Comments Add Comment

ठोरी गाउँपालिका

List Grid
मिर्गौलाको उपचार गर्ने खर्च अभावमा घरमै लडिरहेकी छन् पुष्पा

२ पुस, काठमाडौं । शिकारीबास खोला नजिकै रहेको सुकुमबासी स्याउली बस्ती । जस्ता र खरले छाएको सानो झुपडी । ५२ वर्षीय एक पुरुष आफ्नी बिरामी छोरीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । १५ वर्षीय छोरी बिरामी परेपछि दैनिक ज्यालामजदुरी गरेर खाने मेसो नै उनले भुलिसकेका छन् । जसका कारण उनको घरको चुलोमा नियमित आगो बल्न पनि छाडेको […]

ठोरीमा विद्यालय सञ्चालनको तयारी

१५ असोज, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाले सामुदायिक विद्यालय सञ्चालनका लागि तयारी थालेको छ । विद्यालय सञ्चालनअघि पालिकाभित्र रहेका २१ वटै विद्यालयहरुको अनुगमन गरिएको छ । विद्यालयहरुमा सेनिटाइजेसन गर्ने काम भइरहेको छ । कोभिड–१९ महामारीको समयमा बाहिरबाट आएकाहरुलाई ६ वटा विद्यालयमा क्वारेन्टिन सञ्चालन गरिएको थियो । वडा-२ का अध्यक्ष किशोर तामाङ संयोजक रहेको ७ सदस्यीय […]

ठोरीमा किसानलाई दूधमा ३ रुपैयाँ अनुदान, ८४ कटेका वृद्धलाई ५ हजार

२९ असार, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ४६ करोड ८८ लाख २० हजार ८ सय ५० रुपैयाँको अनुमानित बजेट ल्याएको छ । सोमबार चौथो गाउँसभामा उपाध्यक्ष शान्तिमाया थिङल बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले सोमबार नै ल्याएको नीति तथा कार्यक्रममा कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण, पर्यटन र रोजगारी […]

गाउँपालिकाका अध्यक्षलाई कांग्रेसले भन्यो– ठोरीको समग्र विकासमा ध्यान देऊ

२८ असार, वीरगञ्ज । ठोरोको समग्र विकासमा ध्यानदिनु पर्ने लगायतका ३० बुँदे माग राख्दै  नेपाली कांग्रेसले ठोरी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । कांग्रेसका ठोरी गाउँपालिका संयोजक शम्भुराम पौडेल नेतृत्वको टोलीले गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाएकाे हो। ज्ञापनपत्रमा ठोरीको रेड हिलमा केबुलकार सञ्चालनका लागि डीपीआर बनाउनुपर्ने लगायत विभिन्न ३० बुँदे माग राखिएको छ । […]

ठोरीका २३० गर्भवतीलाई पौष्टिक आहार

११ जेठ, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाका २३० जना गर्भवतीहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष शान्तिमाया थिङले पाँचवटै वडाका गर्भवतीलाई एक माना घ्यू र एक क्रेट अण्डा उपलब्ध गराएकी हुन् । लकडाउनका कारण गर्भवतीहरुलाई चाहिने अत्यावश्यकीय पौष्टिक आहार सहजै उपलब्ध नहुने अवस्थालाई मध्यनजर गर्दै पौष्टिक आहार वितरण गरिएको उनले बताइन् । विभिन्न […]

अलपत्र परेका नागरिक गाउँ फर्काउँदै ठोरी गाउँपालिका

१५ वैैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकलाई गाउँ फर्काउन सुरु गरेको छ । आइतबार पहिलो दिन चार वटा बसमार्फत दुई सय जना गाउँवासीलाई घर फिर्ता लगेको गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौंमा बसेका उनीहरु घर र्फकन नपाउँदा समस्यामा परेको गुनासो आएपछि […]

पर्साको ठोरी गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी

२४ माघ, वीरगञ्ज । सेवा केन्द्र सार्ने निर्णयको विरोधमा ठोरी गाउँपालिका ५ सुवर्णपुरका वासिन्दाले गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । सुवर्णपुरबासीले गाउँपालिका कार्यालयमा तोडफोड गर्नुको साथै कार्यालयभित्रका कुर्सी, टेबल र कागजपत्र बाहिर निकालेर आगो लगाइदिएका हुन् । उनीहरुले गाउँपालिका अध्यक्षको विरोधमा नाराबाजी गर्दै केन्द्र सार्ने निर्णय फिर्ता गर्नुपर्ने माग गरेका छन् । कालो […]

ठोरीलाई प्रदेश ३ मा समायोजन गर्न गाउँपालिकाको सिफारिस

१५ कात्तिक, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाको पहिलो बोर्ड बैठकले प्रदेश ३ मा समायोजनका लागि सिफारिस गर्ने निर्णय गरेको छ । हाल उक्त गाउँपालिका प्रदेश २ अन्तर्गत। स्थानीय बासिन्दाको भावनाअनुसार ठोरीलाई प्रदेश ३ मै राख्नु उपयुक्त हुने गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले बताए । ‘उतैको क्लस्टर हो भन्नेमा गाउँवासीको दबाब छ, जनभावनाअनुसार यस्तो निर्णय लिएका हौं,’ […]