Comments Add Comment

ओलम्पिक

List Grid
ब्राजिल र स्पेन ओलम्पिक फुटबलको फाइनलमा

१९ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनल भेट पक्का गरे । ब्राजिल साविक विजेतासमेत हो । लगातार तेस्रो पटक फाइनल पुग्ने क्रममा ब्राजिलले सन् २०१२ को स्वर्ण विजेता मेक्सिकोलाई पेनाल्टी […]

ओलम्पिक खेल्न गएकी बेलारुसकी खेलाडीद्वारा घर फर्किन अस्वीकार

१८ साउन, काठमाडौं । बेलारुसबाट जापानमा ओलम्पिक खेल्न आएकी एक खेलाडीले देश फर्किन अस्वीकार गरेकी छन् । २०० मिटर दौडको महिला इभेन्टमा प्रतिस्पर्धा गर्न जापान पुगेकी उनले खेलाडी क्रिस्टिना सिमनौस्कायाले राष्ट्रिय टोलीबारे सार्वजनिकरुपमा असन्तुष्टि व्यक्त गरेपछि घर फिर्ता पठाउन विमानस्थलमा लगिएको थियो । तर उनले घर फर्किन अस्वीकार गर्दै यस विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)लाई […]

अमेरिकन सुपरस्टार जिम्न्यास्ट बाइल्सले थप दुई इभेन्टको फाइनल नखेल्ने

१६ साउन, काठमाडौं । अमेरिकन सुपरस्टार जिम्न्यास्ट सिमोन बाइल्सले जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा थप दुई इभेन्टको फाइनल नखेल्ने भएकी छन् । युएसए जिम्न्यास्टिकका अनुसार बाइल्सले आइतबार हुने भल्ट र अनइभन बारको इभेन्ट फाइनल नखेल्ने भएकी हुन् । यसअघि उनले मानसिक स्वास्थ्यको कारण दुई इभेन्टसको फाइनल खेलिनन् । उनले बिहीबार भएको अलराउण्ड फाइनल पनि […]

टोकियो ओलम्पिकमा सरस्वतीले शुक्रबार बिहान प्रतिस्पर्धा गर्दै

१४ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपालबाट ५ खेलाडीले भाग लिएकोमा शुक्रबार नेपालको अन्तिम प्रतिस्पर्धा हुँदैछ । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले शुक्रबार बिहान प्रतिस्पर्धा गर्दैछन् । उनले महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा प्रतिस्पर्धा गर्नेछिन् । मुख्य हिटमा पुग्नका लागि नै प्रारम्भिक चरण पार गर्नुपर्नेछ । प्रारम्भिक चरणमा तीन वटा […]

ओलम्पिककै बीचमा टोकियोमा कोरोना संक्रमणको चिन्ता

१४ साउन, काठमाडौं । जापानको राजधानी सहर टोकियोमा अहिले ओलम्पिक प्रतियोगिता चलिरहेको छ । प्रतियोगिता चलिरहेकै समयमा टोकियो सहरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम पनि बढेको छ । बिहीबार टोकियोमा ३ हजार ८६५ नयाँ संक्रमित देखिएको टोकियोको स्थानीय सरकारले बताएको छ । यसअघि बुधबार टोकियोमा ३ हजार १७७ नयाँ संक्रमित थपिएका थिए । टोकियोमा लगातार […]

रुसले ओलम्पिक पदक जितिरहेको छ तर देशको नाममा गणना छैन

१४ साउन, काठमाडौं । टोकियो ओलम्पिकमा रुसका ३३५ खेलाडीहरुले भाग लिइरहेका छन् । तर पदक जितेपनि विश्वका अन्य देशहरु जस्तै उनीहरुलाई आफ्नो देशको नाम, झण्डा र राष्ट्रियगान प्रयोग गर्न अनुमति भने छैन । यी सबै खेलाडीहरु रुसी ओलम्पिक कमिटी (आरओसी)को झण्डामुनि रहेर यस ओलम्पिकमा भाग लिएका छन् । टोकियो ओलम्पिकमा उनीहरुको पदक आरओसीको नाम पछि […]

गौरिकाले भनिन् : कीर्तिमान सुधार गर्न सकेकामा खुशी छु

१३ साउन, काठमाडौं । टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गरेकी नेपाली पौडी खेलाडी गौरिका सिंहले आफू खुशी रहेको बताएकी छन् । टोकियो अब्वाईटिक्स सेन्टरमा पहिलो चरणमा प्रतिस्पर्धा गरेकी गौरिकाले १ मिनेट ११ मिलिसेकेण्ड समयसहित लङ कोर्समा कीर्तिमान सुधार गरेकी हुन् । ‘राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा एकदम खुशी लागेको छ,’ हिट्स १ को लेन ४ मा […]

अर्का ओलम्पियनले गरे इजरायली खेलाडीसँग खेल्न अस्वीकार

१२ साउन, काठमाडौं । जापानको राजधानी सहर टोकियोमा जारी ओलम्पिकमा सुडानका जुडो खेलाडी मोहम्मद अब्दुलरसुलले इजरायली खेलाडीसँग खेल्न अस्वीकार गरेका छन् । इजरायली खेलाडी तोहार बुत्बुलसँग आमने सामने हुने भएसँगै अब्दुलरसुलले आफ्नो नाम फिर्ता लिएका हुन् । ७२ केजीको समूहको अन्तिम १६ को खेलमा अब्दुलरसुलले इजरायली खेलाडीसँग खेल्न अस्वीकार गरेका हुन् । अधिकारिकरुपमा उनले आफ्नो […]

ओलम्पिक खेल्न गएका जुडो र सुटिङका खेलाडी नेपाल फर्कँदै

११ साउन, काठमाडौं । ओलम्पिक खेल्न जापान पुगेका जुडो र सुटिङका दुई खेलाडीसहित ७ जनाको नेपाली टोली स्वदेश फर्कँदैछ । गत शुक्रबार देखि जापानमा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी भएका थिए । जसमध्ये जुडो र सुटिङको प्रतिस्पर्धा सकिएको छ । नेपालबाट जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले प्रतिस्पर्धा […]

ओलम्पिकमा ५७ वर्ष : सहभागितामा सीमित नेपाल

१० साउन, कञ्‍चनपुर । खेलकुदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुँदैन, सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ । सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन । खेलाडीको आफ्नो मेहनतले मात्र पदक पाउन कठिन छ । यसका […]

ओलम्पिकमा कोभिडबाट बच्न जापानले कस्तो जुक्ति निकाल्यो ?

आज सुक्रबारदेखि विश्व खेल महाकुम्भ अर्थात ओलम्पिक सुरु भएको छ । टोकियो ओलम्पिक आयोजकका ८० जना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । कोभिडको तनाव र सन्त्रासबीच जापानले खेलको आयोजना गर्दैछ । विश्वभरबाट आउने खेलाडी, खेल पदाधिकारी र दर्शकको भिडमा कोभिड फैलन नदिन जापानले कस्तो जुक्ति निकालेको छ त ? कोभिडको भय ओलम्पिकमा अन्तर्राष्ट्रिय ओलम्पिक समिति […]

उद्घाटनको पूर्वसन्ध्यामा ओलम्पिकमा टिम नपठाउने गिनीको निर्णय

७ साउन, काठमाडौं । ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक शुक्रबार देखि जापानमा शुरु हुँदैछ । केही खेलको प्रतिस्पर्धा शुरु भइसकेको छ भने शुक्रबार टोकियोमा औपचारिक रुपमा टोकियो २०२० ओलम्पिकको उद्घाटन हुँदैछ । तर कोभिड-१९ को त्रासका कारण एउटा देशले भने ओलम्पिकमा आफ्नो टिम नपठाउने निर्णय गरेको छ । गिनीको सरकारले खेलकुदको कुम्भमेला शुरु हुनु दुई दिनअघि मात्रै […]

ओलम्पिक सुरु हुनु एक दिनअघि ‘शो डाइरेक्टर’ बर्खास्त

७ साउन, काठमाडौं । ओलम्पिक सुरु हुनुभन्दा एक दिनअघि ओलम्पिकको उद्घाटन समारोहका शो डाइरेक्टरलाई बर्खास्त गरिएको छ । शो डाइरेक्टर केनटारो कोबायाशीलाई सन् १९९० को एक भिडियो फटेजको कारण बर्खास्त गरिएको हो । उक्त भिडियोमा उनले होलोकास्टको खिल्ली उडाइरहेको देख्न सकिन्छ । होलोकास्ट जर्मन तानाशाह हिटलरको शासनकालमा करीब ६० लाख यहूदीको हत्या गरिएको नरसंहार थियो […]

२०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबनमा हुने

६ साउन, काठमाडौं । सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबनमा हुने भएको छ । जापानमा हुने टोकियो ओलम्पिकको पूर्वसन्ध्यामा बुधबारभएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीको बैठकले ब्रिसबनलाई २०३२ को आयोजकको रुपमा तोकेको हो । ब्रिसबनको मात्र दाबेदारी परेपछि आईओसीले त्यसलाई स्वीकृत गरेको हो । ३२ वर्षपछि ओलम्पिक अष्ट्रेलिया फर्कन लागेको हो । यसअघि सन् २००० मा […]

ओलम्पिकका लागि स्पेनको टिम घोषणा, युरोकप खेल्ने ६ खेलाडी समेटिए

१५ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा हुने टोकियो ओलम्पिकका लागि स्पेनको फुटबल टोली घोषणा भएको छ । अहिले भइरहेको युरो २०२० मा खेलिरहेका ६ खेलाडी स्पेनको ओलम्पिक टिममा पर्दा सर्जियो रामोस भने अटाएनन् । प्रशिक्षक लुइस डे ला फुएन्टेले मंगलबार ओलम्पिकका लागि २२ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा युरो खेलिरहेका गोलकिपर उनाइ सिमोन, […]

ओलम्पिकका लागि छनोट भएकी कल्पना भन्छिन् : खुशीको सीमा छैन

२० जेठ, काठमाडौं । आगामी जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने २०२० को ओलम्पिकमा सुटिङकी कल्पना परियार वाइल्ड कार्डमार्फत छनोट भएकी छन् । त्रिभुवन आर्मी क्लबकी सुटिङ खेलाडी कल्पना टोकियो ओलम्पिकमा खेल्ने पक्का भएको चौथो नेपाली खेलाडी हुन् । यसअघि पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपीचन्द्र पार्की अनिवार्य कोटामा छानिएका हुन् […]

टोकियो ओलम्पिक आयोजक कमिटीका प्रमुखले दिए राजीनामा

३० माघ, काठमाडौं । टोकियो ओलम्पिक आयोजक समितिका प्रमुख योसिरो मोरील‍े राजीनामा दिएका छन् । महिलाको बारेमा अनुपयुक्त टिप्पणी गरेको भन्दै आलोचना भएपछि मोरीले राजीनामा दिएको बीबीसीले जनाएको छ । ८३ वर्षीय मोरीले महिलाहरुले धेरै कुरा गर्ने र महिला सदस्यहरु हुँदा निर्णय गर्न धेरै समय लाग्ने टिप्पणी गरेका थिए । उनको यो टिप्पणीको आलोचना भएपछि मोरीले […]

ओलम्पिक तोकिएको समयमै हुन्छ : जापानी प्रधानमन्त्री सुगा

१८ पुस, काठमाडौं । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले टोकियो ओलम्पिक २०२० र पारा ओलम्पिक तोकिएकै समयमा हुने बताएका छन् । कोरोनाभाइरस महामारीको संक्रमण बढिरहेको बेला पनि उनले योजना अनुसार ओलम्पिक हुने बताए । टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि सुरु हुनेछ भने पारा ओलम्पिक अगष्ट २४ मा सुरु हुनेछ । पछिल्ला दिनमा जापानमा कोरोना केस […]

‘अर्काे वर्षसम्म महामारी नरोकिए ओलम्पिक रद्ध हुन्छ’

१६ वैशाख काठमाडौं । अर्को वर्षसम्म कोरोना भाइरस (कोभिड १९) को महामारी नरोकिए टोकियो ओलम्पिक २०२० रद्ध हुन सक्ने देखिएको छ । हाल कोरोना महामारीका कारण टोकियो ओलम्पिक सन् २०२१ सम्मका लागि स्थगित गरिएको छ । यदि अर्को वर्षसम्म कोरोना महामारी नरोकिए ओलम्पिक रद्द हुन सक्ने ओलम्पिक आयोजक कमिटीका अध्यक्ष योसिरो मोरीले बताएका छन् । […]

टोकियो ओलम्पिकका लागि खेलाडीको तयारी खर्चमा २५.३ मिलियन डलर वृद्धि

१५ वैशाख काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले एक वर्ष पछि सरेको टोकियो ओलम्पिकको लागि खेलाडीको तयारी खर्च र सहभागिमा रकममा वृद्धि गरेको छ । यसै वर्ष जुलाई अगष्टमा हुने तय भएको ओलम्पिक एक वर्षपछि अर्थात २०२१ मा सरेको छ । त्यसैले आईओसीले खेलाडीको खर्चमा आईओसीले २५.३ मिलियन डलर वृद्धि गर्ने निर्णय गरेको हो । […]

आधुनिक ओलम्पिकका ९ तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ

२२ साउन, काठमाडौं । विश्व खेलकुदको महामेला ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलमा सुरु भएको छ । ब्राजिलको रियो दि जेनेरियो शहरमा शनिबार बिहान प्रतियोगिताको भव्य उदघाटन भएको छ । दक्षिण अमेरिकामा देखिएको जीका भाइरस र ब्राजिलको आन्तरिक राजनीतिक विवादकाबीच आयोजनाको बारेमा आशंका उब्जिएपनि ब्राजिलले रियोमा राजनीतिक कलह र जीका भाइरसको सन्त्रासबाट खेलाडीलाई मुक्त गर्ने […]