Comments Add Comment

ट्राफिक

List Grid
ट्राफिक सिग्नलमा रातो र हरियो दुवै बत्ती बलेपछि …

२० चैत, काठमाडौं । ट्राफिक सिग्नलमा रातो बत्ती बले सवारी-साधन रोक्ने र हरियो बले हिँड्ने नियम छ । तर, हरियो र रातो एकैपटक बल्यो भने के गर्ने ? आजभोलि काठमाडौं उपत्यकामा सवारीसाधन चलाउने चालकले यस्तै समस्या व्यहोरिरहेका छन् । बिहीबार साँझ बानेश्वर चोकमा यस्तै भयो । एकै पटक दुईथरी संकेत दिने बत्ती बलेपछि चालक अलमलमा […]

जुलुस सुरु नहुँदै जाम, सबै ट्राफिक प्रहरी सडकमा

२८ माघ, काठमाडौं । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ । ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ । कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर […]

राजधानीका चोक-चोकमा डमीले गाउनेछ ट्राफिक गीत

२२ कात्तिक, काठमाडौं । ट्राफिक सचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सांगीतिक डमी अभियान सुरु गरेको छ । गीतबाट सडक प्रयोगकर्तालाई ट्राफिक नियम सिकाउन शनिबारदेखि यो अभियान सञ्चालन गरिएको महाशाखाका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार प्रख्यात व्यक्ति तथा राष्ट्रिय कलाकारहरूको स्वरमा सन्देश सहितका अडियो क्लिप तयार पारिएको छ । दैनिक ६ […]

ट्राफिकलाई घुस दिन खोज्ने ८ जना पक्राउ

१२ कात्तिक, काठमाडौं । दसैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना काठमाडौंबाट पक्राउ परेका छन् । सवारी नियम उल्लङ्घन गर्दा कारबाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएको आरोपमा ८ जना चालक र सहचालकलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम […]

गोरखामा सवारी दुर्घटना दर घट्यो

४ साउन, गोरखा । जिल्लामा सवारी दुर्घटना दर घटेको छ । आर्थिक वर्ष ०७५/७६ मा २८ वटा सवारीसाधन दुर्घटनामा परेकोमा गत आव ०७६/७७ मा १६ वटा दुर्घटना मात्रै भएका छन् । ‘अघिल्लो आव ०७५/७६ मा सवारी दुर्घटनाकै कारण १४ जनाको ज्यान गयो, ५५ जना घाइते भए,’ जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले भने, ‘गत आव २०७६/७७ […]

मोरङमा नयाँ नियमः मापसे गरे ट्राफिकले सोध्छ ८० प्रश्न

१७ असोज, मोरङ । सवारी दुर्घटनालाई नियन्त्रण गर्न मोरङ प्रहरीले नयाँ नियम लागू गर्ने भएको छ । मादक पदार्थ सेवन गरी सवारी कुदाउँदा हुने दुर्घटना नियन्त्रण गर्न असोज २३ गतेदेखि मापसे कारबाहीमा नयाँ नियम लागू गर्न लागिएको हो । अब मापसे गर्ने चालकले परीक्षा दिनुपर्नेछ । परीक्षामा ८० प्रतिशत सही उत्तर दिए मात्र थप कारवाही […]

जडिबुटीमा ट्रिपरको ठक्करबाट महिलाको मृत्यु, ट्रिपरमा आगजनी

२९ जेठ, काठमाडौं । काठमाडौं जडिबुटीमा ट्रिपरमाथि स्थानीयले आगजनी गरेपछि सडक अबरुद्ध भएको छ । ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले आगजनी गरेको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ । प्रहरीका अनुसार भक्तपुरबाट  काठमाडौं अाउँदै गरेको बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो […]

जडिबुटीमा ट्रिपरको ठक्करबाट महिलाको मृत्यु, ट्रिपरमा आगजनी

२९ जेठ, काठमाडौं । काठमाडौं जडिबुटीमा ट्रिपरमाथि स्थानीयले आगजनी गरेपछि सडक अबरुद्ध भएको छ । ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले आगजनी गरेको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ । प्रहरीका अनुसार भक्तपुरबाट  काठमाडौं अाउँदै गरेको बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो […]

दुर्घटना न्यूनिकरण गर्न चालकलाई सडकमै एक घण्टा प्रशिक्षण

२३ गुल्मी, गुल्मी । सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले सडकमै सवारी चालकलाई प्रशिक्षण दिन सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा आइतावार सदरमुकाम तम्घासबाट सवारी चालक,सवारी धनी र आम सर्बसाधरणलाई सचेतना अभियान सुरु गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका भरत गुरुङ्गले जानकारी दिए । ‘ट्राफिक नियम जानौ र मानौ आफू पनि […]

रिंगरोडमै ट्रक र टिप्पर सञ्चालनमा रोक, तोकियो समय सीमा

२७ असार, काठमाडौं । सरकारले भोलि (बुधबार)बाट काठमाडौंको चक्रपथ (रिंगरोड)मा पनि ट्रक, टिप्पर र मिनि ट्रकहरु चल्न रोक लगाउने भएको छ । सवारी जाम हुने ‘पिक’ समयमा रिंगरोडमा पनि ट्रक, टिप्पर र मिनि ट्रक रोक लगाउने निर्णय भएको हो । यातायात ब्यवस्था विभागको पहलमा मंगलबार बसेको सरोकारवालाको बैठकले जाम बढी हुने समयमा रिंगरोडमा ट्रक/टिप्परलाई सवारीलाई […]

मुग्लिन छल्दा कोटेश्वरमा जाम ! सांसदले सोधे-भत्ता नपाएर हो ?

२६ असार, काठमाडौं । पछिल्लो दिनहरुमा काठमाडौंको काटेश्वरमा जाम बढेको छ । पिक आवरमा दुई/तीन घन्टासम्म पनि जाममा बस्नु परेको गुनासो आउन थालेको छ । अरु बेला पनि आधा घण्टा बढी जाममा नबसी सुख्खै छैन । विशेष गरी रिंगरोड क्रस गर्ने र भक्तपुरतर्फबाट आउने सवारीलाई लामो समय जाम खेप्नुपर्ने अवस्था छ । कोटेश्वर चोकमा विहान ८ […]

सिंहदरवार घेराउले आज पनि ट्राफिक भद्रगोल

३ जेठ, काठमाडौं । संघीय गठबन्धनद्वारा आयोजित सिंहदरवार घेराउ सोमबार पनि जारी छ । घेराउमा कार्यकर्ताहरुको उपस्थिति अघिल्लो दिनभन्दा पातलो देखिएको छ । माइतिघर मण्डला र अनामनगरस्थित भाटभटेनी अगाडि आज पनि गठबन्धनका नेता कार्यकर्ताले धर्ना दिन सुरु गरिसकेका छन् । अनामनगर क्षेत्रमा आइतबारको तुलनामा गठबन्धनका कार्यकर्ता कम देखिएका छन् । तर गठबन्धनको आन्दोलनकै कारण काठमाडौंमा […]

स्मार्ट लाइसेन्स जाँच्ने मेसिन नहुँदा ट्राफिक हैरान

१९ वैशाख, काठमाडौं । सवारीचालकलाई ‘स्मार्ट लाइसेन्स’ वितरण तीव्र पारेको यातायात व्यावस्था विभागले ट्राफिक प्रहरीलाई तिनको जाँच गर्न आवश्यक उपकरण भने उपलव्ध गराएकेा छैन । उपकरण अभावमा प्रहरीलाई लाइसेन्स छानबिन गर्न समस्या परेको आजको नागरिक दैनिकमा समाचार छ । सवारीचालकसँग लाइसेन्स रहे नरहेको त्यसको वर्गीकरण तथा देखाइएको लाइसेन्स सवारी चलाउने मान्छेकै भए नभएको जाँच्ने  जिम्मेवारी […]

अब ट्राफिक नियम मिचे १५ सय जरिवाना

१६ वैशाख, काठमाडौं । नेपाल प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको अनुपात ७५० प्रतिशतले बढाएको छ । यातायात व्यवस्था ऐन २०४९ को दफा १६२ मा भएको प्रावधान परिमार्जन गर्दै सरकारले नियम मिच्ने चालकसँग असुल गर्ने जरिवानाको मात्रामा भारी वृद्धि गरेको आजको कारोबार दैनिकमा समाचार छ । सवारी अनुशासन पालना नगर्ने प्रवृत्ति निरुत्साहित […]