Comments Add Comment

गुडलक भन्दै यात्रुले जहाजको इन्जिनमा सिक्का फ्याकेपछि…

हवाई जहाजमा पहिलो पटक यात्रा गर्नु धेरैका लागि निकै रोमाञ्चक तथा डरलाग्दो पनि हुनसक्छ । प्रकृतिको नियमलाई चुनौती दिँदै आकाशमा उडेर यात्रा गर्नु निश्चित रुपमा रोमाञ्चक हुने नै भयो ।

कतिपय यात्रुहरुले हवाई जहाजमा यात्रा गर्दा शुभयात्राको कामना गर्दै भगवान पुकार्ने देखि अनौठा खालका कार्य गर्दछन् । यसो गर्दा यात्रा सफल हुने अर्थात् गुडलक हुने विश्वास हुन्छ उनीहरुमा ।

तर शुभयात्राको कामना गर्दै यात्रुहरुले प्रदर्शन गर्ने कतिपय व्यवहारहरुले भने उल्टै हवाई उडानलाई नै अवरुद्ध पार्दा रहेछन् । हालै चीनको शांगडोंग प्रान्तमा एउटा यस्तै घटना भएको छ ।

हवाई जहाज चढ्नु अगाडि शुभयात्राको कामना गर्दै एकजना यात्रुले जहाजको इन्जिनमा सिक्का फ्याँकेपछि जहाजको उडान नै रद्द गर्नु परेको छ ।

सिक्का फ्याँकेमा गुडलक हुन्छ भन्ने परम्परागत मान्यता अनुसार ती व्यक्तिले हवाई जहाजको एउटा इन्जिनभित्र धातुका सिक्का फ्याँकेका थिए ।

उक्त घटना वेइफांग विमानस्थलमा भएको हो । वांग थर भएका एक पुरुष यात्रु बेइबु गल्फ एयरलाइन्सको उडान नम्बर जिएक्स८८१४ मार्फत् वेइफांगबाट हाइकुको यात्रामा निस्कँदै थिए । आफ्नो यात्रा शुभ होस् भन्नका लागि उनले एक मुठी सिक्का जहाजको इन्जिनमा फ्याँकिहाले ।

जहाज उड्नु भन्दा अगाडि गरिएको निरिक्षणका क्रममा भुइँमा केही सिक्का देखिएपछि एक कर्मचारीले जहाजका स्टाफलाई खबर गरे । त्यस क्रममा इन्जिनिमा सिक्का फ्याँकिएको पत्ता लाग्यो ।

आफुले रातो कागजमा बेरेर ६ वटा सिक्का जहाजको इन्जिनमा फ्याँकेको वांगले स्विकार गरेका छन् । उक्त सिक्काहरुको तस्वीर अनलाइनमा अहिले भाइरल बनिरहेको छ ।

उनले फ्याँकेका सबै ६ वटा सिक्का फेला परेपनि सुरक्षाको कारण र थप परीक्षणका लागि भन्दै पाइलटले जहाज उडान रद्द गरे । जहाजमा चढिसकेका १४८ जना यात्रुहरुलाई बाहिर निकालियो । जहाजको इन्जिनमा सिक्का फ्याँक्ने वांगलाई प्रहरीले पक्राउ गरेको छ ।

चीनमा यात्रुहरुले जहाजको इन्जिनमा सिक्का फ्याँकेको यो पहिलो घटना होइन । गत वर्षपनि एक २८ वर्षीय युवकले गुडलकका लागि भन्दै जहाजको इन्जिनमा सिक्का फ्याँकेका थिए । उनीमाथि एयरलाइन्सले १ लाख २० हजार युआन जरिवाना गरेको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment