- Home
- कंगना रनावत
कंगना रनावत
बलिउड नायिका कंगना रनावतले नायिका तापसी पन्नुको एक फोटोलाई आफ्नो कपी भन्दै आरोप लगाएकी छिन् । हुनत, नायिका रनावतले तापसीको बिषयमा टिप्पणी गरेको यो पहिलो पटक होइन । लकडाउनको समयमा पनि तापसी र कंगनाविच सामाजिक संजालमा वाकयुद्ध नै चलेको थियो । कंगनाले तापसीले पोष्ट गरेको एउटा तस्वीरलाई आफ्नो कपी मात्र भनेकी छैनन्, आफ्नो तुलना बलिउडका […]
भारतमा हुने हरेक बिषयमा आफ्नो कडा टिप्पणी राख्दै आएकी नायिका कंगना रनावत र नायक दिलजीत दोसांझविच ट्विटरमा आरोप–प्रत्यारोप चलेको छ । भारतको राजधानी नयाँ दिल्लीमा किसानहरुले गरिरहेको आन्दोलनको बिषयमा यी दुई कलाकारविच वाकयुद्ध चलेको हो । कंगनाले एक वृद्ध महिलालाई शाहिन वागकी आन्दोलनकारी बताउँदै १०० रुपैयाँमा आन्दोलन गर्न आइपुग्छन् भन्दै टिप्पणी गरेकी थिइन् । तर, […]
नायिका कंगना रनावतले नायिका उर्मिलालाई सफ्ट पोर्न स्टार भनेर आरोप लगाइन् । उर्मिलाले खेलेका चलचित्रमा उनको अभिनय नभएको कंगनाको टिप्पणी थियो । कंगनाको यो टिप्पणीमा नायिका उर्मिलाले प्रतिक्रिया दिएकी छिन् । उनले, सफ्ट पोर्न स्टार भनिएको बिषयमा भने केही पनि बोलेकी छैनन् । तर, सिंगो भारतबाट नै आफूलाई समर्थन आएको भन्दै उनले खुशी व्यक्त गरेकी […]
नायिका कंगना रनावतको सम्बन्ध बलिउडका अधिकांश कलाकारसँग विग्रिएको छ । आफूमाथि टिप्पणी गर्ने हरेक कलाकारको आलोचना गर्दै आएकी कंगनाले अब नायिका उर्मिला मातोण्डकरमाथि कडा टिप्पणी गरेकी छिन् । एक अन्तरवार्तामा उर्मिलाले भनेकी थिइन्–‘यदि, कंगना बलिउडमा ड्रग्सको खतरालाई लिएर चिन्तित छिन् भने, उनले आफ्नो राज्य हिमाञ्चल प्रदेशबाट यसको सुरुवात किन गर्दिनन् । किनकी, भारतमा ड्रग्सको सुरुवात […]
मंगलबार राज्यसभामा बलिउड कलाकार तथा समाजवादी पार्टीकी सांसद जया बच्चनले प्रस्तुत गरेको भनाइलाई लिएर नायिका कंगना रनावत आक्रोशित भएकी छिन् । योसँगै जया र कंगनाविच वाकयुद्ध सुरु भएको छ । जयाले कुनै पनि कलाकारको नाम नलिई भनेकी थिइन्–‘चलचित्र क्षेत्रबाट नाम कमाउनेहरु यसलाई फोहोरी ठाउँ भनिरहेका छन् । मलाई आशा छ कि, सरकारले यी मानिसहरुलाई यस्तो […]
५ दिन अगाडि मनालीबाट मुम्बई आएकी बलिउड नायिका कंगना रनावत फेरि आज आफ्नै घर मनाली फर्किएकी छिन् । बीएमसीले अवैध निर्माण भएको भन्दै उनको अफिस तोडफोड गरेपछि उनी मुम्बई आएकी थिइन् । मुम्बई आएपछि कंगनाले महाराष्ट्र सरकारको विरुद्धमा आवाज उठाइन् । मनाली फर्किनु अगाडि ट्विट गर्दै कंगनाले लेखेकी छिन्–‘भारी मन लिएर म फर्किदैछु । मलाई […]
भारतको महाराष्ट्रको सरकारले नायिका कंगना रनावतको मुम्बइमा अवस्थित अफिस भत्काएपछि यसको चर्को विरोध भैरहेको छ । नायिका रनावतले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई कडा चुनौती दिइसकेकी छिन् । अब उनले कांग्रेस पार्टीमाथि पनि प्रश्न सोझाएकी छिन् । उनले ट्विट गर्दै लेखेकी छिन्–‘सोनिया गान्धीजी, एक महिला भएको नाताले महाराष्ट्रमा तपाइको सरकारले गरेको क्रियाकलापबाट के तपाई दुःखी हुनुहुन्न […]
बलिउड नायिका कंगना रनावतको करिब ४८ करोडमा बनेको अफिसमा बुधबार बिहान बीएमसीले डोजर चलायो । कंगनालाई भारतको केन्द्रिय सरकारले कडा सुरक्षा दिएको छ । उनी, कडा सुरक्षाकाविच बुधबार पौने ३ बजे मुम्बई पुगेकी थिइन् । मुम्बइको विमानस्थलमा कंगनाको समर्थक र विरोधीहरुले नारा लगाएका थिए । उनलाई भीआइपी गेटबाट बाहिर निकाल्न नसकेपछि सुरक्षाकर्मीले दोश्रो गेट प्रयोग […]
बलिउड नायिका कंगना रनावतको मुम्बइस्थित अफिसमा डोजर चलेको छ । कंगना मुम्बई पुग्नु अगाडि नै उनको अफिसमा बीएमसीले डोजर चलाएको हो । बृहन्मुम्बई महानगरपालिकाले अफिसको निर्माण अवैध तरिकाले भएको भन्दै २४ घन्टाको अल्टिमेटमसहित नोटिस टाँसेको थियो । त्यसको केही समयपछि उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर बीएमसीका कर्मचारी र मजदुर पुगेका थिए । उनीहरुले अफिस […]
शिवसेनाको आइटी सेलले नायिका कंगना रनावतविरुद्ध उजुरी दर्ता गरेको छ । श्रीनगरको प्रहरी स्टेशनमा कंगनाको एक बयानलाई लिएर उजुरी दर्ता भएको हो । कंगनाले केही दिन अगाडि मुम्बइलाई पाकिस्तानले कब्जा गरेको कश्मिर(पीओके)सँग तुलना गरेकी थिइन् । शिवसेनाको यो मागमा प्रहरीले कानुनी सल्लाहा लिइरहेको छ । यस्तै, सोमबार बीएमसीले नायिका कंगना रनौतीको अफिसमा अवैध निर्माणको नोटिस […]
नायिका कंगना रनावतले ट्विटरमा आफ्नो दैनिक ४० देखि ५० हजार फलोअर्स कम भएको बताएकी छिन् । आफू राष्ट्रवादी भएकै कारणले गर्दा फलोअर्स कम भएको उनको तर्क छ । एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्–‘हो, मैले पनि यो कुरा नोटिस गरिरहेकी छु । मलाई यो बिषयमा शंका थियो तर अब पुष्टी भयो कि ट्विटरले नै यो काम […]
नायिका कंगना रनावतको निशानामा पछिल्लो केही दिनदेखि नायक आमिर खान परिरहेका छन् । बलिउडका अधिकांश नायक–नायिकामाथि आक्रोशित रुपमा प्रस्तुत भैरहेकी कंगनाले आमिरको आलोचना गरिरहेकी छिन् । तर, उनी आलोचना गर्दा गर्दै यस्तो अवस्थामा पुगिसकेकी छिन् कि उनलाई कलाकारको समाचार र अन्तरवार्ता सही वा झुटो के हो भन्ने छुट्याउने फुर्सद समेत मिलेको छैन । हालैमात्र कंगनाले […]
बलिउड नायिका कंगना रनावतको आक्रोश बलिउडकर्मीमाथि जारी छ । उनले बलिउडका नाम चलेका कलाकारमाथि आक्रोश व्यक्त गरिरहेकी छिन् । यसैविच, उनले नायक अमिताभ बच्चनमाथि पनि टिप्पणी गरेकी छिन् । सुशान्त सिंह राजपुतको निधनपछि उत्पन्न घटनाक्रम र भारतमा बन्न लागेको राम मन्दिरको बिषयमा नबोलको भन्दै कंगनाले अमिताभको टिप्पणी गरेकी छिन् । कंगना भन्छिन्–‘अमिताभ बच्चन बलिउडका महानायक […]
नायिका कंगना रनावत र बलिउडका कलाकारविचको वार अझै सकिएको छैन । कंगनाले एकपछि अर्को बलिउड कलाकारमाथि आरोप लगाइरहेकी छिन् । अब, उनको आरोपको निशानामा नायक आयुष्मान खुराना परेका छन् । आफ्नो समिक्षाका कारण विवादमा आइरहने केआरकेले आयुष्मानले रिया चक्रवर्तीको समर्थन गरिरहेको भन्दै ट्विट गरेका थिए । केआरकेले बलिउडमा टिक्नका लागि आयुष्मानले यो कदम चालेको उल्लेख […]
बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि नायिका कंगना रनावत निरन्तर मिडियामा छाइरहेकी छिन् । कंगनाले सुशान्तले आत्महत्या गरेको नभई उनको योजनावद्ध रुपमा हत्या गरिएको आरोप लगाउँदै आएकी छिन् । यसैविच, भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कसैसँग प्रमाण भएको खण्डमा ल्याएर दिन आग्रह गरेका थिए । यो मुद्दा छानविनका लागि मुम्बई प्रहरी असक्षम नभएको उनको तर्क […]
नायिका कंगना रनावत र बलिउडका अन्य केही नायिकाहरुविचको वाकयुद्ध चलिरहेको छ । कंगनाले ‘बी ग्रेड’का नायिकाहरु भनेपछि उनीसँग तापसी पन्नु, स्वरा भाष्कर, ऋचा चड्डा लगायतका नायिका रिसाएका छन् । यसैविच, कंगनालाई नायिका स्वरा भाष्करले पनि जवाफ दिएकी छिन् । कंगनामाथि प्रश्न गर्दै एक ट्विटर प्रयोगकर्ताले लेखे–‘कंगनाजी, तपाई यती धेरै नाटक किन गर्नुहुन्छ ? चलचित्र ‘तन्नु […]
नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडकर्मीमाथि एकपछि अर्को आरोप लगाइरहेकी छिन् । उनले, नायिका आलिया भट्टको चर्को आलोचना पनि गरिरहेकी छिन् । हालै मात्र, एक टेलिभिजन अन्र्तवार्तामा आलियाले ज्याकलिन फर्नान्डेज र आलिया भट्टलाई विदेशी नागरिक भन्दै दर्शकहरुले उनीहरुलाई मन पराएका कारण आफूलाई दर्शकबाट कुनै आशा नभएको उल्लेख गरेकी थिइन् । कंगनाले भनेकी […]
नायिका कंगना रनावत र बलिउडका केही नायिकाहरुको आरोप–प्रत्यारोप रोकिएको छैन । कंगनाले नायिकात्रय तापसी पन्नु, स्वरा भाष्कर र ऋचा चड्डालाई ‘बी ग्रेड’का नायिका बताएपछि उनीहरु कंगनासँग भड्किएका थिए । अब, कंगनाले यी तिन नायिकालाई जवाफ दिएकी छिन् । एक भारतीय मिडियासँग कुरा गर्दै कंगनाले भनेकी छिन्–‘यो दुःखको कुरा हो कि उनीहरुले मलाई समर्थन गरिरहेका छैनन् […]
नायिका कंगना रनावतले नायिकाद्धय तापसी पन्नु र स्वरा भाष्करलाई ‘बी ग्रेड’का नायिका भनेपछि यसले हंगामा मच्चाएको छ । कंगनाको यो बयानपछि नायिका तापसी पन्नु उनीसँग भड्किएकी छिन् । तापसीले भनेकी छिन्–‘कंगनाले बलिउडको मजाक उडाइरहेकी छिन् । मलाई यो देखेर निकै दुख लाग्छ ।’ कंगनाले तापसी र स्वरा निर्माता करण जोहरको मनपर्ने नायिका हुन् भने उनीहरुको […]
बलिउड नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका केही हस्तीहरुको बिषयमा खुलासा गरिरहेकी छिन् । उनले, निर्माता करण जोहर र निर्देशक महेश भट्टको बिषयमा बोलेकी थिइन् । बलिउडमा ‘नेपोटिज्म’लाई अगाडि बढाउनमा करण र महेश अगाडि रहेको दाबी उनको थियो । उनै, कंगनाले फेरि अर्को नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो दाबी झुटो भएको खण्डमा […]
बलिउड नायक सुशान्त सिंह राजपुतको निधनको घटनासँगै बलिउडमा फेरि एकपटक ‘परिवारवाद’को विषयले चर्चा पाएको छ। चलचित्र क्षेत्रभन्दा बाहिरबाट आएका कलाकारलाई बलिउडले महत्व नै नदिने भएकाले धेरै कलाकार डिप्रेसनमा जाने र कतिपयले आत्महत्याको बाटो अपनाउने गरेको टिप्पणी भइरहेको छ । नायिका कंगना रनावतले यो विषयमा भिडियो सार्वजनिक गर्दै आक्रोश व्यक्त गरेकी छन् । उनले भनेकी छन्–‘सुशान्तले […]