Comments Add Comment

डा. रामशरण महत

List Grid
सरकारले विश्वासको मत नलिएकाले पूर्ण बजेट ल्याउन मिल्दैन : डा. महत

४ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवंम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । पूर्वअर्थमन्त्री महतले न्‍यूज एजेन्सीसँग कुरा गर्दै सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् । उनले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताए। उनले  भने, ‘फुल […]

सांसदलाई पैसा बाँड्न बन्द गर्नैपर्छ

अर्थमन्त्रालय मुलुक संघीयतामा गएपछिको दोस्रो बजेट ल्याउने तयारीमा छ । लामो समयपछि मुलुकले पाएको दुई तिहाई बहुमतसहितको सरकारले ल्याउने बजेटमा के, कस्ता विषय समेटिनुपर्छ ? बजेटको आकार, श्रोत व्यवस्थापन, राजश्व परिचालन, खर्च कसरी हुनुपर्छ ? अनलाइनखबरले सुरु गरेको बजेट बहस श्रृंखलाको तेस्रो अंकमा हामीले सातपटक बजेट भाषण गरिसकेका डा. रामशरण महतलाई समेटेको छौं । तपाई […]

सरकार समृद्धि ल्याउन होइन प्रचारमा मस्त छः पूर्व अर्थमन्त्री महत

२६ मंसिर, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले समृद्धिको नारा लिएर काम चाहिँ आफ्नो प्रचारतर्फ मात्रै केन्द्रीत गरेको आरोप लगाएका छन् । बुधबार मिडिया इन्टरनेशलले आयोजना गरेको ‘समृद्धिका लागि सरकारको नौ महिना’ विषय अन्तरक्रियामा बोल्दै पूवृमन्त्री महतले काम भन्दा पनि धेरै सरकार प्रचारमा केन्द्रीत भएको आरोप लगाएका हुन् । केपी ओली नेतृत्वको सरकारले […]

रामशरण महत भन्छन् : भ्याट छुट मैले नै सुरु गरेको हुँ, यो ठीक छ

४ मंसिर, काठमाडौं । सरकारले भ्याट फिर्ता खारेज गरेपछि कपडा उद्योगीहरु आन्दोलनमै उत्रिएका छन् । उनीहरुले सरकारलाई साँचो बुझाउने चेतावनी समेत दिएका छन् । पूर्वप्रशासक र विज्ञहरुले भ्याट फिर्ता नगर्ने निर्णयको खुलेर प्रशंसा गरेका छन् । तर, कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले भने आफ्नै पालामा भ्याट फिर्ता सुरु गरिएको र अहिले पनि गर्नुपर्ने […]

भ्याट छुट मैले नै सुरु गरेको हुँ, यो ठीक छ: डा. महत

४ मंसिर, काठमाडौं । सरकारले भ्याट फिर्ता खारेज गरेपछि कपडा उद्योगीहरु आन्दोलनमै उत्रिएका छन् । उनीहरुले सरकारलाई साँचो बुझाउने चेतावनी समेत दिएका छन् । पूर्वप्रशासक र विज्ञहरुले भ्याट फिर्ता नगर्ने निर्णयको खुलेर प्रशंसा गरेका छन् । तर, कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले भने आफ्नै पालामा भ्याट फिर्ता सुरु गरिएको र अहिले पनि गर्नुपर्ने […]

कांग्रेस नेता डा. महतलाई बोतल हान्ने पक्राउ

२ चैत, नुवाकोट । पूर्व अर्थमन्त्री डा. रामशरण महतमाथि बोतल प्रहार गरी दुर्व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  नुवाकोटको दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका  केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले […]

नुवाकोटमा कांग्रेस नेता महत र केसीका परिवारै पराजित

२४ मंसिर, नुवाकोट । नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसी नुवाकोटबाट भारी मतान्तरले पराजित भएका छन् । नुवाकोटमा कांग्रेसका हेबीवेट नेताहरुले मात्रै हारेका छैनन्, लामोसमयदेखि रहँदै आएको ‘परिवारवाद’ समेत ढलेको छ । नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता हितवहादुर तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी बिजयी भएका […]

कांग्रेस नेताहरुको एउटै स्वरः जनताले कम्युनिष्ट शासन अस्वीकार गरिसके

१८ मंसिर, बुटवल । नेपाली कांग्रेसका नेताहरुले नेपाली जनताले कम्युनिष्ट शासन अस्विकार गरिसकेको दाबी गरेका छन् । चुनाव प्रचारको अन्तिम दिन सोमबार बुटवलमा आयोजित बृहत चुनावी सभामा बोल्दै नेताहरुले कम्युनिष्ट गठबन्धन केहि दिनमै फ्लप हुने दाबी गरे । वाम गठबन्धनको स्पष्ट नीति नभएका कारण देशको समृद्धि सम्भव नभएको दावी गरे । पूर्वअर्थमन्त्री डा. रामशरण महतले […]

नुवाकोटको नालीबेलीः रामशरण र अर्जुननरसिंह दुबै ‘धराप’ मा

६ मंसिर, नुवाकोट । यो संयोगमात्रै नहुन सक्छ, नुवाकोटमा कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी बम पड्काइनु र त्यही निहुँमा नुवाकोटका प्रहरी प्रमुख वीरेन्द्र बस्याललाई हेडक्वार्टर तानिनु । डा.महतले बम विप्लबले होइन, आफ्नै प्रतिस्पर्धी माओवादी नेता हितवहादुर तामाङले पड्काएको हुन सक्ने आरोप लाउनु र लगत्तै प्रहरी प्रमुख परिवर्तन गरिनुले नुवाकोट १ को चुनाव तनावपूर्ण हुने […]

रामशरणलाई लक्षित गरी बम पड्काउने एक पक्राउ

४ मंसिर, नुवाकोट । नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्र […]

बम विष्फोटपछि नुवाकोटमा निकालिएको कोणसभामा झडप

१ मंसिर, काठमाडौं । शुक्रबार दिउँसो कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट भएपछि निकालिएको र्‍यालीका क्रममा झडप भएको छ । नुवाकोटको रानीपौवामा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यक्रमबीच झडप भएको हो । त्यहाँ दुई पक्षबीच ढुंगाहान सुरु गएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ भएको छ । अहिले दुई पक्षबीच वार्ता चारी रहेको नुवाकोटका […]

रामशरण महत भन्छन्– एम्बुस विप्लवले होइन, विपक्षीले राखेको शंका छ !

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण विप्लव समूहले नभएर विपक्षी उम्मदेवार हितबहादुर तामाङले हानेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । महतले विपक्षी वाम गठबन्धनका उम्मेदवार तामाङ माओवादीको हत्या हिंसाको राजनीतिबाट आएको भन्दै निर्वाचन बिथोल्न सक्रिय रहेको विप्लप समूहभन्दा […]

डा. महतलार्इ लक्षित गरी एम्बुस विस्फोट, ‘भाग्य’ले जोगिए पूर्वअर्थमन्त्री

 १ मंसिर, नुवाकोट । पूर्वअर्थमन्त्री एवं नुवाकोट क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार डा. रामशरण महतलाई लक्षित गरी शक्तिशाली एम्बुस विष्फोट भएको छ । बिष्फोटमा परी ५ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् । उनीहरूमध्ये ३ जनालार्इ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ भने समान्य घाइते २ जनाको स्थानीय अस्पतालमै उपचार गरिएको प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले […]

कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट

१ मंसिर, काठमाडौं । कांग्रेस नेता डा. रामशरण महतको चुनाव प्रचार टोलीलाई लक्षित गरी नुवाकोटमा वम विष्फोट भएको छ । त्यहाँको ककनी–५, काउलेथामा बम विष्फोट भएको हो । ककनी गाउँपालिकाबाट चतुरालेतर्फ जाँदै गर्दा भएको विष्फोटको छर्रा लाग्दा ३ जना कांग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ […]

प्रदेश र संसदको निर्वाचन एकै चरणमाः डा. महत

७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रीय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारले गृहकार्य सुरु गरेको बताएका छन् । दुई वटै निर्वाचन एकै चरणमा गर्नु पर्ने उनले बताए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने भने, ‘दुईवटा निर्वाचन छुट्टाछुट्टै गर्दा धेरै […]

सिलिङभन्दा बढीको बजेट ल्याउनुहुँदैनः रामशरण महत

६ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले राष्ट्रिय योजना आयोगले दिएको सिलिङ नाघेर बजेट ल्याउन नहुने बताएका छन् । बजेटको आकार बढाएर अर्थतन्त्रले धान्ने नसक्ने बनाउन नहुने उनको भनाइ छ । ‘बजेट भनेको जसलाई जति मन लाग्यो त्यतिको ल्याउने होइन,’ महतले भने- ‘कतिसम्म क्षमताले धान्छ, त्यतिमात्रै ल्याउनुपर्छ ।’ अहिलेको अवस्थामा ९ खर्ब ९ अर्ब […]