Comments Add Comment

भक्तपुर नगरपालिका

List Grid
भक्तपुर : जहाँ राहत लिन्नौं भन्ने मान्छे भेटिए

२८ वैशाख, काठमाडौं । नेपालमा सर्वत्र बेथिति र खराबी मात्र छैन, थिति र इमान–जमान पनि छ भन्ने उदाहरण हेर्न भक्तपुर नगरपालिका पुगे हुन्छ । लकडाउनका बेलामा नगरपालिकाले गरेका काम हेरे हुन्छ । काठमाडौं उपत्यकाभित्र पर्ने भक्तपुर नगरपालिकाको नेतृत्व मेयर सुनील प्रजापतिले सम्हालेका छन् । नेमकिपाका युवा नेता सुनील केन्द्रीय राजनीति बुझेका, संविधानसभाको सदस्यसमेत भइसकेका व्यक्ति […]

कोरोनाका कारण भक्तपुर महोत्सव स्थगित

२३ फागुन, भक्तपुर । भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म आयोजना हुँदै थियो । तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । नगरपालिकाले महोत्सवलाई भव्यरुपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिककर्मी, शिक्षा सरोकारवाला, बाजाका गुरुलगायतका पक्षहरुसँग […]

भक्तपुर नगरपालिकाले दिन थाल्यो शैक्षिक ऋण

२१ पुस, काठमाडौं । भक्तपुर नगरपालिकाले यो वर्ष शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ९१ विद्यार्थीलाई शैक्षिक ऋण दिने भएको छ । पैसा नभएर पढ्न नपाएका नगरभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भनेर शैक्षिक ऋण दिन थालिएको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले ६ प्रतिशत व्याजदरमा ५ लाख रुपैयाँसम्म ऋण दिनेछ […]

भक्तपुर नगरपालिका र क्यान्सर अस्पतालवीच अधिकारक्षेत्रको विवाद

६ भदौ, काठमाडौं । गत साउन २८ गते भक्तपुरको स्थानीय मजदुर दैनिकले ‘स्वार्थको जालोमा भक्तपुर क्यान्सर अस्पताल’ भन्ने समाचार लेख्यो । समाचार प्रकाशन भएलगत्तै अस्पतालका कर्मचारीहरुले खैलाबैला मच्चाए । त्यसअघि मजदुर संगठन नै नभएको अस्पतालमा यसवीचमा मजदुर संगठन गठन भयो । अस्पतालमा भष्ट्राचार बढेको र व्यवस्थापन समितिको स्वार्थका कारण अतिआवश्यक मेशिनहरु समेत नल्याइएको भन्दै कर्मचारीले […]

भक्तपुरमा सुनिल प्रजापतिलाई १३ हजार मतअन्तरको अग्रता

५ जेठ, भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापतिले झण्डै १३ हजार बढी मत अन्तरले अग्रता लिएका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतअन्तर यो नै सबैभन्दा बढी हो । भक्तपुर नगरपालिका प्रमुखका उम्मेदवार प्रजापतिले १८ हजार ८० मत पाएका छन् । नेपाली कांग्रेसका रामप्रसाद बासुलाले ५ हजार ४ सय […]