+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares
सिद्धार्थ बैंक ओके एनपीएल बज: :

अपराजित सुदूरपश्चिमलाई लुम्बिनीले सरप्राइज देला ?

पहिलो खेलमा लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा अपरान्ह ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्ने छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते ११:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग दोस्रो संस्करणमा बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्सबीच खेल खेल हुँदैछ।
  • सुदूरपश्चिमले लगातार तीन खेल जितिसकेको छ भने लुम्बिनीले पछिल्ला दुई खेलमा पराजय भोगेको छ ।
  • बिहीबारको दोस्रो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच अपरान्ह ४ बजे हुनेछ
  • दुबै टोली यस सिजन जितविहीन छन् र आजको खेलमा पहिलो जितका लागि भिड्ने छन्।

११ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा बिहीबार दुई खेल हुँदैछन् ।

पहिलो खेलमा लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा पौने १२ बजे सुरु हुनेछ ।

लगातार तीन खेल जितेको सुदूरपश्चिम उत्कृष्ट लयमा देखिएको छ । सुदूरपश्चिमले काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स र कर्णाली याक्सलाई पराजित गरिसकेको छ ।

पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी भने त्यसपछिका दुई खेलमा कर्णाली याक्स र काठमान्डु गोर्खाजसँग पराजित भएको छ ।

बिहीबारको खेलमा सुदूरपश्चिमको लयलाई लुम्बिनी लायन्सले रोक्ला वा सुदूरपश्चिम लगातार चार खेल जित्दै प्लेअफ नजिक पुग्ला सबैको प्रतीक्षाको विषय बनेको छ ।

अनलाइनखबर डट कमको सिद्धार्थ बैंक ओके एनपीएल बजमा नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रित गौतमले सुदूरपश्चिमलाई लुम्बिनीले सरप्राइज गर्न सक्ने बताएका छन् ।

‘आज लुम्बिनीले सरप्राइज गर्न सक्छ । बिहानको कन्डिसनले गर्दा केही फरक पर्न सक्छ,’ कुराकानीको क्रममा उनले भने ।

गौतमले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले गज्जबको प्रदर्शन गरिरहेका बताए । बलिङ र ब्याटिङमा नचले फिल्डिङमा योगदान गर्ने र त्यो पनि नभए टिमको माहोल बनाउने क्षमता दीपेन्द्रसँग रहेको उनले बताए ।

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स

आजको दोस्रो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच अपरान्ह ४ बजे सुरु हुनेछ । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा र अनिल साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स दुवै यस सिजन जितविहीन छन् ।

पहिलो संस्करणको च्याम्पियन टोली जनकपुर यसअघि काठमान्डु गोर्खाज र विराटनगर किंग्ससँग पराजित भएको थियो । पोखरा भने विराटनगर र सुदूरपश्चिमसँग पराजित भएको थियो ।

आजको खेलमा जित्ने टोलीले पहिलो जित हात पार्नेछ र पराजित हुने टोलीको लगातार तेस्रो हार हुनेछ ।

यस खेलमा जनकपुरले सम्पूर्ण आमाहरूमा समर्पित गर्न पिंक जर्सी लगाउनेछ भने पोखराले ग्लासिएर म्याटर्सको नारासहित हरियो जर्सी लगायर खेल्नेछ ।

यस सिजन जनकपुरको लय राम्रो नदेखिएकोले यस खेलमा पोखराले जित्न सक्ने रित गौतमको अनुमान छ । कप्तान कुशल भुर्तेलले राम्रो प्रदर्शन गरिरहेकोले अन्य खेलाडीको साथमा पोखराले नतिजा निकाल्न सक्ने उनको अनुमान छ ।

यस्तै, यस सिजन नेपाली खेलाडीहरूका लागि राम्रो प्रदर्शन गर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?