Comments Add Comment

माडी नगरपालिका

List Grid
अयोध्या प्रसङ्ग : माडीवासीका लागि अवसर र चुनाैती

भगवान रामको जन्म माडीको अयोध्यापुरी क्षेत्रमा भएको हुन सक्ने अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि त्यसका बारेमा देशैभर र छिमेकी देशमा पनि विभिन्न बहसहरु भए । माडीमा पनि विभिन्न बहसहरु चले । यथार्थमा भन्नुपर्दा यो विषयले माडीमा अवसर र चुनाैती एकै साथ हाम्रा सामु खडा गरेको छ । अवसर र चुनाैतीको सामना गर्दै अगाडि बढ्नु […]

चितवनको माडी प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य

१९ भदौ, चितवन । चितवनको माडी नगरपालिकाले नगर प्रवेश गर्दा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । आज (शुक्रबार) सम्पन्न कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले नगरपालिकामा कोरोनाको जोखिम समुदायस्तरमा नै देखिन थालेको भन्दैं पिसिआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो । जिल्ला सदरमुकाम भरतपुरलगायत अन्य स्थानीय तहबाट प्रवेश गर्नेहरुका लागि पीसीआर […]

राम जन्मभूमि अयोध्या र भूमिहीन चेपाङको बहस

यतिखेर सारा विश्व कोभिड–१९ (कोरोना भाइरस) सगँ जुधिरहेको छ । हामी पनि यसबाट प्रभावित नहुने भन्ने कुरै भएन । हाम्रो स्रोत–साधनले भ्याएसम्म कोरोना संक्रमितको संख्या शुन्य अवस्थामा राख्न दिनरात क्रियाशिल छौ । कोरोना कहर एकातिर छ, यहीबीचमा माडी नगरपालिका बाहिरबाट हेर्दा दुई विषय चर्चामा छ । आन्तरिकरुपमा यो या त्यो मानेमा विभक्त भएझैँ देखिएको छ […]

माडीले सक्रिय संक्रमितको संख्या शून्यमा झार्न कसरी सक्यो ?

७ भदौ, चितवन । चितवनका सात स्थानीय तहमध्ये ६ वटामा कोरोनाको संक्रमण फैलिँदो छ । कोरोना संक्रमित भरतपुर महानगरपालिकालाई सबैभन्दा धेरै देखिएका छन् । भौगोलिक र जनसंख्याका हिसावले ठूलो महानगरपालिकामा अन्यत्रको संक्रमित भेटिनु स्वभाविक भए पनि यसको दर भने निकै उच्च छ । सावधानी निकै कम छ । महानगरमा अहिलेसम्म १८३ जना संक्रमित बनेका छन् […]

‘अयोध्या’बारे प्रधानमन्त्रीको रणनीति : पुरानो प्रमाण भेटिँदैन, मन्दिर बनाउन थालिहालौं !

२५ साउन, काठमाडौं । राम जन्मभूमि अयोध्या नेपालमै पर्छ भन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसँग दुई घण्टा लामो छलफल गरे । बैठकमा नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नवगठित प्रस्तावित अयोध्यापुरीको व्यवस्थापन उपसमिति प्रमुख साध्यबहादुर भण्डारी, प्रचार–प्रसार तथा लेखन उपसमितिका डीआर पोखरेल र अनुसन्धान तथा अन्वेषण उपसमितिका प्रमुख […]

प्रधानमन्त्रीलाई भेट्न माडी नगरपालिकाको टोली काठमाडौं प्रस्थान

२४ साउन, भरतपुर । राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै माडी नगरपालिकाको एक टोली काठमाडौं प्रस्थान गरेको छ । नगर प्रमुख ठाकुर ढकाल नेतृत्वको टोली शनिबार विहान काठमाडौं प्रस्थान गरेको हो । टोलीमा उपमेयर ताराकाजी महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, नेकपा माडी नगर कमिटीका अध्यक्ष […]

चितवन राष्ट्रिय निकुन्जले जलाइदियो चेपाङका घर

५ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुन्जले माडी नगरपालिका–९ का चेपाङ वस्तीका घर हात्ती लगाएर भत्काइदिनुका साथै केही आगजनीसमेत गरेको छ । माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले आठ वटा घर भत्काइएको र दुईवटा घरमा आगजनी गरिएको बताए । अविरल वर्षाको बेला घर नै नरहेपछि चेपाङ सुमदायको विचल्ली भएको छ । मेयर ढकालका अनुसार चेपाङ […]

माडीमा दीर्घकालीन महत्वका काम गरेरै छाड्छु : प्रचण्ड

२८ असार, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् चितवन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडी क्षेत्रमा दीर्घकालीन महत्वका काम गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । बाढी र डुबानको चपेटामा परेका क्षेत्र निरीक्षण गर्न शनिबार माडी पुगेका अध्यक्ष प्रचण्डले आफ्नो बाँकी साढे दुई वर्षको सांसद पदको अवधिभित्र माडीका जनताले सधैं […]

चितवनको माडी भोलिदेखि सिल

२८ जेठ, काठमाडौं । चितवनको माडी नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले बिहीबारदेखि असार ७ गतेसम्म माडी नगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । समन्वय समितिको बुधबार बसेको बैठकले स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै अत्यावश्यकीय सवारी साधनबाहेक माडी प्रवेश गर्ने र बाहिर जाने कार्यलाई पूर्णरुपमा बन्देज लगाउने निर्णय गरिएको सूचना अधिकारी प्रवीण भण्डारीले अनलाइनखबरलाई जानकारी […]

नगरबासीलाई उद्धार गर्न माडीका मेयर सुनौली र कृष्णनगर पुगे

१० जेठ, काठमाडौं । चितवनको माडी नगरपालिकाले कपिलवस्तुको कृष्णनगर र भैरहवाको सुनौली नाकामा अलपत्र परेका आफ्ना नागरिकको शनिबार उद्धार गर्ने भएको छ । आफ्ना नागरिक लिनका लागि दुई वटा बस लिएर नगर प्रमुख ठाकुरप्रसाद ढकालसहितको एक टोली बिहानै त्यसतर्फ प्रस्थान गरेको छ । ढकालले अनलाइनखबरसँग भने, ‘हामी अहिले भैरहवा पुगिसकेका छौं । कृष्णनगर र सुनौली […]

माडी नगरपालिकाको लेखा परीक्षण गर्न आनाकानी

२ कात्तिक, चितवन । चितवनको माडी नगरपालिकाले आन्तरीक लेखा परीक्षण गर्न आनाकानी गरेको छ । नगरपालिकाले गएको आर्थिक वर्ष ०७३/७४ को लेखा परीक्षण अहिलेसम्म पनि गराएको छैन । अघिल्लो आर्थिक वर्षको साउन महिना भित्र नै आन्तरिक लेखा परीक्षण गराएर असोज महिना भित्रै आयव्ययको विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयले महालेखा नियन्त्रकको कार्यालयमा पठाउनुपर्ने हुन्छ । […]

चितवनको माडीमा विद्युत् परीक्षण सफल

२ जेठ, चितवन । दक्षिण चितवनको माडी नगरपालिकामा दुई दशकको प्रयासपछि विद्युत् परीक्षण सफल भएको छ । उपभोक्ताको फिडरमा इतिहासमै पहिलो पटक शनिबार रातिदेखि विद्युत् पुगेको हो । साँझ माडीको उपभोक्ताका लागि पठाउने विद्युत् प्रसारण लाइनमा विद्युत् पठाएर परीक्षण सफल भएको ऊर्जा मन्त्रालयअन्तर्गत उक्त परियोजना हेर्दै आएको योजना तथा प्राविधिक सेवा विभागका सहायक प्रवन्धक विश्वरञ्जन […]