1. ताजा अपडेट
Comments Add Comment

फ्रेस फेस

List Grid
फ्रेस फेसः म चलचित्रमा आउनु अगाडि नै बोल्ड थिएँः सिवानी(भिडियो कुराकानी)

साउन २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कहि कतै’की नव–नायिका सिवानी गिरीले आफूहरु नयाँ कलाकार भएपनि राम्रो काम गरेको बताएकी छिन् । अनलाइनखबरको ‘फ्रेस फेस’मा कुराकानी गर्दै सिवानीले आफूलाई ‘धोतिनी’ भन्दै कमेन्ट गरिएकोमा दुःख व्यक्त गरिन् । उनले भनिन्–‘म सिक्किममा जन्मिएपनि नेपाली नै हुँ । हामी नेपाली भाषा नै बोल्छौ । मलाई ‘धोतिनी’ भन्दा दुःख […]

बोल्ड नग्माको नायिका बन्ने सोच

३ वटा विज्ञापनमा मोडलिङ गरिसकेकी पुरानो नैकापकी नग्मा श्रेष्ठ १७ बर्षकी मात्र भइन् । नग्माको चाहना चलचित्रकी नायिका बन्ने छ । हालसम्म म्यूजिक भिडियो र चलचित्रमा काम नगरेकी नग्मा चाडै नै आफू यो क्षेत्रमा पनि आउने बताउँछिन् । एउटा व्यवसायिक नायिका बन्ने सोच उनको छ । उनले भनिन्-‘मलाई सानैबाट नायिका बन्ने सोच थियो । टीभी […]

फ्रेस फेसः चलचित्रमा ग्ल्यामर, सेक्सी र क्यूट देखिन मन छः आरती (भिडियो)

यूरोपबाट ‘मार्केटिङ म्यानेजमेन्ट’मा स्नातक पढेर आएकी पोखराकी आरती थापाको चाहना सानैदेखि मोडलिङ क्षेत्रमा लाग्ने थियो । तर, पढ्ने क्रममा उनी यूरोप पुगिन् । तर, उनको सानैदेखिको रुचीले उनलाइ बारम्बार नेपालमा नै तानिरह्यो । नेपाल आएको केही महिनामै उनले आधा दर्जन म्यूजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । म्यूजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा लागेर स्टार बन्ने सपना […]

फ्रेस फेसः अनमोलसँग साम्राज्ञीको स्टाइलमा फिल्ममा इन्ट्री गर्न मन छः क्रिस्टिन

चितवनकी क्रिस्टिन पौडेलले यो बर्षको ‘मिस टिन अफ दि इयर २०१७’को ताज जितिन् । यो प्रतिस्पर्धामा भाग लिनु अगाडि नै उनलाइ यो ताज जित्छु भन्ने लागेको थियो । यो शोलाइ मिडिया क्षेत्रमा प्रवेश गर्ने माध्यमको रुपमा उनले हेरेकी थिइन् । क्रिस्टिनले आफ्नो नाम यूरोपियन नाम भएको बताइन् । नाम केही फरक रहेकाले पनि आफूले राखेको […]

‘मलाई कट्रिना, श्रुती जस्ती भन्छन्’, अनमोल आएपछि फिल्म नगरि परिवर्तन भयोः श्रृष्टी

चलचित्र ‘ग्याङस्टार ब्लूज’मा समावेश ‘अबला’ बोलको आइटम गीतमा नृत्य गरेपछि श्रृष्टी कार्कीले चर्चा पाइरहेकी छिन् । स्पेनमा अध्ययन गरेर फर्किएपछि उनी यो चलचित्रका निर्देशक हेमराज बीसी र निर्माता सरोज न्यौपानेको अफरमा आइटम नृत्य गर्न अग्रसर भएकी थिइन् । भिडियोबाट आफूलाई मिश्रति प्रतिक्रिया मिलिरहेको श्रृष्टी बताउँछिन् । श्रृष्टीले अब आफूले आइटम नृत्य नगर्ने बताइन् । चलचित्रको […]

फ्रेस फेसः ‘अनमोल र रेखा जस्तै स्टार बन्ने सपना छ’: सजनी बाँनिया

नायिका रेखा थापा निर्मित तथा अभिनित चलचित्र ‘रुद्रप्रिया’मा काम गरेकी नव-कलाकार सजनी बाँनियालाई अब भने स्टार बन्छु भन्ने सोच पलाउन थालेको छ । केही म्यूजिक भिडियोमा काम गरेकी पोखराकी यी सुन्दरी अब भने चलचित्रमा काम गरेर स्टार बन्ने सपना देख्न थालेकी छिन् । पोखरामा रहेर नर्सिङ बिषय अध्ययन गरिरहेकी सजनी आफू राम्री भएको बताउँछिन् । […]

फ्रेस फेसः ‘म कहिले राम्री, कहिले नराम्री’: आश्मा (भिडियाे)

केही म्यूजिक भिडियो, टेलिसिरियलमा काम गरिसकेकी मोडल हुन्, आश्मा गिरी । केही बर्ष भारतमा अध्ययन गरेर २ बर्ष अगाडि नेपाली ग्ल्यामर दुनियाँमा प्रवेश गरेकी आश्मालाई अहिले नै स्टार बनिहाल्नुपर्छ भन्ने लाग्दैन । आश्मा भन्छिन्-‘मैले अहिले कुनै पनि कुरामा दबाब महशुश गरेकी छैन । म आफूलाई पहिला निपुर्ण बनाएर मात्र चलचित्रमा प्रवेश गर्छु ।’ आश्मासँग गरिएको […]

‘फ्रेस फेस’: ‘म बोल्ड छैन, तर निकै चुलबुले छु’: जेविका कार्की(भिडियो)

नेपाली चलचित्र क्षेत्रमा राम्रो कलाकार बन्ने सोचका साथ आएकी कलाकार हुन्, जेबिका कार्की । जेबिकाले अभिनय गरेको चलचित्र ‘पर्व’ जेठ १२ गतेबाट रिलिज हुँदैछ । उनले चलचित्र ‘जन्मभूमि’बाट रजतपटमा डेब्यू गरेकी हुन् । उनी, अभिनित अर्को चलचित्र ‘कारखाना’ प्रदर्शनका लागि तयार भएको छ । जेविकासँग गरिएको ‘फ्रेस फेस’ कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः चलचित्र ‘पर्व’मा नम्रता […]

फ्रेस फेसः म डाक्टर र फिल्मकर्मी दुवैसँग बिहे गर्दिनँः रेश्मा घिमिरे

आजबाट देशभरका हलमा रिलिज भएको चलचित्र ‘यो साइनो मायाको’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गरेकी नव-कलाकार हुन् रेश्मा घिमिरे । लभ स्टोरी यो चलचित्रमा रेश्माले जतिन ताम्राकारसँग रोमान्स गरेकी छिन् । रेश्मा चलचित्र क्षेत्रमा मात्र आवद्ध छैनन् । उनी, नर्स, गायिका, मोडल र नायिका पनि हुन् । उनले चलचित्रको पर्दामा देखिनु आफ्नो रहर भएको सुनाइन् । […]

फ्रेस फेसः साँझ परेपछि बोलाउँछन्, नायिका चाहिएको कि प्रेमिका ?: अनुष्का शर्मा(भिडियो)

सानैबाट चलचित्रमा रमाउने सोचका साथ, यो क्षेत्रमा प्रवेश गरेकी कलाकार अनुष्का शर्मालाई यो क्षेत्र उनले सोचेजस्तो लागेन । चलचित्र भन्दा बाहिरी क्षेत्रका यूवा-यूवतीलाई यहाँ प्रवेश गर्न गाह्रो रहेको वुझाई उनको छ । अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुराकानी गर्ने क्रममा अनुष्काले आफूसँग प्रतिभा भएको दाबी गरिन् । अनुष्कासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः अनुष्काले केहि […]

फ्रेस फेसः ‘अनमोलकी प्रेमिका बन्न चाहने सपना, बोल्ड हुँदा छैन आपत्ती’

चलचित्र ‘उहिले बाजेको पालामा’मा काम गरेकी ‘मिस मंगोल २०१२’की विजेता सपना रोका चलचित्र क्षेत्रमै जम्न चाहन्छिन् । यो चलचित्रमा गाउँले यूवतीको भूमिकामा देखिएकी यी सुन्दरी अब भने बोल्ड भूमिका गर्न चाहन्छिन् । सपनासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः अनलाइनखबरको ‘फ्रेस फेस’ अन्र्तगत रहेर कुराकानी गर्ने क्रममा उनले आफ्नो समाजसेवाको चाहना पनि सुनाइन् । सपना अहिले […]

फ्रेस फेसः मेरो शरीर बोल्ड छ, सौगातसँग काम गर्न चाहन्छुःजैना कुँवर(भिडियो कुराकानी)

नेपाली चलचित्र क्षेत्रमा लामो रेसको घोडा बन्ने सपना देखेर धेरै यूवायूवतीको प्रवेश भएको पाइन्छ । यस्तै, लामो रेशको घोडा बन्ने सपना देखेर यो क्षेत्रमा होमिएकी सुन्दरी हुन्, जैना कुँवर । चलचित्र ‘जोनी जेन्टलम्यान’मा नायिका आँचल शर्माको साथीको भूमिकामा उनी देखिएकी छिन् । यो चलचित्रमा आफ्नो भूमिका सशक्त भएको र कथा मन परेकाले नै काम गरेको […]

फ्रेस फेसः मलाई त रुन आउँछ भन्दै रोइन् साहारा'(भिडियो कुराकानी)

नेपाली चलचित्र क्षेत्रलाई सानैदेखि नजिकबाट नियाल्दै आएकी साहारा कार्की अब ठूलो पर्दाको नायिका बनेकी छिन् । १२ बर्ष अगाडि अमेरिका पुगेपनि उनको मनमा भने नेपाली चलचित्रले गहिरो छाप छोड्यो । सोहि, सपना पुरा गर्नका लागि साहाराले चलचित्र ‘दर्पण छाया २’मा अभिनय गरेकी छिन् । साहारासँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः तुलसी घिमिरे जस्ता निर्देशकसँग […]

फ्रेस फेसः महिलालाई आफ्नो शरीरको सबै अगं बबाल नै लाग्छः आशिका(भिडियो कुराकानी)

चलचित्र ‘सुश्री’मा नायिकाको भूमिका निर्वाहा गरेपछि जर्मनीमा बस्दै आएकी आशिका तामाङलाई दर्शकले नजिकबाट चिन्ने मौका पाए । हुनत, यो चलचित्रले बक्स अफिसमा कुनै कमाल गरेन । तर, आशिकाले चलचित्रबाट धेरै कुरा सिक्ने मौका पाइन् । जर्मनीमा नर्स पेशा अपनाउँदै आएकी आशिका समय-समयमा नेपाल आउँछिन् र समाजसेवा पनि गर्छिन् । आफूलाई कला क्षेत्र र समाजसेवामा रुची […]

फ्रेस फेसः ‘छोटा पहिरन मनपर्छ, व्यापारिहरु बिहे गरौ भन्छन्’: नीशा(भिडियो कुराकानी)

अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भमा कुरा गर्ने क्रममा मोडल नीशा घिमिरेले ३५ वटा भन्दा बढी म्यूजिक भिडियो काम गरेको बताइन् । आफूलाई सुरुमा काम गर्न गाह्रो भएपनि पछि सजिलो भएको उनको भनाई छ । सुरुवातमा धेरैले कि त लगानी खोज्ने, कि त कोरसमा काम गराउन खोजेको भन्दै उनले १ बर्ष यो क्षेत्रमा काम गर्न गाह्रो भएको […]

फ्रेस फेसः मेरो मुस्कानमा केटाहरु भुतुक्कै हुन्छन्ः रीजा भुसाल(भिडियो कुराकानी)

चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’मा काम गरेपछि नव-नायिका रीजा भुसाललाई रंगिन दुनियाँको नशा लाग्न थालेको छ । अब, उनी यहि क्षेत्रमा केहि गर्छु भन्ने सोचका साथ अगाडि बढेकी छिन् । दर्जन म्यूजिक भिडियो र एउटा फिचर चलचित्रमा काम गरेकी उनी अहिले पढाई र कामलाई एकसाथ अगाडि बढाइरहेकी छिन् । पहिलो चलचित्रमा गाउँकी यूवतीको भूमिकामा काम […]

फ्रेस फेसः ‘लुट २’कि एलिसा भन्छिन्-‘तिम्रो ट्याटु खै भनेर सोध्छन्’ ?(भिडियो कुराकानी)

करिब ५० भन्दा बढी म्यूजिक भिडियोमा मोडलिङ गरेकी एलिसा राई चलचित्र ‘लुट २’को ‘ठमेल बजार’ बोलको गीतबाट चर्चामा छिन् । यो गीतमा आइटम नृत्य गरेपछि एलिसा दर्शक, चलचित्रकर्मी र मिडियाको नजरमा परेकी हुन् । अनलाइनखबरको ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्ने क्रममा एलिसाले आफूलाई सानैदेखि कलाकारितामा सोख रहेको बताइन् । उनले भनिन्-‘म सानैबाट एकदमै चुलबुले थिएँ […]

फ्रेस फेसः ‘मेरो त ३ बर्ष मै लभ परेको’: श्रद्धा प्रसाई(भिडियो कुराकानी)

नेपाली चलचित्र क्षेत्रमा अहिले नयाँ-नयाँ नायिकाहरुको आगमन भैरहेको छ । हरेक चलचित्रमा, नयाँ नायिका नै अनुवन्धित भएको समाचार आइरहन्छन् । यहि भिडमा नव-नायिका श्रद्धा प्रसाई पनि प्रतिस्पर्धा गर्न आइपुगेकी छिन् । हुनत, उनले काम गर्ने भनेर संझौता गरेको पहिलो चलचित्र ‘रोमियो’ हो । तर, यो चलचित्रमा उनलाई दर्शकले देख्न पाउने छैनन् । श्रद्धाले पहिलो चलचित्रको […]

फ्रेस फेसः शावी लामिछाने

धरानकी शावी लामिछाने पेसाले ब्यापारी हुन् । तर, उनलाई हिरोइन बन्ने रहर छ । एउटा म्यूजिक भिडियोमा काम गरेपछि राम्रो प्रतिकृया पाएकी शावी ठूलो ब्यानरको फिल्म खेल्ने मन छ । ‘अफर आइरहेको छ तर, राम्रो ब्यानरको पर्खाइमा छु’ शावीले भनिन् । उनलाई पुरानो पुस्ताका कलाकार मन पर्छ । अहिले भने सविन श्रेष्ठ अथवा गौरव पहारीसाग […]

फ्रेस फेस: ‘नाई नभन्नु ल ४’ नायिका भन्छिन्-‘आफू खराब भए अरुले खराबै व्यवहार गर्छन्'(भिडियो)

चलचित्र क्षेत्रमा पाइला राख्दै गर्दा आँचल दवाडीले थर परिवर्तन गरेर शर्मा राखिन् । धेरै कलाकारले नाम परिवर्तन गर्छन्, तर आँचल थर परिवर्तन गर्न अग्रसर भइन् । अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भमा रहेर कुरा गर्दै गर्दा आँचलले भनिन्-‘दवाडी भन्दा शर्मा सुन्दा राम्रो लाग्यो । फेरि थर परिवर्तन गर्नेहरु सुपरस्टार बनेको पनि मैले सुनेकी छु ।’ उसो भए […]

फ्रेस फेसः अनमोललाई नै प्रेम गरेँ, उसैलाई नै थप्पड हानेँः साम्राज्ञी (भिडियो)

फागुन २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ड्रिम्स’की मुख्य नायिका हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रको ट्रेलर सार्वजनिक भैसकेपछि उनको चर्चा चुलिएको छ । अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत रहेर कुरा गर्दै गर्दा साम्रज्ञीले आफ्ना चाहना र इच्छा सुनाइन् । सानैबाट कलाकार बन्छु भन्ने लाग्थ्यो उनलाई । चलचित्रमा काम गर्ने कलाकार र चलचित्र मेकिङलाई उनले सामान्य […]