Comments Add Comment

इनफ इज इनफ

List Grid
इनफ इज इनफ अभियानले भन्यो : उच्च जोखिम समूहमा एन्टिजिन परीक्षण नगर

२८ भदौ, काठमाडौं । इनफ इज इनफ अभियानले कोभिड-१९ को परीक्षणका लागि एन्टिजिन टेस्ट किट (र्‍यापिड एन्टिजिन टेस्ट किट) को प्रयोग गर्न लागेकामा विरोध जनाएको छ । एन्टिजिन टेस्ट किट कम जोखिम भएका मानिस र आम सर्वसाधारणमा प्रयोग गर्न मिल्ने भए पनि कोरोना भाइरसको उच्च जोखिममा रहेका व्यक्तिका लागि प्रयोगशालामा त्यसको प्रयोग गर्नु उचित नहुने […]

२३ औं दिनमा ईः ले तोडे अनसन, स्वास्थ्य मन्त्रालयसँग १२ बुँदे सहमति

२५ साउन, काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् । आइतबार अभियन्ता ईः ले आइतबार २३ औं दिनमा अनसन तोडेका हुन् । उनलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनसन तोडाए । ईः र स्वास्थ्य मन्त्रालयबीच […]

अनसनरत युवाहरुलाई भेट्न बसन्तपुर पुगे देउवा र सिटौला

१७ साउन, काठमाडौं । आमरण अनसनमा रहेका ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बसन्तपुर पुगेका छन् । असार २३ गते सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईः र समायरा श्रेष्ठ १५ दिनदेखि बसन्तपुरमा अनसनरत छन् । उनीहरुलाई भेट्न शनिबार देउवा र कांग्रेस नेता कृष्णप्रसाद सिटौला पुगेका हुन् । अनसनरत युवाहरुलाई […]

अनलाइनखबरकर्मीमाथि ‘इनफ इज इनफ’ का कार्यकर्ताको दुर्व्यवहार, महासंघद्वारा भर्त्सना

१५ साउन, काठमाडौं । समाचार संकलनको क्रममा रहेका अनलाइनखबरकर्मीमाथि ‘इनफ इज इनफ’का कार्यकर्ताले दुर्व्यवहार गरेको विषयमा नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । अनलाइनखबरका पत्रकार विश्वास खड्काथोकीलाई मंगलबार दुर्व्यवहार गरेका थिए । विभिन्न माग राखेर बसन्तपुरमा अनशन बसिरहेका अभियन्ताहरुको विषयमा समाचार संकलनका लागि पुगेका खड्काथोकीमाथि दुर्व्यवहार भएको थियो । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी […]

‘जुन समाजले मलाई स्वीकार्दैन, त्यही समाजका लागि लड्दैछु’

१४ साउन, काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा मंगलबार दिउँसो निकै चहलपहल थियो । दरबार स्क्वायर अगाडिको ठूलो कम्पाउण्डको एउटा कुनामा टाँगिएको टेन्ट टाढैदेखि देखिन्थ्यो । त्रिपाल बाहिर प्लास्टिकका कुर्सीहरु थिए । र, कुर्सी छातीमा प्लेकार्ड बोकेका मानिसहरुले भरिभराउ  थियो । त्रिपालमुनि म्याट ओछ्याएर दुई जना सुतिरहेका थिए । एक ‘ईः’ र अर्का समायरा श्रेष्ठ । […]

भोलिदेखि सडक प्रदर्शन गर्ने इनफ इज इनफको घोषणा

१२ साउन, काठमाडौं । इनफ इज इनफ अभियानले भोलिदेखि सडक प्रदर्शन गर्ने भएको छ । १२ दिन लामो अनसन तोड्ने क्रममा भएको सहमतिअनुसार कोरोना परीक्षणसम्बन्धी निर्देशिका संशोधन नभएपछि ईः सहितका युवाहरु फेरि अनसनमा बसेका छन् । बसन्तपुरमा अनसन थालेको १० दिन भइसक्दा पनि सरकार मौन बसेकाले भोलिबाट सडक आन्दोलन गर्न लागिएको अभियानले जनाएको छ । […]

इनफ इज इनफ : सम्झौता कार्यान्वयन गर्न माग गर्दै मन्त्री निवास अगाडि प्रदर्शन

१ साउन, काठमाडौं । क्वारेन्टिनको अवस्था सुधार्नुपर्नेलगायतका माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाहरुले मन्त्री निवास पुल्चोक अगाडि प्रदर्शन गरेका छन् । बिहीबार बिहानै ‘मन्त्री ज्यू गुड मोर्निङ’ लेखिएका प्लेकार्ड बोकेर युवाहरु मन्त्री निवासको मुख्य प्रवेशद्वार अगाडि पुगेका थिए । उनीहरुलाई प्रहरीले अलि वरै रोकेको थियो […]

स्वास्थ्यमा समस्या आएपछि अनशनरत दुई युवकलाई अस्पताल लगियो

१८ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका काम प्रभावकारी बनाउन र खर्च पारदर्शी बनाउन दबाव दिँदै अनशन बसेका सामाजिक अभियन्ता ई: र पुकार बामलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पताल लगिएको हो । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण गर्ने विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै […]

कोभिड–१९ इज मोर द्‍यान इनफ : प्रधानमन्त्री

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘इनफ इज इनफ’ भन्दै भएको सडक आन्दोलनबारे राष्ट्रियसभामा बोलेका छन् । सडकमा ‘इनफ इन इनफ’ भनेर सडकमा आएको समेत देखेको भन्दै उनले भने, ‘कोभिड–१९ मोर द्‍यान इनफ । आउनै नहुने थियो, आयो । रोक्न खोज्यौं, तै पनि आयो ।’ उनले अघि भने, ‘हदभन्दा पनि बढी आयो । […]

‘…अनि सुरु भयो इनफ इज इनफ आन्दोलन’

१ असार, काठमाडौं । कोरोना महामारी नियण्त्रण गर्न सरकारले प्रभावकारी भूमिका नखेलेको निष्कर्ष निकालेर ‘इनफ इज इनफ’ भन्दै सडकमा देखिएका ‘ई:’ चार दिनमा दुई पटक पक्राउ परे । प्रहरीले अहिले उनलाई छाडिसकेको छ । उनले कक्षा १० पास नगर्दै ‘यो व्यवस्था परिवर्तन गर्छु’ भन्ने महत्वाकांक्षा बोकेर स्कुल छाडेका थिए । ‘आलो उमेरमा नै संसार नै […]

कांग्रेसले संसदमा भन्यो : प्रधानमन्त्रीज्यू ! इनफ इज इनफ

३२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडकमा लागेको नारा ‘इनफ इज इनफ’लाई संसदमा उठाएको छ । संसदको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राजेन्द्र केसीले जनता सडकमा आइसकेको बताए । कोरोनाविरुद्धको लडाईमा कांग्रेसले सरकारलाई सुरुदेखि साथ दिँदै आएको तर प्रधानमन्त्रीले विपक्षीले असहयोग गरेको भनेको भन्दै उनले थपे, ‘लोकलाज […]