Comments Add Comment

चरेश

List Grid
हङकङ चरेस पठाउने गिरोह काठमाडौंमा समातियो

२४ असोज, काठमाडौं । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्‍वरले नेपालबाट हङकङ चरेस कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । २०७८ साल असोज १४ गते लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले ललितपुर-२० मानभवनस्थित ब्‍लूस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट ७ केजी ९७७ […]

कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ

१२ साउन, धनगढी । कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको सयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–११ बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामी र […]

काठमाडौंबाट चरेससहित ४ जना पक्राउ

२० कात्तिक, काठमाडौं । काठमाडौंको गौरिघाटबाट अवैध लागूऔषध चरेश सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको पात्ले गाउँपालिका–९ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३२ वर्षीय नरेन लामा, धादिङको गजुरी नगरपालिका–८ घर भई काठमाडौंको गुर्जुधारा बस्ने १७ वर्षीय सुरेश तामाङ, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भनिने सुमन तामाङ र पर्साको ठोरी […]

करिब तीन किलो चरेशसहित दुई जना पक्राउ

२० असोज, कैलाली । डडेल्धुरामा दुई किलो ७ सय ग्राम अवैध लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ भाटगाउँका शेरबहादुर भण्डारी र अमरगढी –६ भालुमारेका वीरबहादुर बोहरा छन् । लागूऔषध नियन्त्रण अभियान र दशैं तिहार सुरक्षा योजना अनुरुप परिचालित प्रहरीद्वारा सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । दशरथचन्द्र राजमार्गस्थित […]

धुपको बट्टामा राखेर चरेसको पार्सल ! समातिइन् डान्सर

२ माघ, काठमाडौं । अगरबत्तीको बट्टामा फल्स बटम बनाएर चरेस तस्करी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको चिसाङ घर भएकी २९ वर्षीया कान्छी माया घले छिन् । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले उनलाई हुलाक कार्यालय, सुन्धाराबाट पक्राउ गरेको हो । ब्यूरोका प्रमुख डीआईजी दिनेश अमात्यले भने, ‘विशेष सुराकीका […]

पोखराबाट आएको बसमा भेटियो ४ किलो चरेश, एक जना पक्राउ

१८ मंसिर, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटले ४ किलो लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-७ का १९ वर्षीय श्यामलाल तामाङ छन् । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाका अनुसार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ५६७ नम्बरको बसबाट उनलाई चरेशसहित पक्राउ गरिएको हो । […]

दाङमा ६० किलो चरेशसहित ५ जना पक्राउ

५ भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, दाङले ६० किलो अवैध लागूऔषध चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा धर्ती र ध्रुव जंगल बुढा छन् । जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी कृष्णहरि शर्माका अनुसार विशेष सुराकीका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले घर्ती र चन्दले […]

११ किलो चरेशसहित एकजना पक्राउ

२५ चैत, कैलाली । मकै र कोदोको बोरामा लुकाएको अवस्थामा ११ किलो लागूऔषध चरेशसहित शनिबार साँझ प्रहरीले एकजनाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बझाङ्गको मष्टा गाउँपालिका-१ का ५० वर्षीय दलबहादुर रोकाया रहेको बझाङ्गका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक -डीएसपी) ऋषिराम कँडेलले जानकारी दिए । शनिबार साँझ बझाङ्गबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ३१२७ नम्बरको बसको […]