Comments Add Comment

कृष्णगोपाल श्रेष्ठ

List Grid
जातीय विभेदको आरोपित घरबेटीलाई शिक्षामन्त्रीको ‘लिफ्ट’

९ असार, काठमाडौं । जातीय विभेदका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा हुँदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार परिसरमा पुगे । उनले घरबेटी प्रधानलाई आफ्नो झण्डावाल गाडीमै लिफ्ट लिएर लगेका छन् । काठमाडौं महानगरपालिका-११ बबरमहलकी प्रधानले दलित भएकै कारण रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेकी थिइन् […]

नेपालको पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

२६ जेठ,  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् । उनको सचिवालयका अनुसार मन्त्री श्रेष्ठले […]

असार १ देखि विद्यार्थी भर्ना थाल्न शिक्षामन्त्रीको निर्देशन

२३ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आइतबार भएको छलफलका क्रममा मन्त्री श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना प्रक्रिया अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् । मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ भर्ना प्रक्रिया असार १ […]

एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन छ : शिक्षामन्त्री श्रेष्ठ

१० जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । उनले यसको विकल्पका विषयमा छलफल भइरहेको बताए । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र निर्णय लिने बताए । […]

शिक्षामन्त्री श्रेष्ठ र स्वीटजरल्याण्डका राजदूत एलिसावेथबीच भेटवार्ता

१० वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेट गरेका छन् । भेटमा मन्त्री श्रेष्ठले नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासको क्षेत्रमा स्वीस सरकारको महत्वपूर्ण योगदान रहेको बताए । स्वीस सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम, स्थानीय विकास, सुरक्षित आप्रवासन, प्राकृतिक स्रोत […]

आगामी नीति तथा कार्यक्रममा प्रदेश २ को शैक्षिक सुधारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ

१८ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारको आगामी नीति तथा कार्यक्रममा प्रदेश २ को शैक्षिक सुधारलाई प्राथमिकता दिइने बताएका छन् । प्रदेश २ को धनुषाका चारवटा स्थानीय तहमा पाँच वर्षदेखि सञ्चालित ‘राम्रो शिक्षा देऊ’ कार्यक्रमको केन्द्रस्तरीय अनुभव आदानप्रदानका लागि नर्वेली दूतावासको सहकार्यमा आसमान नेपाल र शिक्षा पत्रकार समाजले बुधबार आयोजना गरेको […]

समयमै पाठ्यपुस्तक छाप्न शिक्षामन्त्रीको निर्देशन

२५ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएका छन् । मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए । कुनैपनि हालतमा विद्यार्थीलाई […]

संघीय शिक्षा ऐन ल्याउने सरकारको तयारी

२४ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको बताएका छन् । २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको भन्दै उनले अब नयाँ शिक्षा ऐन ल्याउने तयारी गरेको बताएका हुन् । चन्द्रागिरि नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको भवन शिलान्यास कार्यक्रममा […]

कांग्रेसले भन्यो : बीएण्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्रीले दबाव दिनु आपत्तिजनक

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसले शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपल श्रेष्ठले झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई एमबीबीएस सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयलाई दबाब दिएकोप्रति विरोध जनाएको छ । नेपाली कांग्रेसको शिक्षा विभागका सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गरी सरकार आफैंले बनाएको ऐन, नियम र विभिन्न समयमा गरेको सम्झौता विपरीत बारम्बार विश्वविद्यालयमाथि हस्तक्षेप गर्नु […]

ऐन विपरीत बीएण्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्रीको दबाब

१६ फागुन, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बीएण्डसी कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय (केयू)लाई अनुचित दबाब दिएका छन् । शिक्षामन्त्री श्रेष्ठले राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ विपरीत केयूलाई दबाव दिएका हुन् । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको विज्ञ टोलीले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ बुझाएको थियो । माथेमा प्रतिवेदन कार्यान्वयन […]

शिक्षा प्रणालीमा आमुल परिवर्तन आवश्यक छ : मन्त्री श्रेष्ठ

१० फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले चालु शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि अहिलेको शिक्षा प्रणालीमा धेरै नै सुधार हुन जरुरी रहेको मन्त्री श्रेष्ठले बताएका हुन् । लुनिभा बाल सरोकार समूहले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको समग्र शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै […]

मदन भण्डारीलाई राजावादी देखाउने गरी शिक्षामन्त्रीले सार्वजनिक गरे अडियो

२१ माघ, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपा (एमाले) का तत्कालिन महासचिव स्व. मदन भण्डारीको अडियोलाई गलत अर्थ राख्ने गरी सार्वजनिक गरेका छन् । भण्डारीले त्यतिबेला गरेको चुनावी भाषणलाई गलत अर्थ लाग्ने गरी मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । २५ सेकेन्डको अडियोमा भण्डारीले ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर […]

राजालाई नै खान खोजियो : कृष्णगोपाल श्रेष्ठ

१८ पुस, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेसको राजासँग तुलना गरेका छन् । उँट, हात्ती र पुलिसहरुले मिलेर राजालाई नै खान खोजेपछि अहिलेको राजनीतिक परिस्थिति निर्माण भएको मन्त्री श्रेष्ठले बताए । शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै श्रेष्ठले भने,’राजालाई नै खान खोजियो, हामीलाई यो कुरा थाहा […]

पदवहाली गर्दै शहरी विकास मन्त्री श्रेष्ठले भने : देखिने गरी काम गर्छु

२९ असोज, काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका हुन् । मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उनले बताए । जस्तोसुकै […]