+
+
Shares

ट्राफिकका इन्स्पेक्टरबाट कुटिए प्रहरी जवान

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको नागढुंगामा ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको घटना भएको छ।
  • प्रहरीले घटनाको आन्तरिक छानबिन सुरु गरेको छ।
  • भिडिओको मिति यकिन भइसकेको छैन।

३१ वैशाख, काठमाडौं । ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट जनपद प्रहरीका एक प्रहरी जवान कुटिएका छन् ।

काठमाडौंको नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई गालामा चड्कन हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडिओ सार्वजनिक भएपछि प्रहरीले आन्तरिक रुपपमा छानबिन अघि बढाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

‘भिडिओमा देखिएका इन्स्पेक्टरलाई कार्यालयमा बोलाएका छौं । सोधपुछ गरेपछि मात्रै किन कुटपिट भएको हो भन्ने खुल्ला,’ एसएसपी घिमिरेले भने । गल्ती नै गरेको भए पनि कारबाही गर्ने छुट्टै प्रक्रिया भए पनि सडकमै हात हाल्नु राम्रो नभएको उनले बताए ।

भिडिओ कहिलेको हो भन्ने पनि यकिन हुन बाँकी नै रहेको छ । कुट्ने र कुटाइ खाने दुवै प्रहरी अहिले पनि नागढुंगामै रहेकाले हालसालैको जस्तो देखिए पनि कहिलेको भिडिओ हो भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?