+
+

सीमा क्षेत्रमा खटिएका सशस्त्रद्वारा स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २९ गते १३:०३

२९ जेठ, काठमाडौं । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ ।

महोत्तरी सम्सी गाउँपालिका–५ पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रबाट सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको हो ।

गोराहारीमा बीओपीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको व्यक्तिलाई चेक जाँच गरेको थियो । सो क्रममा भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिले शंकास्पद झोला फालेर हिँडेको सशस्त्रले जनाएको छ । सो झोलामा स्रोत नखुलेको पैसा भेटिएको हो ।

प्रहरीले सो रकम आवश्यक कारबाहीको लागि जलेश्वरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?