Comments Add Comment

एनआरएन

List Grid
कोरोनाविरुद्ध लड्न एनआरएनले नेपाल सरकारलाई एक करोड सहयोग गर्ने

बार्सिलोना। गैर आवासीय नेपाली संघ (एनआरएन) ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय संघको आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद (आईसीसी) को बैठकले गरेको हो । संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र […]

‘एनआरएनएको फाइल विभिन्न मन्त्रालयमा घुमिरहेको छ’

१३ माघ, काठमाडौं । आइतबार मात्र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नागरिकता ऐनमा गैरआवासीय नेपालीका सरोकार सम्बोधन गरिदिन आग्रह गरे । संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकले सम्भवतः गैरआवासीय नेपालीका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको ब्याख्या गरेर नागरिकताको अधिकार दिँदैछ । अध्यक्ष निर्वाचित भएपछि धेरैजसो समय नेपालमै खर्चिरहेका पन्त पछिल्लो समय […]

एनआरएनएको चुनावी भिडन्त : १२ पदमा ४२ जना चुनिने

२७ असोज, काठमाडौं । गैरआबासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने भएको छ । संघको विश्वसम्मेलनको उदघाटन मंगलबार काठमाडौंमा हुँदैछ । संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ […]

एनआरएनएमा रस्साकसी : कसको कुन पदमा दाबी ?

२२ भदौ, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यबीच चुनावी भिडन्त हुने लगभग निश्चित भएको छ । चुनावी प्रचार-प्रसार र भेटवार्तामा दुबै उपाध्यक्षले तीव्रता दिएसँग अब सहमतिको सम्भावना न्यून बनेको छ । दुई-दुई पटक उपाध्यक्षमा रहेर काम गरेका पन्त चुनावी मैदानबाट नहट्ने निश्चित नै थियो । अर्का […]

एनआरएन भन्छ– सरकारले क्षतिपूर्ति दिनुपर्छ

२९ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बालुवाटारमा जग्गा किन्ने र भवन बनाउने काम गलत ठहर गरिएमा सरकारले क्षतिपूर्ति दिनुपर्ने बताएको छ । आवश्यक सबै प्रक्रिया पूरा गरेर जग्गा किनिएको र भवन बनाइएको एनआरएनएको स्पष्टोक्ति छ । सरकारले अधिग्रहण गरेको ललिता निवासको जग्गा भूमाफियाले व्यक्तिको नाममा पारेको विवाद आएपछि एनआरएनले यस्तो धारणा सार्वजनिक गरेको […]

लगानीको वातावरण बन्यो, यसै वर्ष १० अर्ब रुपैयाँ ल्याउँछौं

२१ चैत, काठमाडौं । गत विहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा उभिएर गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त लगायतले एउटा तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । जुन तस्वीरमा एनआरएनका लागि अध्यागमनबाट बाहिर निस्कने क्रममा पासपोर्ट पेश गर्न अलग्गै डेक्स स्थापना गरिएको थियो । लगानी सम्मेलनमा भाग लिन आएका एनआरएन नेताहरुले आफ्नो आग्रह अनुसार […]

‘लगानीका लागि विश्वासिलो वातावरण अझै बनेको छैन’

१५ फागुन, काठमाडौं । अमेरिकामा कार्यरत अधिवक्ता वासुदेव फुलाराले लाखौको संख्यामा नेपालीहरु गैरकानुनी रुपमा विदेश गइरहेको बताउँदै गैरकानुनी रुपमा विदेश जाँदा अलपत्र पर्ने समस्या बढेको बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको एटर्नी एट ल बासुदेव फुलाराको सम्मान विषेश कार्यक्रममा बोल्दै उनले अझै पनि सरकारले एनआरएनलाई लागानी गर्नको लागि विश्वासको बातावरण बनाउन नसकेको बताए । […]

संसदीय समितिमा एनआरएनले मागे नेपालीसरहकै नागरिकता

१२ पुस, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले आफूहरुलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न सरकार र संघीय संसदलाई आग्रह गरेको छ । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न संघीय संसद र सरकार दुवैलाई आग्रह गरेका हुन् । बिहीबार संघीय संसदको […]

संसदीय समितिमा एनआरएनको माग : नेपालीसरहकै नागरिकता चाहियो

१२ पुस, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले आफूहरुलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न सरकार र संघीय संसदलाई आग्रह गरेको छ । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न संघीय संसद र सरकार दुवैलाई आग्रह गरेका हुन् । बिहीबार संघीय संसदको […]

एनआरएन अध्यक्ष भवन भट्टलाई पितृशोक

काठमाडौं । एनआरएन अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । उनका बुवा यदुप्रसाद भट्टको ७५ वर्षको उमेरमा आइतबार दिउँसो जापानमा निधन भएको हो । गोरखाको साबिक तान्द्राङ्ग गाविसको भकुन्डे घर भएका भट्ट पञ्चायतकालमा वाणिज्य सहायक मन्त्री पनि भएका थिए । श्वासप्रश्वासको समस्याबाट पीडित उनको जापानको रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा निधन भएको हो । उनको […]

सरकारी र एनआरएनए थिंक-ट्यांकबीच औपचारिकरुपमा साझेदारी सुरु

बैंकक । सार्वजनिक नीति निर्माणलाई मुर्तरुप दिन गैरआवासीय नेपाली संघ (एनआरएनए)को थिंक-ट्यांक र नेपाल सरकारको थिंक-ट्यांक (नीति अनुसन्धान प्रतिष्ठानबीच) औपचारिकरुपमा साझेदारी सुरु भएको छ । संघले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै आफूले हालै गठन गरेको थिंक-ट्यांक नेपाल पोलिसी इन्सटिच्युट (एनपीआई) र सरकारी थिंक-ट्यांकबीच साझेदारीका लागि आग्रह गरेको छ । एनपीआईको नेतृत्व गरिरहेका खगेन्द्र ढकालले बैंककस्थित नेपाली […]

काम गर्ने डायस्पोरिक साहित्यकार, मकै खाने एनआरएन

१ मंसिर, काठमाडौं । धरानमा ०३६ सालको विद्यार्थी आन्दोलनपछि ०४६ सम्म करिब एक दशक धेरै युवाहरु साहित्यमार्फत प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भए । उनीहरुले खोलेको ‘बाँझघरा अध्ययन समूह’ले पर्चा कविता आन्दोलन, सुनसरी साहित्य प्रतिष्ठान, साहित्य अनुसन्धान परिषद् जस्ता अनेक खालका साहित्यिक संस्था खोलेको थियो । यिनै गतिविधिमा सक्रिय रहने मध्येका थिए- रमेश केसी, मनोज मेयाङ्बो र […]

एनआरएनको मध्यपूर्वी भेलामा सहभागी हुन खानेपानीमन्त्री मगर युएईमा

युएई । खानेपानीमन्त्री बिना मगर युएई आएकी छिन् । भदौ ८ र ९ गते युएईको दुवई राज्यमा हुने गैरआवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वीयको छैठौँ क्षेत्रीय भेलामा सहभागी हुन मन्त्री मगर बुधबार राती युएई आइपुगेकी हुन् । मन्त्री मगरलाई युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँल, एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठ लगायतले स्वागत गरेका थिए । भेलालाई […]

एनआरएनलाई राजनीतिक अधिकार दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

१३ साउन, बार्सिलोना । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकारसहितको नागरिकता  दिनुपर्ने बताएका छन् । एनआरएनको ११ औं युरोपेली बैठकलाई आइतबार लम्जम्बर्गमा सम्बोधन गर्दै भट्टराईले ‘संविधानमा एनआरएनलाई आर्थिक,समाजिक,साँस्कृतिक अधिकार सहितको नागरिकता दिनुपर्ने उल्लेख गरेका छौ। राजनीतिक अधिकार दिने वा नदिने भन्ने प्रश्न छ तर मेरो व्यक्तिगत बिचार भन्नु हुन्छ भने राजनीतिक अधिकार […]

एनआरएनको राहत वितरण सम्पन्न, चार हजार परिवार लाभान्वित

९ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले चार दिनको अवधिमा सप्तरीका चार हजार बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । गत मंगलबारबाट सुरु भएको राहत वितरण कार्य शुक्रबार सम्पन्न भएको छ । राहत वितरणको अन्तिम दिन शुक्रबार कोहिलारी, बसाईन र कोमध्यपुराका एक हजार पाँच सय परिवारलाई राहत बाँडिएको छ । यसअघि एनआरएन टोलीले तिलाठी, […]

सरकारी राहत बहिस्कार गर्दै आएका तिलाठीबासीले लिए एनआरएनको राहत

८ भदौ, सप्तरी । सरकारी राहत बहिस्कार गर्दै आएका सप्तरीको तिलाठीबासीले गैरआवासीय नेपाली संघ (एनआरएन)को राहत बुझेका छन् । एनआरएन अध्यक्ष शेष घले नेतृत्वको टोलीले तिलाठीका करिब ९ सय घर परिवारलाई राहत वितरण गरेको हो । बिहीबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा राप्रावि तिलाठीबाट बाढीपीडितलाई राहत वितरण गरिएको छ । तिलाठीबासीले हरेक वर्ष बाढी […]

सप्तरीका बाढीपीडितलार्इ राहत बाँड्ने एनआरएनको तयारी

१ भदौ, काठमाण्डौं । गैरआवासीय नेपाली संघले सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालीन राहत बितरण गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्मावीच बिहीबार बिहान काठमाण्डौंमा भएको छलफलमा गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी जिल्लामा केन्द्रित हुन आग्रह गरेको एनआरएन प्रवक्ता रञ्जु थापा वाग्लेद्वारा जारी वक्तव्यमा जनाइएको छ । गृहमन्त्री शर्माले बाढीपीडितलाई […]

बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, शेष घले दम्पत्तिले दिए १ करोड

२९ साउन, काठमाडौं । दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन् । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन […]

बहसः स्थानीय चुनावपछि एनआरएनको मुद्दा के ?

एनआरएनहरु आउँछन् र गफ गरेर जान्छन् भन्ने दिनहरु गए । प्रत्येक दुई वर्षमा हुने हाम्रो सम्मेलनमा केही न केही महत्वपूर्ण योजनाहरु घोषणा गर्दै आइरहेका हुन्छौं । अब घोषणा भन्दा पनि कार्यान्वयनतर्फ ध्यान केन्द्रित गर्ने बेला भएको छ । यथार्थतामा विगतमा हामीसँग स्थायी खालको सरकार थिएन । संविधानसभाबाट मुलुकले संविधान पाएको थिएन । १० वर्षे जनयुद्धका […]

लाप्राकमा नमूना बस्ती बनाउन एनआरएनएले पायो स्वीकृति

६ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बाटो खोलिदिएको छ । यसअघि सरकारले दिएको अनुमतिमा एनआरएनले ‘कार्यबिधिअनुसार’ बस्ती निर्माण गर्नुपर्ने सर्त राखेको थियो । जसको अर्थ लाभग्राहीकै हातमा सरकारले तोकेको तीन लाख रुपैयाँ हस्तान्तरण गर्नुपर्ने थियो । तर, लाप्राकका स्थानीय बासिन्दाले गैरआवासीय नेपाली संघले […]

एनआरएनले बनाइदिने नमूना बस्ती प्रधानमन्त्रीले शिलान्यास गर्ने

१९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले भूकम्प पीडितहरुलाई बनाइदिन लागेको नमूना बस्तीको शिलान्यास प्रधानमन्त्री प्रचण्डले शुक्रबार गोर्खाको लाप्राकमा गर्ने भएका छन् । एनआरएन अध्यक्ष शेष घलेले बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर नमूना बस्ती शिलान्यास गरिदिन आग्रह गरेका थिए । अध्यक्ष घलेको सो आग्रहलाई प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेको एनआरएनका कार्यकारी निर्देशक राजेश शमसेर राणाले जानकारी […]