Comments Add Comment

मध्यावधि चुनाव

List Grid
ओलीलाई प्रधानमन्त्री स्वीकार्दा अदालतको अपमान हुन्छ : डा. खड्का

१६ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि नयाँ सरकारको समीकरणबारे विभिन्न कसरतहरु भइरहेका छन् । यहीबेला अर्को विषय पनि चर्चामा छ- फेरि संसद विघटन हुने र हिउँदमा ‘अर्ली’ चुनाव हुने । यदि नेपाली कांग्रेसलाई फाइदा हुने भयो र आगामी भदौमा महाधिवेशन सकियो भने कांग्रेसले मंसिरमा चुनाव गराउने भूमिका खेल्न सक्ने सो पार्टीका नेता डा. नारायण खड्काको […]

निर्वाचन आयोगले चुनावका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढायो

११ फागुन, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ । आयोगले मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरु खरिद प्रक्रिया अघि बढाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात दिनको समयसीमा तोकेर बोलपत्र आह्वान गरिएको जानकारी दिए । आयोगले निर्वाचन सामग्री खरिदको […]

‘ओलीले निष्पक्ष चुनाव गराउने विश्वास छैन’

४ फागुन, झापा । मध्यावधि चुनावको घोषणा गरेर पनि पदबाट राजीनामा नदिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा जसरी पनि चुनाव गराउने र दुई तिहाई बहुमत ल्याउने बताएका छन् । ओलीको नेतृत्वमा हुने निर्वाचन निष्पक्ष र धाँधलीरहित होला कि नहोला ? विगतको ‘ट्रयाक रेकर्ड’ हेर्दा ओलीले गराउने निर्वाचन निष्पक्ष हुनेमा शंकै छ । केपी शर्मा […]

वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

२७ माघ, काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम […]

निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आज निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले सो आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आयोग कार्यालय परिसरमा पत्रकारहरुसँग थापाले भने, ‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराउनु भयो । […]

अब केपी ओली नयाँ पार्टी खोलेर चुनाव लड्न तयार होलान् ?

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने मिति घोषणा गरिसकेका छन् । बैशाख १७ आउन अब ९४ दिन बाँकी छ । ओली तोकिएकै मितिमा चुनाव हुने बताइरहेका छन् । गृहमन्त्री रामबहादुर थापाले चाहिँ ‘अदालतको निर्णय आउन ढिला भयो भने वैशाखको चुनाव सर्छ होला‘ भनिसकेका छन् […]

पर्सामा १२ हजार ४०० मतदाता थपिएपछि १० वटा मतदान केन्द्र थपियो

११ माघ, वीरगञ्ज । पर्सामा १२ हजार ४ सय मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि १२ हजार ४ सय मतदाता थपिएका हुन् । निर्वाचनपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा फोटोसहित मतदाता नामावली संकलन कार्य जारी राखिएको थियो । पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन र नयाँ निर्वाचनको घोषणा गरेपछि ६ […]

आधा खर्बको रोजगार बजेट : खर्च गर्न अलमल, चुनावअघि दुरुपयोगको जोखिम

६ माघ, काठमाडौं । सरकारसँग चालु आर्थिक वर्षमा रोजगारी सिर्जनाका लागि करिब ५० अर्ब बजेट छ । ६ महिना बित्दा पनि कार्यक्रम लागू गर्न सरकार उदासीन देखिएको छ । यो कार्यक्रम लागू भए भारत भासिनुपर्ने वा अन्य देश जान म्यानपावरको चक्कर काट्नपर्ने बाध्यतामा कमी आउने थियो । नेपालमा अहिले काम नपाएपछि हात बाँधेर बस्न बाध्य […]

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

४ माघ, सुर्खेत । गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित हुन् सरकारको स्पष्ट निर्देशन आएको भन्दै आवश्यक तयारी थाल्न निर्देशन दिए । ‘निर्वाचन हुन्छ या हुन्दैन्, भन्ने तिर तपाईंहरु […]

ओलीले आफू हार्ने निर्वाचन गराउँदैनन्

आजकल नेपालमा कहिँ नभएको जात्राँ हाडी गाउँमा भनेजस्तो चटारो छ । निर्वाचनमा करिब दुईतिहाई मतदाताको समर्थन पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएर एकअर्काको विरोधमा देशव्यापी अभियान चलाइरहेको छ । एउटा समूह संसदमाथि गरेको प्रहारको औचित्य साबित गर्न र त्यसमा समर्थन जुटाउने प्रयासमा छ । अर्को समूह संसद पुनर्स्थापनाको माग गरिरहेको छ । […]

आयोगले थाल्यो मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन कार्यतालिकासम्मको काम

१४ पुस, काठमाडौं । सरकारले घोषणा गरे अनुरुप आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन हुने नहुने यकिन नभए पनि निर्वाचन आयोगले भने प्रारम्भिक तयारी अगाडि बढाएको छ । निर्वाचन हुने वा नहुने धेरै विषय सर्वाेच्च अदालतको फैसलामा निर्भर गर्दछ । तर आयोगले भने अहिलेलाई सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचनको तयारी […]

कोभिड-१९ को कारणले निर्वाचन खर्च झनै बढ्ने

१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे अनुसार आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन भयो भने यस पटक निर्वाचन खर्च बढ्ने निर्वाचन आयोगको प्रक्षेपण छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण निर्वाचन खर्च बढ्ने आयोगले प्रक्षेपण गरेको हो । निर्वाचनको घोषणा भएसँगै निर्वाचन आयोगले निर्वाचन लागि आवश्यक बजेट […]

खोप भर्सेस भोट : कसरी जुटाउने ८५ अर्बको थप स्रोत ?

१० पुस, काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ । तर, यहीबेला विश्वभर कोभिड–१९ विरुद्धका खोप अभियान सुरु भएकाले नेपालमा पनि खोप छिट्टै आउने अपेक्षा जनतामा छ । तर, खोप खरिद प्रक्रिया अघि बढाउने बेलामा नै सरकारले चुनाव घोषणा गरेपछि अब के हुन्छ भन्ने अन्योल छ । […]

मध्यावधि चुनाव : गिरिजा र देउवाकै पथमा केपी ओली !

५ पुस, काठमाडौं । २०४६ सालको प्रजातन्त्रको पुनर्स्थापनापछि सत्तारुढ दलकै आन्तरिक द्वन्द्वका कारण जनताको निर्वाचित थलो संसदले पूरा कार्यकाल पूरा गर्न पाएन । त्यसयता संसद भंग भएको यो तेस्रो पटक हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा भंग गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्न गरेको प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत […]