Comments Add Comment

उखु किसान आन्दोलन

List Grid
राकेश अग्रवालले उखु किसानलाई साढे ४ करोड तिर्न बाँकी

१५ माघ, काठमाडौं । बुधबार साँझ त्रिपुरेश्वरस्थित घरबाट पक्राउ परेका चिनी उद्योग राकेश अग्रवाललाई कारबाहीका लागि सर्लाही पठाइएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि पठाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार सर्लाही प्रहरीको पत्रचारकै आधारमा अग्रवाललाई पक्राउ गरिएको थियो । सर्लाहीका एसपी […]

उखु किसान आन्दोलनको समर्थनमा सप्तरीमा धर्ना, धनुषामा प्रदर्शन

२ पुस, जनकपुरधाम । उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै किसानका नेताहरुले जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना दिएका छन् । काठमाडौं गएर भुक्तानी माग गरिरहेका उखु किसानको अबिलम्ब भुक्तानी दिनुपर्ने माग राखेर जनता समाजवादी पार्टी ९जसपा० निकटको किसान संगठनका नेताहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । उनीहरुले बिहीबार मध्यान्ह १२ देखि दिउँसो […]

श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी 

२ पुस, रौतहट । रौतहटको मह्मदपुर गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार ठगी मुद्दा दायर गराएका थिए । ४६ जना उँखु किसानहरुले सँयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी […]

उखु किसान आन्दोलनको समर्थनमा वीरगञ्जमा प्रदर्शन

३० मंसिर, वीरगञ्ज । काठमाडौंमा जारी उखु किसान आन्दोलनको समर्थनमा वीरगञ्जमा मंगलबार प्रदर्शन गरिएको छ । वीरगञ्जको घण्टाघरमा उखु किसानको समर्थनमा प्रदर्शन गरिएको हो । सरकार किसानलाई बाँच्न देऊ, २०६७ पुस १८ गते भएको पाँच बुँदे सम्झौता लागू गर, किसान मार्न पाइँदैन भन्ने नारा लेखिएको प्ले कार्ड सहित प्रदर्शन गरिएको थियो । किसानले रगत पसिना […]

वार्ताका लागि उखु किसानले राखे दुई बुँदे सर्त

३० मंसिर, काठमाडौं । माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुले सरकारसँग वार्ताका लागि दुई बुँदे सर्त राखेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि पत्र पठाएपछि उखु किसान संघर्ष समिति, सर्लाहीले सर्त राखेको हो । मन्त्रालयले पैसा सबै भुक्तानी गर्ने मिति निश्चित गर्नुपर्ने र प्रधानमन्त्री राहत कोष वा अन्य कुनै स्रोतबाट सरकारले किसानको बक्यौता […]

किसान मार्न पाइँदैन, यो व्यवस्था चाहिँदैन !

२९ मंसिर, काठमाडौं । सोमबार बिहान ११ बजेतिर माइतीघर मण्डलाको दक्षिणतर्फको सडकमा लहरै बसेका थिए उखु किसान । आफ्नो उब्जनीको मूल्य माग गर्दै धर्ना बसेका किसानहरुबीच चिरपरिचित अनुहार देखिए, लोक गायक बद्री पंगेनी । किसानको धर्ना सुरु हुनुभन्दा एक घण्टाअघि नै गायक पंगेनी ऐक्यबद्धताका लागि माइतीघर पुगेका थिए । धर्नाको समय सुरु भएपछि ‘सरकार ! […]

चिनी उद्योगीलाई उद्योग मन्त्रालयको २४ घण्टे अल्टिमेटम

२९ मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानलाई उखुको मुल्य भुक्तानी गरेको विवरण पेश गर्न चिनी उद्योगीलाई भोलिसम्मको समय दिएका छन् । उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन थालेको दोस्रो दिन सोमबार मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन । आन्दोलनरत किसानसँग गर्ने भनिएको वार्ता हुन नसकेपछि उद्योगीसँग […]

सरकारलाई उखु किसानको जवाफ : हाम्रो पैसा बोकेर मन्त्री माइतीघर आउनुस्

२९ मंसिर, काठमाडौं । आन्दोलनरत उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । वार्ताका लागि मन्त्रालयमा आउन टेलिफोन आएको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरि श्याम रायले बताए । वार्तामार्फत नै समस्या समाधान गर्न सकिने भन्दै सोमबार मन्त्रालयबाट उनलाई फोन आएको थियो । ‘हामीले उधारोमा वार्ता नगर्ने […]