+
+
Shares

काठमाडौं-४ का एमाले उम्मेदवार भट्टराईले भने- सम्मानका साथ परिणाम स्वीकार गर्दछु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा निर्वाचनमा आफ्नो हार स्वीकार गरेका छन्।
  • भट्टराईले मतदाताको निर्णयलाई सम्मान गर्दै विजयोन्मुख उम्मेदवार र पार्टी कार्यकर्ता प्रति धन्यवाद व्यक्त गरेका छन्।
  • उनी आगामी निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार नबन्ने व्यक्तिगत निर्णय सार्वजनिक गरेका छन्।

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं ४ बाट नेकपा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले आफ्नो हार स्वीकार गरेका छन् ।

भट्टराईले मतदाताको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताएका छन् । उनले विजयोन्मुख उम्मेदवार तथा सम्बन्धित दललाई बधाई दिँदै निर्वाचनका क्रममा सहयोग, साथ र समर्थन गर्ने पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

भट्टराईले राजनीतिमा पराजय अन्तिम सत्य नभई आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर भएको उल्लेख गर्दै जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउँदै अघि बढ्ने बताएका छन् ।

साथै उनले काठमाडौं–४ बाट आगामी कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नबन्ने व्यक्तिगत निर्णयसमेत सार्वजनिक गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?