News Summary
Generated by OK AI. Editorially reviewed.- मिस्टिक मुस्ताङ बाइक टुर नोभेम्बर ४ देखि १६ सम्म हिरो मोटो कर्पको आयोजनामा नेपाल र भारतका ३० भन्दा बढी राइडरहरू सहभागी भएर सम्पन्न भयो।
- अनुस्का शर्माले मिस्टिक मुस्ताङ बाइक टुरमा सहभागी भई प्राकृतिक सुन्दरता र साहसिक यात्राको अनुभव अनलाइनखबरसँग साटिन्।
- अनुस्का शर्मा अहिले भारतको मुम्बईमा एसियाकै ठूलो बाइक बेला आईबीडब्लुमा सहभागी हुन गएकी छिन् जहाँ विश्वका उत्कृष्ट राइडरहरू आउनेछन्।
४ पुस, काठमाडौं । मुस्ताङ भन्ने बित्तिकै धेरैलाई त्यहाँको प्राकृतिक सुन्दरता, साहसिक यात्रा, मनोरम दृश्य दिमागमा आइहाल्छ । अझ मोटरबाइक राइड गर्नेहरूका लागि त्यो स्थान निकै साहसिक र एडभेन्चर गर्ने खालको छ ।
मिस्टिक मुस्ताङ बाइक टुर रोमाञ्च, साहस र प्राकृतिक सौन्दर्यले भरिएको अविस्मरणीय क्रस बोर्डर एड्भेन्चर एक्सपिडिसन हो । जहाँ कच्ची बाटो, हिमाली खोँच र उच्च पहाडी पास पार गर्दै यात्रा गर्नु आफैंमा ठूलो चुनौती र उपलब्धि जस्तै अनुभूति गराउँछ ।
संस्कृति, इतिहास र हिमालसँग नजिकबाट साक्षात्कार गर्ने अवसरले यो टुरलाई अझ विशेष बनाउँछ। साहसिक यात्राका सौखिनहरूका लागि मिस्टिक मुस्ताङ बाइक टुर जीवनभर सम्झन लायक अनुभव हो ।
हिरो मोटो कर्पको आयोजनामा नोभेम्बर ४ देखि १६ सम्म मिस्टिङ मुस्ताङ बाइक टुर आयोजना भयो । जसमा नेपाल र भारतका गरी ३० भन्दा बढी बाइक राइडरहरू सहभागी थिए । त्यसमध्ये नेपालबाट राइडर अनुस्का शर्मा सहभागी थिइन् ।
विगतमा पनि उनले मुस्ताङमा बाइक टुरहरू गरेकी थिइन् । त्यसकै निरन्तरता स्वरुप उनी यस पटक पन समय मिलाएर मिस्टिक मुस्ताङ टुरमा गइन् । उनीसँग नेपालका चिनजानेकै राइडरहरू थिए भने भारतबाट आएका अन्य राइडरहरू पनि थिए ।
‘यस पटक मिस्टिक मुस्ताङ राइड अद्भुत रह्यो । पहिले रनविजय सरहरूसँग पनि गएकी थिएँ । मुस्ताङ बाइक टुरमा जान एकदमै रमाइलो हुन्छ’ अनुस्काले अनलाइनखबरसँग अनुभव साटिन् । ‘प्राकृतिक सुन्दरता हेर्दै मोटरबाइकमा टु गर्नुको मज्जा नै बेग्लै हुन्छ ।’
भारतका राइडर गोरखपुरबाट राइड सुरु गर्दै चितवन आएका थिए । चितवन, चामे, मनाङ हुँदै पोखरा पुगे । पोखरा, तातोपानी, लोमान्थाङ, मुक्तिनाथ, कालोपानी, पोखरा हुँदै यो यात्रा सम्पन्न भएको थियो । त्यसमा १० दिन राइडरहरूले मोटरबाइकर मार्फत राइड गर्दै विभिन्न स्थान पुगेका थिए भने दुई दिन रेस्ट रहेको शर्माले जानकारी दिइन् ।
अनुस्काले यसअघि बास्केटबल पनि खेलेकी थिइन् । बास्केटबलको राष्ट्रिय टिमको क्याम्पसम्म पुगेकी उनले राष्ट्रिय टिममा भने स्थान पाइनन् । बास्केटबलमा त्यति अवसर नदेखेपछि उनी राइडिङतर्फ आकर्षित भइन् र पछिल्लो समय बाइक राइडमार्फत विभिन्न स्थानमा पुगिरहेकी हुन्छिन् ।
उनी अहिले इन्डिया बाइक विक (आईबीडब्लु) मा सहभागी हुन भारतको मुम्बई गएकी छिन् । एसियाकै ठूला बाइक बेला मानिने आईबीडब्लुमा विश्वकै नाम चलेका बाइक राइडर देखि स्टन्ट गर्नेहरू सम्म सहभागी हुनेछन् । ‘आईबीडब्लुमा सहभागी हुन एकदमै उत्साहित छु । जहाँ विश्वकै उत्कृष्ट राइडर समेत आउनेछन्’ उनले भनिन् ।
तस्वीरहरू







प्रतिक्रिया 4