Comments Add Comment

कर्णबहादुर थापा

List Grid
मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदलाई कारबाही हुन्छ : थापा

२५ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई कारबाही हुने बताएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन पार्टीले दिएको निर्देशनको उल्लङ्घन गर्ने प्रदेश सांसदहरुलाई कारबाही गर्न तयारी अगाडि बढाइएको उनको भनाइ छ । ‘पार्टीको निर्देशन विपरीत अर्को दलको मुख्यमन्त्रीलाई विश्वासको मत […]

कर्णबहादुर थापालाई मन्त्रीको प्रतिप्रश्न : तपाईं प्रदेश अध्यक्ष कि सहसंयोजक ?

१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नेकपा एमालेका तीन मन्त्रीले स्पष्टीकरण सोध्ने पार्टी नेतामाथि नै प्रश्न उठाएका छन् । अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको एमाले स्थायी कमिटीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर प्रदेश सदस्यीय दलले समर्थन कायमै राख्ने निर्णय […]

‘माधव नेपालहरुलाई ६ महिनाको निलम्बनले पुग्दैन, पार्टीबाटै निस्कासन गर्नुपर्छ’

७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्ने बताएका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र उपस्थित बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गरेको थियो । अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार मात्र उनीहरुसहित २७ प्रतिनिधिसभा […]

प्रधानमन्त्री बाध्य भएर संसद विघटन गर्नुपर्‍यो : नेता थापा

५ पुस, कैलाली । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापाले प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट काम गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेको बताएका छन् । धनगढीमा आइतबार आयोजित कार्यक्रममा नेता थापाले संसद् विघटनको जिम्मा प्रधानमन्त्रीलाई बाध्य गराउनेहरूले लिनुपर्ने बताए । ‘जनमतलाई अनादर गरेर काम गर्न नदिने, बाधा–व्यवधान सिर्जना गर्ने, समाजवाद निर्माण गर्ने उद्देश्यले स्थापना […]

‘लोकप्रियता जाँच्ने हो भने जनताको बीचमा जाउँ न त’

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टी नेपाल कम्‍युनिस्ट पार्टी (नेकपा)को विभिन्न कमिटी र संसदीय दलमा समेत अल्पमतमा छन् । पूर्वएमालेका वरिष्ठ नेताहरू कार्यकारी भूमिकामा रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित मिलेर सरकार ढाल्न कस्सिएका बेला ओलीले बुधबार साँझ ‘वामदेव कार्ड’ फ्याँके । के साँच्चै ओली कोरोना महामारी सकिएपछि पद त्याग्न तयार […]