Comments Add Comment

डा. राजन भट्टराई

List Grid
‘हामी कुनै पनि राजनीतिक एलाइन्स र सैन्य ब्लकमा संलग्न हुन सक्दैनौं’

झण्डै ४० महीनापछि केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन भएको छ । यस अवधिमा प्रधानमन्त्री ओलीको परराष्ट्र सल्लाहकार थिए, डा.राजन भट्टराई । अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी भट्टराई ओलीको विश्वासपात्र मानिन्छन् । ओली कार्यकालमा उनले नेपालको परराष्ट्र नीति संचालनलाई नजिकबाट हेर्दा के देखे ? नेपालको परराष्ट्र नीतिका विभिन्न विषयमा डा. राजन भट्टराईसँग कमलदेव  भट्टराई र सुदर्शन खतिवडाले […]

‘देश र जनतालाई केन्द्रमा राखेर गरिने वार्ता छिटो निष्कर्षमा पुग्ने रहेछ’

२० फागुन, काठमाडौं । संसदीय प्रणालीविरुद्ध एकीकृत क्रान्तिको एजेण्डा लिएर सशस्त्र गतिविधि गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीच बिहीबार तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूह शान्तिपूर्ण राजनीतिमा फर्किएको छ । सरकारी वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यो सहमतिलाई सरकारी प्रयासको महत्वपूर्ण कडीको रुपमा […]

संविधान कार्यान्वयन गर्न अध्यादेश ल्याउनुपर्‍यो : राजन भट्टराई

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधान कार्यान्वयनकै लागि ल्याउनुपरेको बताएका छन् । भट्टराईले संवैधानिक परिषद् अनिणर्यको बन्दी भएकाले अध्यादेशमार्फत् नयाँ प्रावधान ल्याइएको बताए । ‘यो सरकारले संविधान कार्यान्वयनको दायित्व बोकेको छ । तर, दुई तीन वर्षदेखि आयोगहरु खाली छन्’ भट्टराईले अनलाइनखबरसँग भने, ‘सरकारले […]

‘फेरि प्रधानमन्त्री हुन्न भनेपछि सम्मानजनक निकास हुनुपर्छ’

२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओली लचकताका साथ प्रस्तुत हुन तयार रहेको बताएका छन् । तर, दोहोर्‍याएर प्रधानमन्त्री हुन्न भनिसकेको व्यक्तिलाई जबर्जस्ती नगरी सम्मानजक निकासको मौका दिनुपर्ने भट्टराईको मत छ । अनलाइनखबरका लागि कमलदेव भट्टराई र सइन्द्र राईसँग कुराकानी गर्दै प्रधानमन्त्रीका सल्लाहकार […]

सीको भ्रमण ऐतिहासिक बन्नेछ

२२ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङ आगामी शनिबार नेपाल भ्रमणमा आउँदैछन् । चीनबाट २३ वर्षपछि हुन लागेको राष्ट्रपति स्तरको भ्रमणलाई नेपाल सरकारले निकै महत्व दिएको छ । भ्रमण एतिहासिकरुपमा उपलब्धिपूर्ण हुने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई बताउँछन् । उनले दुई देशबीच पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने अनलाइनखबरलाई बताए । तर, ठोसरुपमा […]