Comments Add Comment

नक्सा

List Grid
नेपालको नयाँ नक्साको विरोध गर्दै भारतको कूटनीतिक नोट

२५ असार, काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण बिडारीले भारतको कूटनीतिक नोट आएको बताएका हुन् । उनले भने, ‘नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार […]

नक्सामा त जोडियो, सांस्कृतिक रूपमा कहिले जोडिन्छ लिम्पियाधुरा ?

१० असार, काठमाडौं । सरकारले जेठ ५ गते लिम्पियाधुरासमेत समेटिएको नेपालको वास्तविक नक्सा मन्त्रिपरिषदबाट पारित गर्‍यो । त्यसको दुई दिनपछि ७ गते भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले करिब ३७२ वर्ग किलोमिटर क्षेत्रफलमा समेटिएको नयाँ नक्सा सार्वजनिक गरिन् । त्यसपछि संविधान संशोधन भयो र नेपालको आधिकारिक निशान छापमा समेत लिम्पियाधुरा समेटियो । लिम्पियाधुरा […]

राजा वीरेन्द्र र प्रधानमन्त्री रिजालको पालामा हट्यो नक्साबाट चुच्चो भाग !

३२ जेठ, काठमाडौं । ‘धेरै पत्रकारले त्यस्तो ठाउँमा कसरी जनगणना गराउनु भयो ? डर लागेन, कत्रो हिम्मत् ? भनेर सोध्छन् । उनीहरूलाई भन्ने गरेको छु–निर्विवादित क्षेत्रमा निर्भीकताका साथ जगगणना गराएँ । त्यतिबेला लिम्पियाधुरासम्म नेपाल हो भन्नेमा कहिँकतै विवाद थिएन । भारतको धार्चुला, पिछुवागढतिर जनगणना गर्न गएको भए पो समस्या हुन्थ्यो त । मेरो मुलुकुभित्र जनगणनाका […]

संसदमा किन पेश भएन संविधान संशोधन विधेयक ?

१४ जेठ, काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश गर्ने तयारी थियो । सम्भावित कार्यसूचीमा पनि राखिएको थियो । तर बुधबार संसद बैठकमा विधेयक पेश भएन । किन संविधान संशोधन विधेयक पेश भएन ? स्वयं सांसदहरुलाई समेत जानकारी छैन […]

नेताको घरघरमा नक्सा पुर्‍याउँदै नहिँड्नुस् : कमल थापा

११ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारले जारी गरेको नक्सा नेताको घरघर पुर्‍याउने कार्यलाई सस्तो लोकप्रियता भनेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको नाम उल्लेख नगरी उनले भनेका छन्, ‘नेताहरूको घरघरमा नक्सा पुर्‍याउँदै हिंड्ने सस्तो लोकप्रियतावादी काम छोड्नुस् ।’ भूमि व्यवस्था मन्त्री अर्यालले […]

संविधानमा नक्सा : अभ्यास र पाँच विकल्प

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको भू-भाग समावेश गरी मुलुकको नक्सा प्रचलनमा ल्याउने र नक्सा सुधारको लागि संविधान संशोधनको प्रकृया अघि बढाउने निर्णय गरेको सार्वजनिक भएको छ। संविधानको अनुसूची-३ मा रहेको नेपालको निशान-छापमा राखिएको मुलुकको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्र छुटेको तथ्य खुलेपछि यी क्षेत्रहरूसमेत समावेश भएको नक्सालाई संविधानमा राख्न संविधान संशोधन गर्न […]

भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिइछाड्ने संकल्प संसदबाटै गरौं : गगन थापा

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संविधान संशोधनसँगै भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिइछाड्ने साझा संकल्प संसदबाटै गर्ने प्रस्ताव अघि सारेका छन् । सरकारले ५ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पारित गरेको थियो । त्यसअनुसार निशान छाप सच्याउन संविधानको अनुसूची तीन संशोधन गर्ने विधेयक संसदमा […]

नयाँ नक्सासँगै नेपालको क्षेत्रफल कति ?

७ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन् । मन्त्री अर्यालले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसारको नक्सा सार्वजनिक गरेकी हुन् । २०३२ सालयता प्रयोग भइरहेको नेपालको नक्सामा पश्चिम लिम्पियाधुरा समेटिएको थिएन । जबकि दुई सय वर्षभन्दा पुरानो सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको […]

नक्सा सार्वजनिक भएको विषयमा कसैको देवत्वकरण नगरौं : बामदेव

७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुलुकको नयाँ नक्सा सार्वजनिक भएको विषयमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् । बुधबार बिहान विज्ञप्ति जारी गरी उनले नक्सा सार्वजनिक हुनु पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार भएको बताएका छन् । ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन […]

नेपालको नयाँ नक्साबारे भारतीय मिडियाले के लेखे ?

६ जेठ, काठमाडौं । मन्त्रिपरिषदले मंगलबार नेपालको नयाँ नक्सालाई स्वीकृति दिएसँगै देशभित्र राष्ट्रवादको ठूलै तरंग उब्जेको छ । देशका मिडियाहरुमा महत्वका साथ समाचार प्रकाशन–प्रशारण भइरहेका छन् । एउटा देशले आफ्नो नक्सा परिवर्तन गर्नु भनेको अन्तर्राष्ट्रिय चासोको विषय पनि हो । त्यसैले यो विषयले अन्तर्राष्ट्रिय मिडियाहरुको पनि ध्यान तान्ने अपेक्षा थियो । तर, भारतबाहेक विश्वका प्रमुख […]

लिम्पियाधुरासहित नयाँ नक्सा तयार, मन्त्रिपरिषदमा लैजाने तयारी

४ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकोले भूमि व्यवस्थामन्त्री पदमा अर्यालले मन्त्रिपरिषदमा नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी गरेकी छन् । मन्त्रालय स्रोतका अनुसार नयाँ नक्साको अधिकांश काम तयारी अवस्थामै थियो । यसबीचमा […]

नक्सा हेर्दा यस्तो देखिन्छ सुस्ता अतिक्रमण

सन् १८१६ को सुगौली सन्धि अनुसार नवलपरासी जिल्ला र भारतको अन्तराष्ट्रिय सीमाना नारायणी/गण्डकी नदी हो । सन्धिमा उल्लेख भए अनुसार नारायणी/गण्डकीको पश्चिमतर्फ नेपाल र पूर्वतर्फ भारत हो । सुगौली सन्धिताका सुस्ता भन्ने बस्ती नारायणी/गण्डकी नदीको पश्चिममा थियो । जब नदीको धार परिवर्तन भई नदी सुस्ताको पश्चिबाट बग्न थाल्यो र सुस्ता पूर्वमा पर्न थयो । त्यहीबेलादेखि […]

नेपालको नयाँ नक्सा सार्वजनिक, तीन प्रदेशको मात्रै नाम

२३ फागुन, काठमाडौं । नेपालको संघीय संरचना अनुसारको प्रशासनिक नक्सा लोकार्पण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेकी हुन । संघीय संरचना अनुसारको भनिए पनि सात मध्ये सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मात्रै नाम नक्सामा छ । बाँकी चार प्रदेशको नम्बर मात्रै […]