Comments Add Comment

अविश्वासको प्रस्ताव

List Grid
मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

१८ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् । एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् । यसअघि नेकपा […]

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन सात दिनको समय

११ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि आफ्ना सांसदलाई सात लिन समय दिएका छन् । नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलो पटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिएका हुन् । […]

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेर बैठक स्थगित गरिने

२५ माघ, काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई विरुद्ध परेको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा आजै पेस गरिने भएको छ । चार घण्टा बढी चलेको कार्य व्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने सहमति जुटाएको हो । १८ दिनपछि आज बैठक बोलाइएको थियो । तर, नेकपा ओली समूह भने बैठक सूचना टाँस गरेर […]

प्रदेश १ का तीनजना मन्त्रीले राजीनामा दिए, शेरधनले संसदीय दलमा बहुमत गुमाए

१२ पुस, बिराटनगर । प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । तीनैजनाले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको एक नेताले जानकारी दिए । सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण […]

निकाससहित जवाफ दिन प्रधानमन्त्रीलाई सिटौलाको आग्रह

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले निकाससहित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै तत्कालीन संविधान मस्यौदा समितिका सभापति समेत रहेका सिटौलाले नयाँ सरकार गठनबारे संवैधानिक व्यवधान नभएको दाबी गरे । अन्तरिम संविधानमा रहेको व्यवस्था नै नयाँ संविधानको संक्रमणकालीन व्यवस्थामा राखेको […]

सर्वोच्चको राय लिने मुडमा राष्ट्रपति

९ साउन, काठमाडौं । नयाँ सरकार गठनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी सर्वोच्च अदालतको राय लिने मुडमा पुगेकी छन् । नयाँ प्रधानमन्त्री चयनको विषयमा संविधानले स्पष्ट नबोलेको भन्दै प्रमुख दलहरु नै विवादमा उत्रिएपछि संवैधानिक निकास खोज्न समय तोकेरै सर्वोच्च अदालतको राय लिने मुडमा राष्ट्रपति भण्डारी पुगेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलिबिरुद्ध व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव […]

अविश्वासको प्रस्तावले तीनै दलमा असन्तुष्टि

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिविरुद्ध संसदमा दर्ता अविश्वासको प्रस्तावले प्रमुख तीनवटै दल कांग्रेस, एमाले र माओवादी केन्द्रमा असन्तुष्टि जन्माएको छ । अविश्वासको प्रस्तावको पक्षधर कांग्रेस माओवादी केन्द्रमा मात्र नभइ सत्तारुढ एमालेमा पनि केही प्रभावशाली नेताले अविश्वासको प्रस्ताव प्रक्रियाबोरे पार्टी नेतृत्वसँग असन्तुष्टि जनाएका आजको राजधानी दैनिकमा समाचार छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र […]

नेम्वाङलाई राम कार्कीको प्रश्नः संसदलाई तर्साउने अधिकार कसले दियो ?

८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले पूर्वसभामुख सुवास नेम्वाङमाथि व्यवस्थापिका संसदलाई धम्क्याएको आरोप लगाएका छन् । सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि भइरहेको छलफलमा भाग लिँदै माओवादी नेता कार्कीले पूर्वसभामुख नेम्वाङको चर्को ओलाचना गरे । शुक्रबारको बैठकमा नेम्वाङले प्रधानमन्त्री केपी ओलीको बचाउ गर्दै बोलेका थिए । भूकम्प पनि ओलीले रोकेको हो […]

गच्छदारले पनि ओलीको साथ छाडे, सरकारविरुद्ध मत दिने निर्णय

८ साउन, काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दल र पार्टी कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । ‘सरकारको ठूलो घटक माओवादीले समर्थन फिर्ता लिएको र संसदबाट बजेट आश्रति विधेयक अस्वीकृत भएकाले समर्थन अल्पमतमा […]

मिनेन्द्र रिजालको प्रश्न- ‘उहाँ संविधानसभा अध्यक्ष हो कि एमाले ?’

८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले छिमेकीलाई सत्तोसराप गरेर राष्ट्रियता बलियो नहुने बताएका छन् । उनले संविधानसभाका अध्यक्षले एमालेको उपनेता बनेर एउटा पक्षको पैरवी गरेको टिप्पणी गरे । सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै कांग्रेस नेता वीपी कोइरालालाई बाँचुञ्जेल अराष्ट्रिय तत्व, भारतीय दलाल भन्ने गरेको सम्भिmए । विगतमा वीपीलाई […]

सुवास नेम्वाङलाई रमेश लेखकको प्रश्न- नियमावली बनाउँदा इलाम जानुभएको थियो कि ?

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले नयाँ सरकार गठन गर्ने प्रावधान संविधान र नियमावलीमा छैन भन्ने एमाले नेता सुवास नेम्वाङको भनाइको खण्डन गरेका छन् । व्यवस्थापिका संसदको शनिबारको बैठकमा बोल्दै कांग्रेस नेता लेखकले सुवास नेम्वाङको नाम नलिई ‘संविधानसभाका पूर्वअध्यक्ष’ भन्दै प्रश्न गरे- ‘व्यवस्थापिका संसदको नियमावली बन्दा कहाँ हुनुहुन्थ्यो ? इलाममा हुनुहन्थ्यो कि […]

राप्रपाले मन्त्री फिर्ता बोलायो, अविश्वासको प्रस्तावको पक्षमा मत दिने

८ साउन, काठमाडौं । राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला राप्रपाले समर्थन फिर्ता लिएको हो । राप्रपा संसदीय समितिका अध्यक्ष एवं वरिष्ठ नेता पशुपति शम्शेर जबराको अध्यक्षमा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकमा सरकारमा […]

अमरेशले प्रधानमन्त्रीलाई ‘मानसिक रोगी’ भनेपछि संसदमा हंगामा

८ साउन, काठमाडौं । नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक सन्तुलन ठीक नभएको आरोप लगाएपछि संसद बैठकमा केहीबेर हंगामा भयो । एमाले सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गर्दै उनको भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएपछि एमाले सांसदहरु आ-आफ्नो ठाउँबाट उठेर आपत्ति जनाएका थिए । कानुनविद समेत रहेका सांसद पोखरेलले संसदको कार्य […]

ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको थिएँः वामदेव

८ साउन, काठमाडौं । नेपका एमालेका उपाध्यक्ष वामदेव गौतमले संसदको रोष्टममै उभिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको पुष्टि गरेका छन् । भद्र सहमति आफूले नै गरेको बताउँदै गौतमले प्रचण्ड अधैर्य हुँदा गठबन्धन टुटेको गुनासो गरे । शनिबार संसदमा अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै गौतमले भने- म आज दुःखी छु, केपी ओलीलाई हटाएर प्रधानमन्त्री बन्ने […]

योगेश भट्टराई भन्छन्-प्रचण्ड-देउवा गठबन्धन जगबिनाको गजुर

८ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रचण्ड र शेरबहादुर देउवाको गठबन्धनलाई जगबिनाको गजुरको संज्ञा दिएका छन् । उनले प्रचण्डलाई उपहारमा प्राप्त भएको प्रधानमन्त्री पद केही दिनको रामछायाँमात्र हुने बताए । एमाले सञ्चार इलाका कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै प्रचार विभाग प्रमुखसमेत रहेका युवा नेता भट्टराईले भने-उपहारमा पाएको प्रधानमन्त्री पदमा मख्ख नपरे हुन्छ, […]

अविश्वासको प्रस्तावमा आज पनि छलफल

८ साउन, काठमाडौं । यवस्थापिका संसदमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेश गरेको प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्तावमा आज पनि छलफल हुँदैछ ।  बैठक  विहान ११ बजे बोलाइएको छ ।  भोली अविश्वासको प्रस्तावमा छलफल सकिएसँगै  प्रधानन्त्री ओलीले जवाफ दिने छन् र प्रस्तावमापथि मतदान हुनेछ । शुक्रबारको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्दै माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले […]

सुवास नेम्वाङको प्रश्नः नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याएको हो ?

७ साउन, काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याएको हो ? भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेम्वाङले अविश्वासको प्रस्तावलाई दुर्भाग्यपूर्ण भनेका छन् । यो ठीक निर्णय भएन । सकिन्छ भने यसलाई सच्याऔं । होइन भने यसको परिणाम […]

संसदको मुठभेड टर्‍यो, अब प्रधानमन्त्री र राष्ट्रपतिले के गर्लान् ?

७ साउन, काठमाडौं । एक साताको अवरोधपछि शुक्रबार अपरान्ह व्यवस्थापिका संसदको अवरोध हट्यो र बैठक बडो रोमाञ्चक, हँसीमजाकपूर्ण एवं भावनात्मक उद्धेलनका साथ सुचारु भयो । बैठकमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ र अब यसमा तीन दिनसम्म छलफल हुनेछ । सरकारले पेश गरेका बजेट आश्रति आर्थिक विधेयकहरुको विपक्षमा मतदान गर्ने माओवादीको निर्णयका कारण संसदीय ‘खेल’ […]

संसद बैठकका केही दृश्यः को रड्किए ? को भडि्कए ?

७ साउन, काठमाडौं । एघार दिनको गतिरोधपछि शुक्रबार बसेको संसद बैठक धेरै अर्थमा रोचक रहृयो । बजेट आश्रति विधेयक पहिले कि अविश्वास प्रस्ताव पहिले भन्ने विवादका कारण मूठभेडसम्मको परिस्थिति टर्नु आफैंमा महत्वपूर्ण विकासक्रम थियो । राजनीतिमा सबै जायज रामचन्द्र पौडेलको चारबुँदे सहमति उनकै पार्टीबाट अस्वीकृत भएपछि संसद अवरोधको आशंका भइरहेका बेला सभामुख ओनसरी घर्तीको पहल […]

अविश्वास प्रस्तावको पक्षमा ३४१ सदस्य छन्ः विमलेन्द्र निधि

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सहजै पारित हुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै कांग्रेस नेता निधिले अविश्वासको प्रस्तावको पक्षमा ३४१ सांसद रहेको दाबी गरे । साथै उनले यो पारित भएपछि नयाँ सरकार गठन प्रक्रिया सहज रुपमा […]

प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश, तीन दिन छलफल हुने

७ साउन, काठमाडौं । व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले भोलिबाट तीन दिन समय तोकेकी छन् । त्यसपछि बजेटसँग सम्वन्धित आश्रति विधेयक पहिला कि अविश्वासको प्रस्ताव भन्ने विवाद अन्त्य भएको थियो । दलहरुको सहमति अनुसार सुरुमा बजेटसम्वन्धी तीन विधेयक संसदमा प्रस्तुत भयो । तर, […]