चुल्होबाट बाहिर थुपारुेको खरानीबाट अचानक आगो सल्किएको प्रहरीले बताएको छ ।
आगलागीबाट जयनारायण यादव, शम्भु यादव, नागेन्द्र यादव र मिश्री यादवको घर जलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4