+
+
Shares
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण :

पूर्वमन्त्री रामशरण महतको स्वास्थ्य परीक्षण गर्न विशेष अदालतको आदेश

भ्रष्टाचार मुद्दा दायर भएपछि डा. महतकी पत्नी रोशनीले आफ्ना पति डिमेन्सिया रोगबाट ग्रसित भएको र दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याका कारण होस ठेगानामा नरहेको भनी विशेष अदालतमा निवेदन दिएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार आरोप लागेका पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश दिएको छ।
  • डा. महतकी पत्नी रोशनी महतले दुई वर्षदेखि डिमेन्सिया रोगका कारण पति होस ठेगानामा नरहेको भन्दै मुद्दा मुल्तवीमा राख्न निवेदन दिएकी थिइन्।
  • अख्तियारले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार भएको दावी गर्दै ५६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

१७ वैशाख, काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारको आरोप लागेका पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश दिएको छ ।

भ्रष्टाचार मुद्दा दायर भएपछि डा. महतकी पत्नी रोशनी महतले आफ्ना पति डिमेन्सिया रोगबाट ग्रसित भएको र दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याका कारण होस ठेगानामा नरहेको भनी विशेष अदालतमा निवेदन दिएकी थिइन् । उनले डा. महतविरुद्धको आरोपको हकमा मुद्दालाई मुल्तवीमा राख्न माग गरेकी थिइन् । मुद्दा मुल्तवीमा राख्नु भनेको त्यससम्बन्धी कुनै प्रक्रिया अघि नबढाइ थाती राख्नु हो ।

विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, सदस्यहरु डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले महतको स्वास्थ्य परीक्षण गर्न आदेश दिएको हो । विशेष अदालतको आदेशमा भनिएको छ, ‘डा. रामशरण महतको स्वास्थ्य अवस्थाको सम्बन्धमा वीर अस्पतालको मेडिकल बोर्डबाट जाँच गराइ सोको प्रतिवेदनसहित नियमानुसार प्रस्तुत निवेदन इजलास समक्ष पेश गर्नू ।’

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ मा ‘होस ठेगानामा नरहेको व्यक्तिले आफ्नो प्रतिरक्षा गर्न असमर्थ भएमा चिकित्सकहरुबाट जाँच गराइ आदेश पर्चा खडा गरी सम्बन्धित व्यक्तिविरुद्धको मुद्दा मुल्तवीमा राख्नुपर्ने व्यवस्था छ । त्यही कानुनी प्रावधान अनुसार रोशनी महतले विशेष अदालतमा निवेदन दिएकी हुन् ।

अख्तियारले गत मंसीरमा पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दावी सहित ५६ जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैंया भ्रष्टाचार भएको दावी सहित अख्तियारले पूर्वमन्त्रीहरु रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, डा. रामशरण महत, दिवंगत भइसकेका पोष्टबहादुर बोटगीकी पत्नी राममाया बोगटीविरुद्ध मुद्दा चलाएको थियो । त्यही मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?