Comments Add Comment

कोरोना संक्रमित

List Grid
कर्णालीमा २० जना कोरोना संक्रमित थपिए, १६ जना डिस्चार्ज

२४ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका […]

नेपालमा कोरोना संक्रमितको संख्यासँगै संक्रमणको दर घट्यो

२३ असार, काठमाडौं । नेपालमा पछिल्लो साता कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ७४० जनामा संक्रमण […]

कर्णालीमा थपिए १४ जना कोरोना संक्रमित, २८ जना डिस्चार्ज

२३ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेका १२ जना र सल्यानका दुईजना रहेको सामाजिक […]

गंगालालमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि

२३ असार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले यसको पुष्टि गरे । उनका अनुसार उनीहरूको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ । अस्पतालले भने आज मंगलबारबाट आकस्मिकबाहेकका सबै सेवा हालका लागि स्थगित गरेको छ […]

कर्णालीमा थपिए १८ जना कोरोना संक्रमित, १६ डिस्चार्ज

२२ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा पाँच महिने बालिकासहित १८ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्ज बाँकेको प्रयोगशालामा भएको परीक्षणबाट सोमबार थप १८ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेका एक बालिकासहित १४ जना, जाजरकोटका तीनजना र जुम्लाका एकजना […]

कर्णालीमा थपिए ९ जना कोरोना संक्रमित, आइसोलेसनमा २६१ जना मात्रै

२१ असार, सुर्खेत । कणर्ाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९)का २६१ जना संक्रमित मात्रै आइसोलेसनमा रहेका छन । संक्रमण भएकाहरु धमाधम डिस्चार्ज हुँदै घर फर्किएपछि आइसोलेसनमा रहेकाहरुको संख्या घटेको हो । कर्णालीमा आइतबारसम्म १४९८ जनामा कोरोना संक्रमण पष्टि भएको छ । जसमध्ये २६१ जनामात्रै आइसोलेसनमा बसेर उपचार गराइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. […]

कोरोनाका बिरामीमा हाइड्रोक्सिक्लोरोक्विन र एचआईभीको औषधिको प्रयोग रोकियो

२१ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शनिबार कोरोना भाइरस (कोभिड-१९) का बिरामीमा औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विन र एचआईभीका औषधि लोपिनोभिर/रिटोनोभिरको प्रयोगमा बन्द गर्न गइरहेको बताएको छ । डब्ल्यूएचओले यी औषधिको प्रयोगले संक्रमितको मृत्युदर घटाउन नसकेको निष्कर्ष निकाल्दै यसको प्रयोगमा रोक लगाएको हो । कोरोना भाइरसको उपचारको फरक फरक किसिमको खोप तथा औषधिको प्रयोगको क्रममा यसलाई […]

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, प्रहरीले हान्यो अश्रुग्यास

२० असार, गोरखा । शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शव गोरखा नगरपालिका-१२ र शहीद लखन गाउँपालिका-१ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो । […]

प्रदेश १ मा ३८ संक्रमित थपिए, २८ जना डिस्चार्ज

१९ असार, विराटनगर । शुक्रबार प्रदेश १ मा थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा ५-५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १४ जना पुरुष, हल्दिबारीमा ३ महिला, अर्जुनधारामा ६ पुरुष र २ महिला, बिर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, […]

अमेरिकामा बढ्दो क्रममा कोरोना संक्रमण, एकैदिन भेटिए ५५ हजार संक्रमित

१९ असार, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्यामा निरन्तरको वृद्धि देखिएको छ । रोयटर्सका अनुसार बिहीबार अमेरिकामा कोरोना भाइरसका ५५ हजार नयाँ संक्रमित फेला परेका हुन् । अमेरिकामा एकैदिन भेटिएका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा ठूलो हो । बिहीबार अमेरिकामा कोरोना भाइरसका ५५ हजार २७४ नयाँ संक्रमित थपिएका हुन् । यो संख्या कुनै […]

भारतमा एकैदिन थपिए झण्डै २१ हजार कोरोना संक्रमित

१९ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु […]

कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए, ४९ जना डिस्चार्ज

१८ असार, सुर्खेत । कर्णाली  प्रदेशमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्ज बाँके र कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सुर्खेतका ३ जना, दैलेख, कालीकोट र स्याङजाका एक/एक जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रम्ाुख डा. लक्ष्मीनारायाण […]

गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित, १६ जना लमजुङका

१८ असार, काठमाडौं । गण्डकी प्रदेशमा १७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा भएको परीक्षणबाट बिहीबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निदेशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितमध्ये १६ जना लमजुङका हुन् भने एकजना कास्कीको पोखरा महानगरपालिकाका ३३ वर्षीय पुरुष हुन् […]

कर्णालीमा १००१ कोरोना संक्रमित आइसोलेसनबाट डिस्चार्ज भए

१५ असार, सुर्खेत । कर्णालीमा डिस्चार्ज हुने कोरोना संक्रमित (कोभिड-१९)को संख्या एक हजार नाघेको छ । हालसम्म प्रदेशमा एक हजार एकजना कोरोना संक्रमित डिस्चार्ज भएको कर्णालीको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कर्णालीका विभिन्न आइसोलेसनबाट ४५ जना डिस्चार्ज भएका छन् । दैलेखको दैलेख अस्पताल/नारायण आइसोलेसनबाट एक महिलासिहत […]

पाकिस्तानमा कोरोना संक्रमित दुई लाख नाघे

१४ असार, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ । पाकिस्तानको स्वास्थ्य विभागका अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख दुई हजार ९५५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र पाकिस्तानमा कोरोना भाइरसका चार हजार ७२ जना नयाँ संक्रमित फेला परेका हुन् । पाकिस्तानमा अहिलेसम्म कोरोना […]

कर्णालीमा कोरोना संक्रमितको तथ्याङ्क संशोधन, १४ जना घटे

१४ असार, सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको तथ्याङ्क संशोधन गरेको छ । शनिबार संक्रमित संख्या १४४० पुगेको तथ्यांक सार्वजनिक गरेको स्वास्थ्य सेवा महाशाखाले आइतबार संख्या घटाएको छ । आइतबार जुम्लाको परीक्षणबाट पुष्टि भएका थप दुई जनासहित संक्रमितको जम्मा संख्या १४२८ पुगेको महाशाखाले जानकारी गराएको छ । शनिबारको तथ्यांकमा अछाम […]

कर्णालीमा थपिए २८ जना कोरोना संक्रमित

१० असार, सुर्खेत । कर्णाली  प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, शुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको  प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २८ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेका १३, जुम्लाका चार, दैलेका तीन, जाजरकोट र कालीकोटका एक/एकजना रहेका […]

कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

९ असार, सुर्खेत । सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए । ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा […]

बडीकेदारमा कोरोना संक्रमणले मृत्यु भए परिवारलाई ५० हजार राहत

८ असार, डोटी । डोटीको बडीकेदार गाउँपालिकाले कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार गाउँपालिकाका कुनै पनि वासिन्दाको रोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भए परिवारले ५० हजार पाउने छन् । बैठकले गाउँपालिकाभित्रका संक्रमितहरुलाई जनही १५०० रुपैयाँ दिने निर्णय पनि गरेको अध्यक्ष […]

कर्णालीमा थपिए २६ जना कोरोना संक्रमित

८ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्ऽको प्रयोगशालमा भएको परीक्षणबाट सोमबार २६ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेका १८, सल्यानका ४, दैलेख २ जना र हुम्लाका एक जना रहेको सामाजिक विकास […]

भारतमा कोरोना संक्रमित तीन लाख ८० हजार नाघे, दुई लाखभन्दा बढी डिस्चार्ज

५ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार ५३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १३ हजार ५८६ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै अहिलेसम्म दुई […]