News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिग सिजन–२ को खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेञ्जर्स आज त्रिवि खेलमैदानमा भिड्दैछन्।
- पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन् र सुदूरपश्चिमले ब्याटिङ गर्नेछ।
- पोखरा पहिलो जितको खोजीमा छ भने सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डू गोर्खाजलाई हराएको थियो।
५ मंसिर, काठमाडौं । त्रिवि खेलमैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेञ्जर्स भिड्दैछन् ।
पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन् । अब केहीबेरमा सुदूरपश्चिम रोयल्स ब्याटिङका लागि मैदानमा उत्रने छ।
पोखरा पहिलो जितको खोजीमा छ भने सुदूरपश्चिम जितको निरन्तरता चाहन्छ । पोखरा आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो । सुदूरपश्चिमले भने पहिलो खेलमा काठमाण्डू गोर्खाजलाई हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4