Comments Add Comment

निकिता चण्डक

List Grid
निकितादेखि रुविनासम्म, जो गत वर्ष चर्चामा रहे

गतबर्ष केही नेपाली नयाँ नायिकाले मात्र चलचित्र क्षेत्रमा पाइला राखे । तर, गतवर्ष रिलिज भएका अधिकांश चलचित्र असफल हुँदा नयाँ नायिकाहरुको आगमन सुखद बन्न सकेन । चलचित्र ‘साङ्लो’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी नायिका निकिता चण्डकको चर्चा खुबै भयो । पूर्व मिस नेपाल समेत रहेकाले पनि विराज भट्टसँग जोडी बाँधेका कारण उनको चर्चा भएको थियो […]

विराजबाट निकिताले के सिकिन् ?

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘साङ्लो’लाई लिएर नायिका निकिता चण्डकमा उत्साह र डर दुबै छ । यही चलचित्रबाट यो क्षेत्रमा प्रवेश गर्दै गर्दा निकिताका लागि अवसर र चुनौती थुप्रै छन् । निकितालाई चलचित्रको अफर त, ‘मिस नेपाल’ भैसकेपछि नै आउन थालेको हो । उनी भन्छिन्–‘मलाई चलचित्रको अफर श्रृङ्खलाजी मिस नेपाल हुनुभुन्दा २–३ महिना अगाडिबाट नै […]

विराजले निकितालाई ‘झ्याम्मै आँखा मारेपछि’

माघको २४ गतेबाट रिलिज हुन लागेको नायक विराज भट्ट र नायिका निकिता चण्डक अभिनित चलचित्र ‘साङ्लो’को दोश्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ सार्वजनिक भएको छ । यो गीतमा सुरेश अधिकारीको संगीत, निशान भट्टराई र अन्जु पन्तको स्वर, निशानकै शब्द छ । डान्सिङ नम्बरमा तयार पारिएको यो गीतमा नायक विराज भट्ट र नायिका निकिता चण्डकको जोडी सुहाएको […]

निकिताको मिहिनेत

नायिक निकिता चण्डकलाई ‘रानी महल’ चलचित्र पुरा नभएको पीडा थियो । डेब्यू चलचित्रबाट राम्रै नाम कमाउने आशा बोकेकी उनी चलचित्र २० प्रतिशत मात्र छायांकन भएर रोकिएपछि पीडा भयो । उनै, निकितालाई नायक विराज भट्टले चलचित्र ‘साङ्लो’ चलचित्रका लागि पत्याए । निकिताले पनि यो चलचित्रमा भरपुर मिहिनेत गरिरहेकी छिन् । हुनत, चलचित्रमा नायक विराज भट्ट रहेकाले […]

निकिताको आशा

पूर्व मिस नेपाल निकिता चण्डकलाई लाग्छ, उनले नायक विराज भट्टबाट धेरै कुरा सिकेकी छिन् । निकिताले भनिन्–‘मैले मेरो पहिलो चलचित्रबाट नै धेरै कुरा सिकेकी छु । अब, अरु कुनै नयाँ प्रोजेक्टमा काम गर्नुपर्यो भने यो चलचित्रबाट सिकेका कुराहरु लिएर जान्छु र काम गर्छु ।’ निकिताले विराजसँगको उमेर अन्तरको बिषयमा भनिन्–‘मैले जब पहिलो पटक विराज दाइलाई […]

‘साङ्लो’ गीतमा निकिताको प्रशंसा, हलमा के होला ?

केही दिन अगाडि मात्र चलचित्र ‘साङ्लो’को पहिलो गीत सार्वजनिक भएको थियो । सार्वजनिक ‘चरीले काफल टिप्यो’ बोलको गीतले रिलिज भएको ६ दिनमा नै १० लाख बढी भ्युज पाएको छ । भिडियोमा नायक विराज भट्ट र पूर्व मिस नेपाल निकिता चण्डकलाई फिचरिङ गरिएको छ । केही समयको विश्रामपछि नेपाली चलचित्रमा आएका विराजलाई धेरै दर्शकले प्रतिक्षा गरिरहेका […]

करिअरको सुखद सुरुवातको प्रतिक्षामा निकिता

निकिता चण्डकलाई चलचित्रप्रति ठूलो झुकाव छ । यसैले त नयाँ मिस नेपाललाई क्राउन लगाइदिएसँगै उनले नयाँ चलचित्र साइन गरेकी थिइन् । उनले साइन गरेको नयाँ चलचित्र ‘रानी महल’ बन्दा बन्दै थन्कियो । चलचित्रको करिब २० प्रतिशत छायांकन सकिएसँगै निर्माण टिममा लफडा चल्यो । यसले, निकिताको नायिका बन्ने सपनामा तत्कालका लागि तुषारापात नै भएको थियो । […]

‘साङ्लो’मा विराज र निकिताको यस्तो लुक्स

गाउँपालिकाले १० लाख बजेट विनियोजन गरिदिएपछि यतिबेला डोटीमा छायांकन भैरहेको नायक विराज भट्ट र नायिका निकिता चण्डकको चलचित्र ‘साङ्लो’ विवादमा छ । यो चलचित्रलाई विराज आफैले निर्देशन पनि गरिरहेका छन् । सामाजिक कथावस्तुलाई पर्दामा उतार्न लागिएको चलचित्रले किड्नी तस्करीको कथा उठान गर्ने चर्चा भएपनि नायक भट्टले भने यो कुरा स्विकार गरेका छैनन् । विभिन्न कारणले […]

‘द कपिल शर्मा शो’का ‘लच्छा यादव’सँग निकिता चण्डक

चलचित्र ‘साङ्लो’मा नायक विराज भट्टको जोडी बन्न लागेकी नायिका तथा पूर्व मिस नेपाल निकिता चण्डक भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘द कपिल शर्मा शो’का कलाकार किकु शारदासँग देखिएकी छिन् । किकु शारदाको भ्यानेटी भ्यानमा खिचिएको तस्बिरमा उनीहरु दुबै निकै खुशी देखिएका छन् । यो शो मा निकिता अतिथी बनेर पुगेकी हुन् या किकु शारदासँग भेट्न […]

विवादपछि ‘रानी महल’ को छायांकन स्थगित, २० प्रतिशत छायांकनमै २ करोड सकियो !

पूर्व मिस नेपाल निकिता चण्डकको मुख्य भूमिका रहेको चलचित्र ‘रानी महल’ को छायांकन विवादपछि रोकिएको छ । निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापकोटाविचको आर्थिक विवादले छायांकन नै स्थगित भएको हो । चलचित्रको कलाकार चयनदेखि अन्य सबै कुरालाई गणेशले हेर्दै आएका थिए । निर्माता भुसालले २० प्रतिशत छायांकन मात्र सकिदा आफ्नो २ करोड खर्च […]

निकिताको जवाफ-‘१० लाख लिएकी छैन’

चलचित्र ‘रानीमहल’ मा हिरोइन बन्ने भएपछि पूर्व मिस नेपाल निकिता चण्डक नेपाली चलचित्रकर्मी र पत्रकारसँग घुलमिल हुन थालेकी छिन् । उनी मंगलबार बेलुकी चलचित्र ‘लिलिबिली’ हेर्न पुगिन् । चलचित्र हेर्नका लागि उनलाई नायक प्रदिप खड्काले निमन्त्रणा गरेका थिए । त्यस अवसरमार निकिताले आफू प्रदिपको फ्यान भएको समेत बताइन् । प्रदिपसँग चलचित्र खेल्न मन लागे पनि […]

मिस नेपाल निकितालाई पहिलो फिल्ममै चर्को पारिश्रमिक

नेपाली चलचित्र क्षेत्रमा अहिले १० लाख पारिश्रमिक निकै चर्चित छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘कायरा’मा १० लाख पारिश्रमिक लिएपछि यसले व्यापक चर्चा पायो । १० लाख पारिश्रमिक लिदै साम्राज्ञी सवैभन्दा महंगी नायिकासमेत बनिन् । यस्तै, चलचित्र ‘रामकहानी’मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पनि १० लाख पारिश्रमिक लिएपछि यसले हंगामा नै मच्चायो […]

पूर्व ‘मिस नेपाल’ निकिता चण्डक ‘रानी महल’बाट फिल्म क्षेत्रमा डेब्यू गर्दै

संभवत, कुनै पनि सिजनको ‘मिस नेपाल’ विजेताले यति चाडो चलचित्र क्षेत्रमा हात हालेको यो पहिलो पटक हुनसक्छ । जतिपनि ‘मिस नेपाल’का विजेताहरुले चलचित्र क्षेत्रमा पाइला राखेका छन्, ती सबै उपाधि जितेको केहि बर्षपछि मात्र आएका छन् । तर, सन् २०१७ की ‘मिस नेपाल’ विजेता निकिता चण्डक निकै चाडो चलचित्र खेल्न तयार भएकी छिन् । सन् […]