News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले १३औं किन्डर ओलम्पिकको मस्कट अनावरण गरेका छन् ।
- उहाँले राष्ट्रपति भवन शीतल निवासमा ओलम्पिक टर्च नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
- ओलम्पिक पुस १२ देखि १५ गते दशरथ रंगशालामा विभिन्न १२ खेलमा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ।
४ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १३औं किन्डर ओलम्पिकको मस्कट अनावरण गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मस्कट अनावरणसँगै ओलम्पिक टर्च पनि हस्तान्तरण गरे ।
त्यस्तै उनले नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका हुन् । ओलम्पिक पुसको १२ देखि १५ गतेसम्म दशरथ रंगशालामा हुँदैछ । सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिष्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ ।
प्रतिक्रिया 4