Comments Add Comment

अफ्रिका

List Grid
अफ्रिकाको गुफामा भेटियो ७८ हजार वर्ष पुरानो चिहान

२५ वैशाख, काठमाडौं । वैज्ञानिकहरुले अफ्रिकामा ७८ हजार वर्ष पुरानो चिहान फेला पारेका छन् । उक्त चिहान करिब तीन वर्ष उमेरको बच्चाको रहेको र बच्चाका खुट्टा छातीतर्फ मोडेर चिहानमा गाडिएको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन् । अफ्रिकी मुलुक केन्याको तटीय क्षेत्रमा रहेको उक्त गुफामा भेटिएको चिहान अफ्रिकामा अहिलेसम्म फेला परेकामध्ये सबैभन्दा पुरानो चिहान भएको बताइएको […]

अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट

१५ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट आइपरेको जनाएको छ । सहारा मरुभूमि वरिपरिका ६ देशको समूह (बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरिया) लाई साहेल क्षेत्र भनिन्छ । ती देशका २ करोड ८० लाख मानिसहरु असुरक्षा र भोकमरीको चपेटामा परेकाले तत्काल सहयोग आवश्यक रहेको राष्ट्रसंघको भनाइ छ […]

कसरी अघि बढ्दैछ अफ्रिकामा कोरोना खोप कार्यक्रम ?

१० फागुन, काठमाडौं । अहिले विश्वका धेरै देशबीच कोभिड–१९ विरुद्धको खोप आफ्ना लागि सुरक्षित गर्ने प्रतिस्पर्धा चलिरहेको छ । धनी मुलुकले आफ्ना लागि खोप सुरक्षित गरिरहँदा अफ्रिकी देशका वासिन्दाले भने छिटै कोभिड–१९ विरुद्धको खोप पाउनेमा आशंका उत्पन्न भएको छ । किनभने सामान्य हिसाबमा अफ्रिकी मुलुकले धनी मुलुकले जस्तै खोप आफ्ना लागि सुरक्षित गर्न सक्दैनन् । […]

इबोलाबाट गिनीमा ४ जनाको मृत्यु

२ फागुन, काठमाडौं । अफ्रिकी देश गिनीको दक्षिणपूर्वी प्रान्त जेरेकोरेमा इबोलाबाट चार जनाको मृत्यु भएको छ । सन् २०१६ पछि पहिलोपटक इबोलाबाट मानिसको मृत्यु भएको हो । पछिल्लो पाँच वर्षमा पहिलोपटक गिनीमा इबोलाको संक्रमण देखिएको हो । गिनीमा इबोलाबाट मृत्यु भएका चारमध्ये एक स्वास्थ्यकर्मी पनि छिन् । गिनीको राष्ट्रिय स्वास्थ्य सुरक्षा नियोगका प्रमुख साकोटा केइटाले […]

इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको ओडीआई सिरिज रद्द

२३ मंसिर, काठमाडौं । दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको ओडिआई सिरिज रद्द भएको छ । दुवै टिमको क्याम्पमा कोरोना टेष्ट पोजेटिभ देखिएपछि इंग्लयाण्डको बाँकी टुरका खेल रद्द गरिएको हो । घरेलु टोली दक्षिण अफ्रिकाको एक खेलाडी र दुई जना होटल स्टाफलाई कोरोना संक्रमण देखिएको थियो । उता इंग्ल्याण्डले भने आफ्नो दुई सदस्यलाई कोरोना पोजेटिभ भएको अपुष्ट […]

अफ्रिकामा कोरोना संक्रमण कम हुनु रहस्यमय !

१९ भदौ, काठमाडौं । गरिबी, बाक्लो बसोबास र कमजोर स्वास्थ्य प्रणाली भएको अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्य क्षेत्रमा भन्दा बढी फैलिने अनुमान थियो । ब्राजिल तथा अरु दक्षिण अमेरिकी मुलुकमा फैलिएको कोरोना संक्रमणले गरिबी र बाक्लो बसोबास भएको मुलुकमा कोरोना भाइरसको संक्रमण बढी देखिने पुष्टि गरिसकेको थियो । अत्याधिक भिडभाडयुक्त बस्ती, सरसफाइको कमी […]

अफ्रिकामा कोरोना संक्रमण घट्यो

११ भदौ, काठमाडौं । अफ्रिका महादेशमा पछिल्लो सातामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । अफ्रकाका वरिष्ठ अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा अफ्रिकामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा २० प्रतिशतको कमी आएको हो । यद्यपि अधिकारीहरुले अहिले नै कोरोना भाइरसको संक्रमण घट्यो भनेर खुसीयाली मानाउने अवस्था भने नरहेको बताएका छन् […]

राष्ट्रसंघका महासचिव भन्छन् : विकसित देशले अफ्रिकी मुलुकबाट सिक्न सक्छन्

७ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकसित मुलुकले कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि अफ्रिकी मुलुकहरुबाट शिक्षा लिन सक्ने बताएका छन् । बुधबार फ्रान्सको एक सञ्चारमाध्यमसँगको कुराकानीमा उनले अफ्रिकी मुलुकले महामारी नियनन्त्रणका लागि पाएको सफलताको प्रशंसा गरेका हुन् । उनले महामारी सुरु हुँदा अफ्रिकी मुलुकको विषयको विषयमा चिन्ता गरिएअनुसारको महामारी यो क्षेत्रमा […]

अफ्रिकाको जेलमा ४ घण्टा !

हामीलाई काममा ९ बजे पुगिसक्नु पर्ने थियो । हामी बसेको घरबाट ट्याक्सी र्‍याक(माइक्रो स्टेशन) पुग्न हामीसँग दुई विकल्प थिए, एक- जुन बाटो हामीलाई ४० मिनेट जति लाग्थ्यो । अर्को- रेलवे ट्रयाक क्रस गरेर जानुपर्थ्यो , जुन बाटोबाट हामी १५ मिनेटमै पुग्थ्याैं । रेलवे ट्रयाक हुँदै जानु नियमतः गैरकानूनी मानिन्छ । तर, सबैजसोले त्यही बाटो नै […]

सखरखण्डले हटाउँदैछ अफ्रिकामा कुपोषण

अफ्रिकामा दशौँ लाख बालबालिकाहरु कुपोषणले ग्रस्त छन् । पर्याप्त खाद्यान्नको अभाव तथा भोकमरीका कारण कुपोषणमा परेका बालबालिकाहरुलाई बचाउनका लागि सखरखण्ड एक उत्तम विकल्पका रुपमा देखिएको छ । कुपोषित बालबालिकाको मुक्तिका लागि युगाण्डामा विशेष प्रकारको सखरखण्ड फलाइएको छ । यद्यपि अफ्रिकाको कुपोषणको भयावह समस्याले जिका भाइरस तथा इबोला जस्ता रोग जत्तिको समाचारमा स्थान पाइरहेको छैन । […]

केन्यामा जलाइयो सय टन भन्दा धेरै हात्तीको दात

१९ वैशाख, काठमाडौं । केन्यामा नौ टन भन्दा बढी हात्तीको दात जलाइएको छ । राष्ट्रपति उहुरु केन्यटाले अफ्रिकी हात्तीको रक्षाको लागि प्रतिवद्ध रहेको जनाएका थिए । केन्याको नैरोबी राष्ट्रय उद्यानमा जलाइएको करीब सय टन भन्दा धेरै हात्तीको दात जल्न केही दिन लाग्ने जनाइएको छ । ६ सात सय भन्दा धेरै हात्तीको दात जलाइएको हो । […]